वन डढेलो नियन्त्रणमा समन्वयको खाँचो, बहुपक्षीय संवादमा जोड


अ+
अ-

काठमाडौं, चैत ११ । नेपालमा बढ्दो वन डढेलो जोखिम न्यूनीकरणका लागि संघ, प्रदेश र स्थानीय तहबीच स्पष्ट भूमिका निर्धारणसहित समन्वयात्मक कार्य आवश्यक रहेकोमा सरोकारवालाहरूले जोड दिएका छन्।
वन डढेलो सचेतना सप्ताहका अवसरमा २०२६ मार्च २३ मा काठमाडौंमा आयोजित बहुपक्षीय संवाद कार्यक्रममा फुड एण्ड एग्रिकल्चर अर्गनाइजेसन (एफएओ) नेपाल, नेपाल सरकारका निकायहरू, वन उपभोक्ता महनसंघ (फेकोफन) को सहभागिता रहेको थियो।
कार्यक्रममा सहभागीहरूले नेपालमा वन डढेलोको जोखिम बढ्दो क्रममा रहेको उल्लेख गर्दै यसको रोकथाम, पूर्वतयारी र प्रभावकारी व्यवस्थापनका लागि तीनै तहका सरकारबीच समन्वय सुदृढ गर्नुपर्ने आवश्यकता औंल्याएका छन्। साथै, समुदायको सक्रिय सहभागितालाई पनि डढेलो नियन्त्रणको प्रमुख आधारका रूपमा जोड दिइएको थियो।
संवादमा वन डढेलो व्यवस्थापनसँग सम्बन्धित कार्यान्वयनगत चुनौती, समुदायमा प्रचलित अभ्यास, नीतिगत खाडल तथा सुधारका अवसरहरूबारे छलफल गरिएको थियो। सहभागीहरूले प्रभावकारी रोकथाम तथा द्रुत प्रतिकार्यका लागि स्पष्ट जिम्मेवारी बाँडफाँट र स्रोत परिचालन आवश्यक रहेको बताएका छन्।
“वन डढेलो नियन्त्रणमा प्रभावकारिता, तीनै तहका सरकार र समुदायको सहभागिता” भन्ने राष्ट्रिय अभियान नारासहित नेपालका वन संरक्षणका लागि एकीकृत प्रयासलाई अझ सुदृढ बनाउने प्रतिबद्धता पनि व्यक्त गरिएको छ।

Comments (0)

No comments yet

Be the first to comment!

Write a Comment
Comment must be at least 10 characters
NewaTimes

More from NewaTimes

Explore more articles by this author
अष्टलक्ष्मी शाक्यलाई हृदयघात, अहिले अवस्था सामान्य

अष्टलक्ष्मी शाक्यलाई हृदयघात, अहिले अवस्था सामान्य

अष्टलक्ष्मी शाक्यलाई हृदयघात, अहिले अवस्था सामान्य...

२७ लाख पुराना चालक अनुमति पत्र छपाइ सम्पन्न

२७ लाख पुराना चालक अनुमति पत्र छपाइ सम्पन्न

२७ लाख पुराना चालक अनुमति पत्र छपाइ सम्पन्न...

एक सातासम्म देशभर मनसुनी वर्षा सक्रिय रहने, भारी वर्षाको जोखिम बढ्ने

एक सातासम्म देशभर मनसुनी वर्षा सक्रिय रहने, भारी वर्षाको जोखिम बढ्ने

एक सातासम्म देशभर मनसुनी वर्षा सक्रिय रहने, भारी वर्षाको जोखिम बढ्ने...

सबै भूमिहीन र आवासविहीन परिवारलाई  एकीकृत प्रक्रियाबाट आवास अधिकार सुनिश्चित गर्नुपर्नेमा जोड

सबै भूमिहीन र आवासविहीन परिवारलाई एकीकृत प्रक्रियाबाट आवास अधिकार सुनिश्चित गर्नुपर्नेमा जोड

सबै भूमिहीन र आवासविहीन परिवारलाई एकीकृत प्रक्रियाबाट आवास अधिकार सुनिश्चित गर्नुपर्नेमा जोड...

अमेरिका पुर्‍याइएका तलेजु भवानीका ऐतिहासिक गहना फिर्ता गराउन कार्यवाहक राजदूतमार्फत सहयोगको अपिल

अमेरिका पुर्‍याइएका तलेजु भवानीका ऐतिहासिक गहना फिर्ता गराउन कार्यवाहक राजदूतमार्फत सहयोगको अपिल

अमेरिका पुर्‍याइएका तलेजु भवानीका ऐतिहासिक गहना फिर्ता गराउन कार्यवाहक राजदूतमार्फत सहयोगको अपिल...

अविरल वर्षाले सप्तरीमा लगाइएको धानखेतीमा क्षति

अविरल वर्षाले सप्तरीमा लगाइएको धानखेतीमा क्षति

अविरल वर्षाले सप्तरीमा लगाइएको धानखेतीमा क्षति...

समाचार पोर्टल v1.0
Developer: Sabin Shrestha, Kirtipur
+977-9810300925
Developerसँग सम्पर्क गर्नुहोस्