सरकारद्वारा उपत्यकाका नदीकिनार र सार्वजनिक जग्गाका बस्ती खाली गराउने कार्य जारी


अ+
अ-

काठमाडौं, वैशाख १२ । सरकारले काठमाडौं उपत्यकाका नदी किनार, जोखिमपूर्ण सार्वजनिक र सरकारी जग्गामा बनाइएका बस्तीहरू खाली गराउने कार्य जारी राखेको छ। प्रधानमन्त्रीका प्रेस विज्ञ दीपा दाहालले दिएको जानकारीअनुसार काठमाडौं महानगरपालिका वडा नम्बर ११ स्थित थापाथलीको बस्ती पूर्ण रूपमा खाली गरिएको छ भने वडा नम्बर ९ स्थित गैरीगाउँ र वडा नम्बर ३१ स्थित शान्तिनगरमा बस्ती खाली गर्ने क्रम जारी छ।

यसैगरी, कागेश्वरी मनोहरा नगरपालिका वडा नम्बर ८ को गोठाटार बुद्धचोक र वडा नम्बर ९ को मनोहरा टोलमा रहेका अनधिकृत बस्तीहरू खाली गर्ने तयारी भएको छ।

काठमाडौं उपत्यका विकास प्राधिकरणको तथ्याङ्क अनुसार शान्तिनगरमा ४७६, गैरीगाउँमा १६२, थापाथलीमा १४३, गोठाटारमा ७७ र मनोहरा टोलमा १३ गरी कुल ८७१ परिवार रहेका छन्।

बस्ती खाली गराउने क्रममा नेपाल प्रहरी र महानगरका सुरक्षाकर्मीहरूले सामान उठाउन र ढुवानी गर्न प्रत्यक्ष सहयोग गरेका छन्। प्रेस विज्ञ दाहालका अनुसार यी क्षेत्रका बासिन्दाले पनि सरकारको कदममा सहयोग गरेपछि थापाथलीमा शान्तिपूर्ण एवं सौहार्दपूर्ण रूपमा बस्ती खाली गरिएको हो।

हालसम्म थापाथलीमा बसोबास गरिरहेका ६८ परिवार सरकारको सम्पर्कमा आइसकेका छन् भने अन्य स्थानबाट पनि सम्पर्कमा आउने क्रम जारी छ। सम्पर्कमा आएका परिवारहरूलाई दशरथ रंगशाला पुर्याएर विवरण सङ्कलन गरी काठमाडौंका विभिन्न होटलहरूमा राख्ने तयारी गरिएको छ।

हाललाई घरायसी सामानहरू कीर्तिपुरको सुन्दरीघाटस्थित राधास्वामी सत्संग ब्यास नेपालमा भिन्दाभिन्दै ठाउँ बनाएर सुरक्षित रूपमा राखिएको छ। होटलमा राखिने परिवारहरू वास्तविक सुकुम्बासी हुन् वा होइनन् भन्ने पहिचान भोलिबाट सुरु गरिनेछ।

वास्तविक सुकुम्बासी ठहरिएका परिवारलाई दुई साताभित्र नागार्जुन नगरपालिका वडा नम्बर १ स्थित सरकारी अपार्टमेन्ट र अन्य सुरक्षित स्थानमा राखिने छ। त्यसलगत्तै उनीहरूको दीर्घकालीन व्यवस्थापनको कामसमेत सुरु गरिने प्रधानमन्त्रीका प्रेस विज्ञ दीपा दाहालले जानकारी दिएकी छन्।

Comments (0)

No comments yet

Be the first to comment!

Write a Comment
Comment must be at least 10 characters
NewaTimes

More from NewaTimes

Explore more articles by this author
थापाथलीका टहरा भत्काइयो, २५ जना विस्थापित: काठमाडौं महानगरपालिका

थापाथलीका टहरा भत्काइयो, २५ जना विस्थापित: काठमाडौं महानगरपालिका

थापाथलीका टहरा भत्काइयो, २५ जना विस्थापित: काठमाडौं महानगरपालिका...

काठमाडौंका सुकुम्वासी बस्ती हटाउने अभियान सुरु

काठमाडौंका सुकुम्वासी बस्ती हटाउने अभियान सुरु

जब्बर रुपमा राजनीतिक मोहरा बन्दै आएको काठमाडौंको सुकुम्बासी समस्या तथा काठमाडौं उपत्यकाका नदी किनारमा रहेका अव्यवस्थित त...

हिजाेको मन्त्रिपरिषद् बैठकका निर्णय : एडीबी ऋण वार्ता टोली गठन, प्रहरी प्रशिक्षण प्रतिष्ठानको जग्गा फिर्ता

हिजाेको मन्त्रिपरिषद् बैठकका निर्णय : एडीबी ऋण वार्ता टोली गठन, प्रहरी प्रशिक्षण प्रतिष्ठानको जग्गा फिर्ता

सिंहदरबारमा बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले एसियाली विकास बैंक (एडीबी) सँगको सहुलियतपूर्ण ऋण सहायता सम्झौता, राष्ट्रि...

गृहमन्त्री सुदन गुरुङद्वारा राजीनामा, गृह प्रधानमन्त्रीले सम्हाल्ने

गृहमन्त्री सुदन गुरुङद्वारा राजीनामा, गृह प्रधानमन्त्रीले सम्हाल्ने

राष्ट्रपति भवनबाट आज जारी गरेको विज्ञप्तिअनुसार राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री वालेन्द्र शाहको सिफारिसमा गृ...

मेयर्स फोरमद्वारा सरकारको शैक्षिक सत्र  निर्णयमाथि गम्भीर ध्यानाकर्षण

मेयर्स फोरमद्वारा सरकारको शैक्षिक सत्र निर्णयमाथि गम्भीर ध्यानाकर्षण

काठमाडौं, वैशाख ९ । काठमाडौं उपत्यका मेयर्स फोरमले नेपाल सरकार,......

विद्यार्थीलाई अनिवार्य ४५ प्रतिशत भाडा छुट दिन निर्देशन

विद्यार्थीलाई अनिवार्य ४५ प्रतिशत भाडा छुट दिन निर्देशन

सार्वजनिक यातायातका साधनमा विद्यार्थीहरूलाई प्रदान गरिँदै आएको ४५ प्रतिशत भाडा छुटको सुविधा अनिवार्य रूपमा कार्यान्वयन ग...

समाचार पोर्टल v1.0
Developer: Sabin Shrestha, Kirtipur
+977-9810300925
Developerसँग सम्पर्क गर्नुहोस्