काठमाडौँ, वैशाख ९ । सरकारले अन्तर्राष्ट्रियस्तरमा डिजेलको मूल्यवृद्धि भएपछि स्वचालित भाडा समायोजन प्रणालीअनुसार सार्वजनिक सवारीको भाडा समायोजन गरेको जनाउँदै यो वृद्धि डिजेल इन्जिन भएका सार्वजनिक सवारीमा मात्र लागू हुने स्पष्ट पारेको छ। तर, विद्युतीय सवारीको हकमा पुरानै भाडादर कायम रहेको यातायात व्यवस्था विभागले जनाएको छ।
विभागले हिजाे प्रकाशित गरेको अत्यन्त जरुरी सूचनामा भनिएको छ, “कुनै कुनै विद्युतीय सवारीसाधन प्रयोग गर्ने यातायात सेवा प्रदायकबाट यात्रा ओसारपसार गर्दा वृद्धि भएको भाडा असुलिएको, साथै यात्रुलाई यात्री टिकट समेत नदिइएको गुनासो प्राप्त भएको छ।”
विभागले स्पष्ट पारेको छ— विद्युतीय सवारीको हकमा साविककै भाडादर लागू हुनेछ। साथै, यातायात सेवा प्रदायकले यात्रुसँग भाडा लिँदा अनिवार्य रूपमा यात्री टिकट दिनुपर्ने प्रावधान रहेको उल्लेख गरिएको छ।
विभागले चेतावनी दिँदै भनेको छ, उल्लिखित व्यवस्थाविपरीत काम गरेको पाइएमा सवारी तथा यातायात व्यवस्था ऐन २०४९, नियमावली २०५४ तथा अन्य प्रचलित कानूनबमोजिम कारबाही हुनेछ।
More from NewaTimes
जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रले औपचारिक काम थाल्यो
जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रले औपचारिक काम थाल्यो...
भूमि प्रयोग र भूमि अधिकारमा गम्भीर बहस आवश्यक : नाफान
भूमि प्रयोग र भूमि अधिकारमा गम्भीर बहस आवश्यक : नाफान...
ग्वलः देमा ‘नासः द्यः छेँ’ पुनःनिर्माण सम्पन्न
ग्वलः देमा ‘नासः द्यः छेँ’ पुनःनिर्माण सम्पन्न...
सामाजिक परीक्षणको निष्कर्ष: छोटो अवधिमा लक्ष्य हासिल गर्न कठिन
सामाजिक परीक्षणको निष्कर्ष: छोटो अवधिमा लक्ष्य हासिल गर्न कठिन...
विपद्पछिको गैर-आर्थिक क्षति मापन गर्न जियो-एआई र नीतिगत सुधारमा जोड
विपद्पछिको गैर-आर्थिक क्षति मापन गर्न जियो-एआई र नीतिगत सुधारमा जोड...
Comments (0)
No comments yet
Be the first to comment!
Write a Comment