युनेस्को टोलीद्वारा जीनोम सिक्वेन्सिङ हब बनाउने साझेदारीबारे छलफल


अ+
अ-

काठमाडौं, फागुन १३। युनेस्को मदन भण्डारी मेमोरियल विश्वविद्यालयबीच संकटापन्न जडिबुटी तथा उच्च हिमाली भेगमा उत्पादन हुने जुम्ली मार्सी धानजस्ता जोखिममा रहेका बालीहरूको संरक्षणका लागि विश्वविद्यालयलाईहोल जीनोम सिक्वेन्सिङ को केन्द्रीय हबका रूपमा विकास गर्ने रणनीतिक साझेदारीबारे पनि छलफल भएको छ।

नेपालका लागि युनेस्कोका प्रतिनिधि ज्याकाे डु टाेइटको नेतृत्वमा रहेको टोलीले मकवानपुरको चित्लाङस्थित मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयको भ्रमण गरेको छ। भ्रमणका क्रममा टोलीले विश्वविद्यालयले अघि सारेको एडुकेट डाेअर्स लक्ष्य युनेस्कोका विज्ञान, शिक्षा सूचना सम्बन्धी कार्यक्रमहरूसँग कसरी मेल खान्छ भन्ने विषयमा विस्तृत जानकारी लिएको थियो।

टोलीले विश्वविद्यालयका विभिन्न विशिष्ट प्रयोगशाला तथा अनुसन्धान केन्द्रहरूको अवलोकन गर्दै विद्यार्थी प्राध्यापकहरूले अवलम्बन गरिरहेको सिक्दै, गर्दै" मोडेलको अभ्यास प्रत्यक्ष रूपमा हेरेको थियो।

विश्वविद्यालयअन्तर्गत सञ्चालनमा रहेको च्याउ अनुसन्धान प्रयोगशालामा औषधिजन्य प्रयोगका लागि आवश्यक अनुसन्धान भइरहेको छ। यस्तै, वन बायोमटेरियल युनिटले वातावरणमैत्री काठ उपचार विधि विकासमा काम गरिरहेको छ। एआई विभागले भने बालीनालीको रोग पहिचान तथा स्मार्ट सिँचाइ प्रणाली विकासका लागि मेसिन लर्निङ प्रविधिको प्रयोग गरिरहेको जानकारी टोलीलाई दिइएको थियो।

यस प्रस्तावित सहकार्यले जैविक विविधता संरक्षण, बीउ सुरक्षासहित कृषि अनुसन्धानमा वैज्ञानिक आधार सुदृढ गर्ने अपेक्षा गरिएको छ। विश्वविद्यालयले प्रयोगात्मक अनुसन्धान सामुदायिक प्रभावमा केन्द्रित हुँदै कृषि तथा डिजिटल रूपान्तरणका व्यावहारिक चुनौती समाधान गर्ने प्रयास गरिरहेको बताइएको छ।

युनेस्कोले नेपालको दिगो विकास लक्ष्य हासिल गर्न आवश्यक प्राविधिक, खुला विज्ञान सिर्जनशीलतालाई निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।

Comments (0)

No comments yet

Be the first to comment!

Write a Comment
Comment must be at least 10 characters
NewaTimes

More from NewaTimes

Explore more articles by this author
माथिल्लो त्रिशूली–३ ‘ए’को सुरुङमा उद्धार प्रयास तीव्र, ब्लास्टिङको तयारी

माथिल्लो त्रिशूली–३ ‘ए’को सुरुङमा उद्धार प्रयास तीव्र, ब्लास्टिङको तयारी

माथिल्लो त्रिशूली–३ ‘ए’को सुरुङमा उद्धार प्रयास तीव्र, ब्लास्टिङको तयारी...

चीनबाट ५० टन आपत्कालीन राहत सामग्री नेपाल आइपुग्यो, सुरुङ उद्धार विज्ञ पनि परिचालन

चीनबाट ५० टन आपत्कालीन राहत सामग्री नेपाल आइपुग्यो, सुरुङ उद्धार विज्ञ पनि परिचालन

चीनबाट ५० टन आपत्कालीन राहत सामग्री नेपाल आइपुग्यो, सुरुङ उद्धार विज्ञ पनि परिचालन...

रसुवा बाढीमा मृत्यु हुनेको संख्या ६२६ पुग्यो, २ हजार ४२६ जना अझै सम्पर्कविहीन

रसुवा बाढीमा मृत्यु हुनेको संख्या ६२६ पुग्यो, २ हजार ४२६ जना अझै सम्पर्कविहीन

रसुवा बाढीमा मृत्यु हुनेको संख्या ६२६ पुग्यो, २ हजार ४२६ जना अझै सम्पर्कविहीन...

भोटेकोशी बाढीबारे एडीपीसीको पहिलो विस्तृत स्थलगत मूल्याङ्कन प्रतिवेदन सार्वजनिक

भोटेकोशी बाढीबारे एडीपीसीको पहिलो विस्तृत स्थलगत मूल्याङ्कन प्रतिवेदन सार्वजनिक

भोटेकोशी बाढीबारे एडीपीसीको पहिलो विस्तृत स्थलगत मूल्याङ्कन प्रतिवेदन सार्वजनिक...

रसुवासहित पाँच जिल्लाका १५ स्थानीय तह विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा

रसुवासहित पाँच जिल्लाका १५ स्थानीय तह विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा

रसुवासहित पाँच जिल्लाका १५ स्थानीय तह विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा...

रसुवा बाढी : १५ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन, ४ हजार ४५१ जनाको उद्धार

रसुवा बाढी : १५ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन, ४ हजार ४५१ जनाको उद्धार

रसुवा बाढी : १५ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन, ४ हजार ४५१ जनाको उद्धार...

समाचार पोर्टल v1.0
Developer: Sabin Shrestha, Kirtipur
+977-9810300925
Developerसँग सम्पर्क गर्नुहोस्