सुनका सिक्री लुटपाटमा संलग्न ५ जना पक्राउ


अ+
अ-

काठमाडौं, वैशाख १४ । काठमाडौंमा सुनका सिक्री लुटपाट (स्न्याचिङ) घटनामा संलग्न पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौंले जारी गरेको प्रेस विज्ञप्तिअनुसार चन्द्रागिरी क्षेत्रका विभिन्न स्थानमा महिलालाई लक्षित गरी भएका लुटपाट घटनामा संलग्न समूहलाई नियन्त्रणमा लिइएको हो।
प्रहरीका अनुसार मोटरसाइकल प्रयोग गरी एक्लै हिँडिरहेका महिलाको घाँटीबाट सुनका सिक्री लुट्ने घटनामा संलग्नहरूलाई तारकेश्वर नगरपालिका–४ पय्युँटारबाट पक्राउ गरिएको हो।
पक्राउ पर्नेहरूमा- नुवाकोट, ककनी गाउँपालिका–३ घर भई हाल तारकेश्वर–६ बस्ने २९ वर्षीय सविन तामाङ, २६ वर्षीय विमल तामाङ, २२ वर्षीय सुरज तामाङ, नुवाकोट, विदुर नगरपालिका घर भई हाल बालाजु बस्ने ४४ वर्षीय सिताराम आचार्य र
सोलुखुम्बु घर भई हाल चन्द्रागिरी–४ थानकोट बस्ने १९ वर्षीया रितिका मादी रहेका छन्।
प्रहरीले उनीहरूको साथबाट सुनजस्तो देखिने १२.५० ग्राम पदार्थ, विभिन्न सिक्री, पेचकस, हेल्मेट, मोटरसाइकलको साँचो, एक थान मोबाइल तथा घटनामा प्रयोग भएका लत्ताकपडासमेत बरामद गरेको जनाएको छ।
उक्त समूहले महिलालाई एक्लो अवस्थामा लक्षित गरी मोटरसाइकलमार्फत लुटपाट गर्ने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।

Comments (0)

No comments yet

Be the first to comment!

Write a Comment
Comment must be at least 10 characters
NewaTimes

More from NewaTimes

Explore more articles by this author
मनसुनको ६० दिनमा सरदरभन्दा कम वर्षा

मनसुनको ६० दिनमा सरदरभन्दा कम वर्षा

मनसुनको ६० दिनमा सरदरभन्दा कम वर्षा...

जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रले औपचारिक काम थाल्यो

जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रले औपचारिक काम थाल्यो

जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रले औपचारिक काम थाल्यो...

भूमि प्रयोग र भूमि अधिकारमा गम्भीर बहस आवश्यक : नाफान

भूमि प्रयोग र भूमि अधिकारमा गम्भीर बहस आवश्यक : नाफान

भूमि प्रयोग र भूमि अधिकारमा गम्भीर बहस आवश्यक : नाफान...

ग्वलः देमा ‘नासः द्यः छेँ’ पुनःनिर्माण सम्पन्न

ग्वलः देमा ‘नासः द्यः छेँ’ पुनःनिर्माण सम्पन्न

ग्वलः देमा ‘नासः द्यः छेँ’ पुनःनिर्माण सम्पन्न...

सामाजिक परीक्षणको निष्कर्ष: छोटो अवधिमा लक्ष्य हासिल गर्न कठिन

सामाजिक परीक्षणको निष्कर्ष: छोटो अवधिमा लक्ष्य हासिल गर्न कठिन

सामाजिक परीक्षणको निष्कर्ष: छोटो अवधिमा लक्ष्य हासिल गर्न कठिन...

वर्षाका कारण बाँसबारीमा गेष्ट हाउस भासियो

वर्षाका कारण बाँसबारीमा गेष्ट हाउस भासियो

वर्षाका कारण बाँसबारीमा गेष्ट हाउस भासियो...

समाचार पोर्टल v1.0
Developer: Sabin Shrestha, Kirtipur
+977-9810300925
Developerसँग सम्पर्क गर्नुहोस्