नेपाल–विश्व बैंकबीच डिजिटल रूपान्तरण परियोजनामा सहकार्य


अ+
अ-

काठमाडौं, चैत २५ – सञ्चार तथा सूचना प्रविधि मन्त्री डा. विक्रम तिमिल्सिनासँग विश्व बैंकका दक्षिण एसिया क्षेत्र अन्तर्गत माल्दिभ्स, नेपाल र श्रीलङ्काका निर्देशक श्री डेविड सिस्लेन नेतृत्वको उच्चस्तरीय प्रतिनिधिमण्डलबीच सिंहदरबारमा भेटवार्ता सम्पन्न भएको छ।

भेटवार्तामा नेपाल सरकारको प्राथमिकताअनुसार ‘नेपाल: डिजिटल ट्रान्सफर्मेसन प्रोजेक्ट’लाई प्रभावकारी ढंगले अघि बढाउने विषयमा छलफल भएको थियो। निर्देशक सिस्लेनले सूचना प्रवाह पहुँच विस्तार, डेटा व्यवस्थापन, डिजिटल रूपान्तरण, मिडिया साक्षरता र शासन सुधारका क्षेत्रमा विश्व बैंक सहयोग गर्न प्रतिबद्ध रहेको बताएका छन्।

मन्त्री तिमिल्सिनाले विश्व बैंकको सहयोगप्रति आभार व्यक्त गर्दै परियोजना कार्यान्वयनमा तीव्रता दिनुपर्ने आवश्यकता औंल्याउनुभयो। उहाँले नयाँ सरकार गठनपछि विद्युतीय शासन र नागरिक सेवा प्रवाहमा नीतिगत काम सुरु भइसकेको उल्लेख गर्दै विभिन्न योजनामा देखिएका समस्या समाधान गर्न सरकार प्रतिबद्ध रहेको जानकारी दिनुभयो।

भेटवार्तामा मन्त्रालयका सूचना प्रविधि महाशाखाका प्रमुख ओमप्रकाश भट्टराई, परराष्ट्र मन्त्रालयका प्रतिनिधि तथा विश्व बैंकका अन्य पदाधिकारीहरूको समेत उपस्थिति रहेको थियो।

Comments (0)

No comments yet

Be the first to comment!

Write a Comment
Comment must be at least 10 characters
NewaTimes

More from NewaTimes

Explore more articles by this author
हावाहुरी र मेघगर्जनसहित वर्षाको चेतावनी, उच्च सतर्कता अपनाउन आग्रह

हावाहुरी र मेघगर्जनसहित वर्षाको चेतावनी, उच्च सतर्कता अपनाउन आग्रह

हावाहुरी र मेघगर्जनसहित वर्षाको चेतावनी, उच्च सतर्कता अपनाउन आग्रह...

नक्कली मुद्रालाई सक्कली मुद्रा भनि ठगी गर्ने ६ जना पक्राउ

नक्कली मुद्रालाई सक्कली मुद्रा भनि ठगी गर्ने ६ जना पक्राउ

नक्कली मुद्रालाई सक्कली मुद्रा भनि ठगी गर्ने ६ जना पक्राउ...

बेलायत र बुल्गेरिया पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ

बेलायत र बुल्गेरिया पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ

बेलायत र बुल्गेरिया पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ...

विद्यालय भवन निर्माणमा अनियमितता: प्रधानाध्यापक र लेखापालविरुद्ध आरोपपत्र दायर

विद्यालय भवन निर्माणमा अनियमितता: प्रधानाध्यापक र लेखापालविरुद्ध आरोपपत्र दायर

विद्यालय भवन निर्माणमा अनियमितता: प्रधानाध्यापक र लेखापालविरुद्ध आरोपपत्र दायर...

अनधिकृत सवारी साधनको सुविधा फिर्ता लिंदै सरकार

अनधिकृत सवारी साधनको सुविधा फिर्ता लिंदै सरकार

अनधिकृत सवारी साधनको सुविधा फिर्ता लिंदै सरकार...

घुस लिएको आरोपमा प्राविधिक सहायकविरुद्ध मुद्दा दायर

घुस लिएको आरोपमा प्राविधिक सहायकविरुद्ध मुद्दा दायर

घुस लिएको आरोपमा प्राविधिक सहायकविरुद्ध मुद्दा दायर...

समाचार पोर्टल v1.0
Developer: Sabin Shrestha, Kirtipur
+977-9810300925
Developerसँग सम्पर्क गर्नुहोस्