पेट्रोलियम पदार्थ तथा ग्यासको मूल्य बढ्याे


अ+
अ-

काठमाडौं, चैत १ । नेपाल आयल निगम ले अन्तर्राष्ट्रिय बजारमा मूल्य वृद्धि र मध्यपूर्व तथा पश्चिम एसियामा देखिएको युद्धको प्रभावका कारण पेट्रोलियम पदार्थको मूल्य समायोजन गर्नुपर्ने अवस्थाका कारण मूल्य वृद्धि गरेकाे छ ।
निगमले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा हालको अन्तर्राष्ट्रिय परिस्थितिका कारण खाना पकाउने ग्याससहित पेट्रोलियम पदार्थको मूल्यमा उल्लेख्य वृद्धि भई आपूर्ति व्यवस्थापनमा चुनौती सिर्जना भएको उल्लेख गरेको छ। आफ्नै पेट्रोलियम स्रोत नभएका मुलुकहरूमा मूल्य र आपूर्ति व्यवस्थापन प्रभावित हुने भएकाले नेपालमा पनि यसको असर परेको निगमले जनाएको छ।

यसअघि वि.सं. २०७९ सालमा रूस र युक्रेन बीचको युद्धका कारण पनि आपूर्ति प्रणाली प्रभावित भई पेट्रोलियम पदार्थको मूल्य अत्यधिक बढेको स्मरण गराउँदै निगमले त्यसबेला इन्डियन ओइल कर्पाेरेसनलाई करिब २४ अर्ब रुपैयाँ भुक्तानी गर्न बाँकी रहेको जनाएको छ।

निगमका अनुसार सो रकममध्ये ७ अर्ब रुपैयाँ नेपाल सरकार, अर्थ मन्त्रालयबाट ऋणस्वरूप प्राप्त भएको थियो भने बाँकी रकम तिर्नका लागि राष्ट्रिय वाणिज्य बैंकमा रहेको निगमको अचल सम्पत्ति धितो राखी ३ अर्ब रुपैयाँ ऋण लिइएको थियो। मूल्य स्थिरीकरण कोषको रकमसमेत प्रयोग गर्दा पनि आईओसीलाई पूर्ण भुक्तानी गर्न नसक्दा त्यसबेला आपूर्ति व्यवस्थापनमा समस्या आएको निगमले जनाएको छ।
हालको अवस्थामा पनि अन्तर्राष्ट्रिय बजारमा मूल्य वृद्धि र आपूर्ति प्रणालीमा प्रतिकूल परिस्थिति देखिएको निगमले जनाएको छ। यस्तो अवस्थामा नेपालमा खाना पकाउने ग्यास तथा पेट्रोलियम पदार्थको आपूर्ति निरन्तर गरिरहेकोमा निगमले इन्डियन ओइल कर्पाेरेसनलाई धन्यवाद दिएको छ।

निगमका अनुसार अन्तर्राष्ट्रिय बजारको मूल्यअनुसार पेट्रोलियम पदार्थ तथा एलपी ग्यासको मूल्य बढाउनुपर्ने अवस्था आएको छ। निगमले सार्वजनिक गरेको विवरणअनुसार हाल पेट्रोलको बिक्री मूल्य प्रतिलिटर १५७ रुपैयाँ रहेकोमा प्रतिलिटर रू. १५ रुपैयाँले मूल्य बढाएकाे छ।

यस्तै, डिजेलको मूल्य प्रतिलिटर १४२ रुपैयाँबाट रू. १० बढाएकाे छ । 

निगमले अन्तर्राष्ट्रिय बजारको मूल्य प्रवृत्तिलाई ध्यानमा राख्दै मूल्य समायोजनबारे निर्णय गरिने जनाएको छ। मूल्य वृद्धि गरिएको आज राति १ बजेबाट लागू हुनेछ भने मूल्य वृद्धि गर्दा पनि पाक्षिक रू.३ खर्व ९३ कराेड निगमलाई घाटा रहेकाे निगमले जनाएको छ ।

Comments (0)

No comments yet

Be the first to comment!

Write a Comment
Comment must be at least 10 characters
NewaTimes

More from NewaTimes

Explore more articles by this author
हावाहुरी र मेघगर्जनसहित वर्षाको चेतावनी, उच्च सतर्कता अपनाउन आग्रह

हावाहुरी र मेघगर्जनसहित वर्षाको चेतावनी, उच्च सतर्कता अपनाउन आग्रह

हावाहुरी र मेघगर्जनसहित वर्षाको चेतावनी, उच्च सतर्कता अपनाउन आग्रह...

नक्कली मुद्रालाई सक्कली मुद्रा भनि ठगी गर्ने ६ जना पक्राउ

नक्कली मुद्रालाई सक्कली मुद्रा भनि ठगी गर्ने ६ जना पक्राउ

नक्कली मुद्रालाई सक्कली मुद्रा भनि ठगी गर्ने ६ जना पक्राउ...

बेलायत र बुल्गेरिया पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ

बेलायत र बुल्गेरिया पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ

बेलायत र बुल्गेरिया पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ...

विद्यालय भवन निर्माणमा अनियमितता: प्रधानाध्यापक र लेखापालविरुद्ध आरोपपत्र दायर

विद्यालय भवन निर्माणमा अनियमितता: प्रधानाध्यापक र लेखापालविरुद्ध आरोपपत्र दायर

विद्यालय भवन निर्माणमा अनियमितता: प्रधानाध्यापक र लेखापालविरुद्ध आरोपपत्र दायर...

अनधिकृत सवारी साधनको सुविधा फिर्ता लिंदै सरकार

अनधिकृत सवारी साधनको सुविधा फिर्ता लिंदै सरकार

अनधिकृत सवारी साधनको सुविधा फिर्ता लिंदै सरकार...

घुस लिएको आरोपमा प्राविधिक सहायकविरुद्ध मुद्दा दायर

घुस लिएको आरोपमा प्राविधिक सहायकविरुद्ध मुद्दा दायर

घुस लिएको आरोपमा प्राविधिक सहायकविरुद्ध मुद्दा दायर...

समाचार पोर्टल v1.0
Developer: Sabin Shrestha, Kirtipur
+977-9810300925
Developerसँग सम्पर्क गर्नुहोस्