जनकपुर क्षेत्र विकास परिषद्‍को शौचालय खरिदमा भ्रष्टाचार आरोप, विशेष अदालतमा मुद्दा दायर


अ+
अ-

काठमाडौं, चैत २३ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्‍को बायो घुम्ती शौचालय खरिद प्रकरणमा भ्रष्टाचार भएको निष्कर्ष निकाल्दै विशेष अदालतमा आरोपपत्र दायर गरेको छ।

आयोगका अनुसार आर्थिक वर्ष २०७६/०७७ मा दुई थान बायो घुम्ती शौचालय खरिद गर्दा सार्वजनिक खरिद ऐनविपरीत प्रतिस्पर्धा नगरी सोझै खरिद प्रक्रिया अघि बढाइएको थियो। प्रारम्भिक रूपमा करिब ३३ लाख ५० हजार रुपैयाँको प्रो–फर्मा इनभ्वाइस तयार गरिए पनि पछि मिलेमतोमा ५५ लाख २ हजार ८५४ रुपैयाँमा खरिद गर्ने गरी प्रक्रिया मिलाइएको पाइएको छ।

अनुसन्धानबाट बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्‍का तत्कालीन अध्यक्ष शालीग्राम सिंह, कार्यकारी निर्देशक बलराम ठाकुर, प्रशासकीय अधिकृत चिरंजिविराज शर्मा ढुङ्गाना, लेखापाल सावित्री कुमारी गिरी तथा खरिदार मदनकुमार चौधरी सूडीसमेतको संलग्नतामा खरिद ऐनविपरीत स्पेसिफिकेसन, लागत अनुमान र खरिद योजना नै नबनाई प्रक्रिया अघि बढाइएको पुष्टि भएको आयोगले जनाएको छ।

त्यसैगरी ईशिता ट्रेडर्स र यसको प्रोपाइटर पशुपतिनाथ पाठकसँग पूर्व सहमति गरी अस्वाभाविक दररेट पेश गराइएको तथा बोलपत्र आह्वान नगरी खरिद सम्झौता गरिएको पाइएको छ। आपूर्ति प्रक्रियामा समेत अनियमितता देखिएको आयोगको भनाइ छ।

उक्त प्रकरणमा संलग्न व्यक्तिहरूले मिलेमतोमा ५५ लाख रुपैयाँभन्दा बढी रकम भुक्तानी लिएको भन्दै आयोगले सोही बराबरको बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसार कैद, जरिवाना र बिगो असुलको मागदाबी लिएको छ।

आयोगका सहायक प्रवक्ता गणेशबहादुर अधिकारीका अनुसार सो प्रकरणमा संलग्न सबै प्रतिवादीविरुद्ध हिजाे आइतबार विशेष अदालतमा आरोपपत्र दायर गरिएको छ ।

Comments (0)

No comments yet

Be the first to comment!

Write a Comment
Comment must be at least 10 characters
NewaTimes

More from NewaTimes

Explore more articles by this author
'विपद्को चेतना, कलाको अभिव्यक्ति’ कार्टुन कला प्रदर्शनी सुरु

'विपद्को चेतना, कलाको अभिव्यक्ति’ कार्टुन कला प्रदर्शनी सुरु

'विपद्को चेतना, कलाको अभिव्यक्ति’ कार्टुन कला प्रदर्शनी सुरु...

प्रि-मनसुनमा ४५ वर्षयताकै सबैभन्दा धेरै वर्षा, सन् १९९० को रेकर्ड समेत तोडियो

प्रि-मनसुनमा ४५ वर्षयताकै सबैभन्दा धेरै वर्षा, सन् १९९० को रेकर्ड समेत तोडियो

प्रि-मनसुनमा ४५ वर्षयताकै सबैभन्दा धेरै वर्षा, सन् १९९० को रेकर्ड समेत तोडियो...

आज देशका अधिकांश हिमाली तथा पहाडी क्षेत्रमा वर्षा र हिमपात, बागमती र गण्डकीमा ताताे दिन

आज देशका अधिकांश हिमाली तथा पहाडी क्षेत्रमा वर्षा र हिमपात, बागमती र गण्डकीमा ताताे दिन

आज देशका अधिकांश हिमाली तथा पहाडी क्षेत्रमा वर्षा र हिमपात, बागमती र गण्डकीमा ताताे दिन...

विदेशमा पिआर लिएका दुइ कर्मचारीलाई सरकारी सेवामा अयोग्य ठहरिने गरि कारबाही गरिने

विदेशमा पिआर लिएका दुइ कर्मचारीलाई सरकारी सेवामा अयोग्य ठहरिने गरि कारबाही गरिने

विदेशमा पिआर लिएका दुइ कर्मचारीलाई सरकारी सेवामा अयोग्य ठहरिने गरि कारबाही गरिने...

विपद पत्रकारिता कसरी गर्ने ?

विपद पत्रकारिता कसरी गर्ने ?

विपद पत्रकारिता कसरी गर्ने ?...

लोकतान्त्रिक मूल्य–मान्यता कमजोर पार्ने गतिविधिप्रति पापडको चिन्ता, पत्रकार महासंघको आन्दोलनमा ऐक्यबद्धता

लोकतान्त्रिक मूल्य–मान्यता कमजोर पार्ने गतिविधिप्रति पापडको चिन्ता, पत्रकार महासंघको आन्दोलनमा ऐक्यबद्धता...

समाचार पोर्टल v1.0
Developer: Sabin Shrestha, Kirtipur
+977-9810300925
Developerसँग सम्पर्क गर्नुहोस्