वरिष्ठता उल्लंघन गर्दै चौथो वरियताका न्यायाधीश शर्मा प्रधानन्यायाधीश सिफारिस
काठमाडौं, वैशाख २४ । संवैधानिक परिषद्ले नेपालको न्यायिक इतिहासमै पहिलो पटक वरिष्ठतम् न्यायाधीशलाई पछि पार्दै चौथो वरियताका सर्वोच्च अदालतका न्यायाधीश डा. मनोजकुमार शर्मालाई प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गरेको छ।
प्रधानमन्त्री कार्यालयमा आज बसेको परिषद् बैठकले डा. शर्मालाई ३३औं प्रधानन्यायाधीश बनाउन सिफारिस गरेको हो। कार्यवाहक प्रधानन्यायाधीश सपना प्रधान मल्ल, वरिष्ठ न्यायाधीश कुमार रेग्मी र हरि फुयाललाई पछि पार्दै डा. शर्माले मौका पाएका हुन्।
परिषद्का सदस्य नारायण दाहाल र भीष्मराज आङदम्बेले भने यस निर्णयमा असहमति जनाएका छन्। संसदीय सुनुवाइ समितिले नाम अनुमोदन गरेमा डा. शर्मा प्रधानन्यायाधीश बन्नेछन्। २०२७ साल असार ४ गते जन्मिएका उनको उमेर ६५ वर्ष २०९२ सालमा पुग्नेछ, तर ६ वर्षे पूरै कार्यकाल गरेर उनी २०८९ वैशाखसम्म पदमा रहने छन्।
मेगु पोस्त: नेवाः टाइम्स
अष्टलक्ष्मी शाक्यलाई हृदयघात, अहिले अवस्था सामान्य
अष्टलक्ष्मी शाक्यलाई हृदयघात, अहिले अवस्था सामान्य...
२७ लाख पुराना चालक अनुमति पत्र छपाइ सम्पन्न
२७ लाख पुराना चालक अनुमति पत्र छपाइ सम्पन्न...
एक सातासम्म देशभर मनसुनी वर्षा सक्रिय रहने, भारी वर्षाको जोखिम बढ्ने
एक सातासम्म देशभर मनसुनी वर्षा सक्रिय रहने, भारी वर्षाको जोखिम बढ्ने...
सबै भूमिहीन र आवासविहीन परिवारलाई एकीकृत प्रक्रियाबाट आवास अधिकार सुनिश्चित गर्नुपर्नेमा जोड
सबै भूमिहीन र आवासविहीन परिवारलाई एकीकृत प्रक्रियाबाट आवास अधिकार सुनिश्चित गर्नुपर्नेमा जोड...
अमेरिका पुर्याइएका तलेजु भवानीका ऐतिहासिक गहना फिर्ता गराउन कार्यवाहक राजदूतमार्फत सहयोगको अपिल
अमेरिका पुर्याइएका तलेजु भवानीका ऐतिहासिक गहना फिर्ता गराउन कार्यवाहक राजदूतमार्फत सहयोगको अपिल...
अविरल वर्षाले सप्तरीमा लगाइएको धानखेतीमा क्षति
अविरल वर्षाले सप्तरीमा लगाइएको धानखेतीमा क्षति...
Comments (0)
No comments yet
Be the first to comment!
Write a Comment