पोखराका लेखा अधिकृतविरुद्ध भ्रष्टाचार र मनी लाउन्डरिङ्ग मुद्दा


अ+
अ-

काठमाडौं, चैत २३ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टङ्गाल काठमाडौंले गण्डकी प्रदेश अन्तर्गत भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालय, पोखरा कास्कीका लेखा अधिकृत (अधिकृत आठौँ तह) झलक शर्मा पौडेलविरुद्ध विशेष अदालतमा आरोपपत्र दायर गरेको छ।

आयोगका अनुसार पौडेलले पदीय मर्यादा विपरीत गैरकानुनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको प्रमाणित भएको छ। अनुसन्धानमा निजले व्यक्तिगत ऋण सापटी लिएको भनी प्रस्तुत गरेका कागजातहरू असत्य रहेको र सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ्ग) निवारण ऐन, २०६४ अन्तर्गत कसुरजन्य कार्य गरेको देखिएको आयोगले जनाएको छ।

आरोपपत्रमा पौडेलले गैरकानुनी रूपमा आर्जन गरेको सम्पत्ति रु. ६ करोड २६ लाख ९३ हजार १२९.८२ मध्ये रु. २ करोड ५८ लाख ६७ हजार ३२४.५३ बिगो कायम गरिएको उल्लेख छ। सो रकममा ब्याज समेत समावेश गरिएको छ। साथै, पौडेल र उनकी पत्नी हुमा कुमारी उपाध्यायको नाममा बैंक तथा सहकारी संस्थामा मुद्दती निक्षेपमा रहेको रकम जफत गर्न माग गरिएको छ।

आयोगले पौडेलसँगै हुमा कुमारी उपाध्याय, जमुना कुमारी रोका क्षेत्री, हरीप्रसाद पौडेल र शान्ति दराई पौडेललाई पनि सम्पत्ति शुद्धीकरणमा संलग्न रहेको प्रमाणित भएको भन्दै उनीहरूलाई समेत प्रतिवादी कायम गरी सजायको माग गरेको छ। 

 भ्रष्टाचारको कसुरबाट प्राप्त सम्पत्ति हो भन्ने थाहा पाउँदा पाउँदै एवं विश्वास गर्नुपर्ने मनासिव आधार हुँदा हुँदै प्रतिवादी झलक शर्मा पौडेलले भ्रष्टाचार गरी आर्जन गरेको सम्पत्तिको सही प्रकृति, स्रोत, स्थान, कारोवार, लुकाउने, छल्ने, बदल्ने समेतका कार्यमा सहयोग पुर्‍याएको मिसिल संलग्न सवूद प्रमाणबाट देखिएको हुँदा हुमा कुमारी उपाध्याय, जमुना कुमारी रोकाक्षेत्री, हरीप्रसाद पौडेल र शान्ति दराई पौडेललाई मुख्य कसुरदार प्रतिवादी झलक शर्मा पौडेलले गरेको सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ्ग) निवारण ऐन, २०६४ को दफा ३ को उपदफा (१) को देहाय (क), (ख) र (ग) बमोजिम तथा सोही दफा 3 को उपदफा (३) को परिभाषित कसुरको मतियार भई सोही ऐनको दफा ३ को उपदफा (२) तथा सोही दफा 3 को उपदफा (३) मा परिभाषित कसुर बमोजिमको कसुर गरेको पुष्टि भएको हुँदा हुमा कुमारी उपाध्यायलाई रु.२,२३,००,०००।–(दुई करोड तेईस लाख रुपैयाँ), जमुना कुमारी रोका क्षेत्रीलाई रु.१,६३,०६,०००।–(एक करोड त्रीसठ्ठी लाख छ हजार रुपैयाँ) र हरि प्रसाद पौडेल र शान्ति दराई पौडेललाई  रु.१,३८,००,०००।–(एक करोड अड्तीस लाख रुपैयाँ) बिगो कायम गरी सोही ऐनको दफा ३० को उपदफा (२) बमोजिम मुख्य कसुरदारलाई हुने सजायको आधा कैद र जरिवाना सजाय गरी पाउन प्रतिवादी कायम गरी आज विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको छ।

विशेष अदालत काठमाडौंमा  मुद्दा दायर भई सुनुवाइको क्रममा रहेको आयोगले जनाएको छ।

 

Comments (0)

No comments yet

Be the first to comment!

Write a Comment
Comment must be at least 10 characters
NewaTimes

More from NewaTimes

Explore more articles by this author
जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रले औपचारिक काम थाल्यो

जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रले औपचारिक काम थाल्यो

जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रले औपचारिक काम थाल्यो...

भूमि प्रयोग र भूमि अधिकारमा गम्भीर बहस आवश्यक : नाफान

भूमि प्रयोग र भूमि अधिकारमा गम्भीर बहस आवश्यक : नाफान

भूमि प्रयोग र भूमि अधिकारमा गम्भीर बहस आवश्यक : नाफान...

ग्वलः देमा ‘नासः द्यः छेँ’ पुनःनिर्माण सम्पन्न

ग्वलः देमा ‘नासः द्यः छेँ’ पुनःनिर्माण सम्पन्न

ग्वलः देमा ‘नासः द्यः छेँ’ पुनःनिर्माण सम्पन्न...

सामाजिक परीक्षणको निष्कर्ष: छोटो अवधिमा लक्ष्य हासिल गर्न कठिन

सामाजिक परीक्षणको निष्कर्ष: छोटो अवधिमा लक्ष्य हासिल गर्न कठिन

सामाजिक परीक्षणको निष्कर्ष: छोटो अवधिमा लक्ष्य हासिल गर्न कठिन...

वर्षाका कारण बाँसबारीमा गेष्ट हाउस भासियो

वर्षाका कारण बाँसबारीमा गेष्ट हाउस भासियो

वर्षाका कारण बाँसबारीमा गेष्ट हाउस भासियो...

विपद्पछिको गैर-आर्थिक क्षति मापन गर्न जियो-एआई र नीतिगत सुधारमा जोड

विपद्पछिको गैर-आर्थिक क्षति मापन गर्न जियो-एआई र नीतिगत सुधारमा जोड

विपद्पछिको गैर-आर्थिक क्षति मापन गर्न जियो-एआई र नीतिगत सुधारमा जोड...

समाचार पोर्टल v1.0
Developer: Sabin Shrestha, Kirtipur
+977-9810300925
Developerसँग सम्पर्क गर्नुहोस्