एकैदिन दुई स्थानमा अख्तियारको कारबाही : प्रहरी नायब निरीक्षक र अदालत डिठ्ठा घुससहित पक्राउ


अ+
अ-

काठमाडौँ / गौर, चैत १७ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एकैदिन दुई फरक स्थानमा कारबाही गर्दै प्रहरी नायब निरीक्षक र जिल्ला अदालतका डिठ्ठालाई घुससहित नियन्त्रणमा लिएको छ।

आज काठमाडौँ र रौतहटमा छुट्टाछुट्टै टोली खटाई आयोगले यी कारबाही गरेको हो।

काठमाडौँमा प्रहरी नायब निरीक्षक पक्राउ

प्रहरी वृत्त मालीगाउँ काठमाडौंमा कार्यरत प्रहरी नायब निरीक्षक दिनेश राउतलाई आयोगको टंगाल कार्यालयबाट खटिएको टोलीले काठमाडौं महानगरपालिका वडा नं. ०५ स्थित गहनापोखरीबाट रू. २० हजार घुससहित पक्राउ गरेको छ।

उनले बैंकिङ्ग कसुरसम्बन्धी मुद्दामा जाहेरवालाको रकम फिर्ता दिलाइदिन सहजीकरण गरिदिएवापत र मुद्दा मिलापत्र गर्ने प्रयोजनका लागि सेवाग्राहीसँग घुस मागी दुःख हैरानी दिएको उजुरीका आधारमा कारबाही गरिएको आयोगले जनाएको छ।

रौतहटमा अदालत डिठ्ठा पक्राउ

यसैगरी, जिल्ला रौतहट, गौर नगरपालिकास्थित रौतहट जिल्ला अदालत, गौरमा कार्यरत डिठ्ठा लव कुमार सिंहलाई आयोगको हेटौडा कार्यालयबाट खटिएको टोलीले अदालत परिसरबाटै रू. ५० हजार घुससहित नियन्त्रणमा लिएको छ।

डिठ्ठा सिंहले अदालतको फैसलाबमोजिम दाखिला खारेजी (दा.खा.) पुर्जी गरी जग्गा फुकुवा गराइदिएवापत सेवाग्राहीसँग घुस माग गरिरहेको सूचना तथा उजुरीको आधारमा कारबाही गरिएको हो।

दुवै जनाको साथबाट घुसबापतको रकम र मोबाइल थान-१ बरामद गरिएको छ। उनीहरूमाथि थप अनुसन्धान भइरहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिएका छन्।

Comments (0)

No comments yet

Be the first to comment!

Write a Comment
Comment must be at least 10 characters
NewaTimes

More from NewaTimes

Explore more articles by this author
हावाहुरी र मेघगर्जनसहित वर्षाको चेतावनी, उच्च सतर्कता अपनाउन आग्रह

हावाहुरी र मेघगर्जनसहित वर्षाको चेतावनी, उच्च सतर्कता अपनाउन आग्रह

हावाहुरी र मेघगर्जनसहित वर्षाको चेतावनी, उच्च सतर्कता अपनाउन आग्रह...

नक्कली मुद्रालाई सक्कली मुद्रा भनि ठगी गर्ने ६ जना पक्राउ

नक्कली मुद्रालाई सक्कली मुद्रा भनि ठगी गर्ने ६ जना पक्राउ

नक्कली मुद्रालाई सक्कली मुद्रा भनि ठगी गर्ने ६ जना पक्राउ...

बेलायत र बुल्गेरिया पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ

बेलायत र बुल्गेरिया पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ

बेलायत र बुल्गेरिया पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ...

विद्यालय भवन निर्माणमा अनियमितता: प्रधानाध्यापक र लेखापालविरुद्ध आरोपपत्र दायर

विद्यालय भवन निर्माणमा अनियमितता: प्रधानाध्यापक र लेखापालविरुद्ध आरोपपत्र दायर

विद्यालय भवन निर्माणमा अनियमितता: प्रधानाध्यापक र लेखापालविरुद्ध आरोपपत्र दायर...

अनधिकृत सवारी साधनको सुविधा फिर्ता लिंदै सरकार

अनधिकृत सवारी साधनको सुविधा फिर्ता लिंदै सरकार

अनधिकृत सवारी साधनको सुविधा फिर्ता लिंदै सरकार...

घुस लिएको आरोपमा प्राविधिक सहायकविरुद्ध मुद्दा दायर

घुस लिएको आरोपमा प्राविधिक सहायकविरुद्ध मुद्दा दायर

घुस लिएको आरोपमा प्राविधिक सहायकविरुद्ध मुद्दा दायर...

समाचार पोर्टल v1.0
Developer: Sabin Shrestha, Kirtipur
+977-9810300925
Developerसँग सम्पर्क गर्नुहोस्