८ बैशाख २०८३, मंगलबार

तीन मुक्तक


अ+
अ-

)

या उसले प्रेम गर्न नजानेको हुनुपर्छ
या प्रेमलाई ठूलो कुरा नठानेको हुनुपर्छ
प्रेमको तलाउ नत्र यसरी सुक्ने नै थिएन
या उसलाई प्रेमिकाले नछानेको हुनुपर्छ !

)

आस्था विश्वास तिनको खण्डित देखिन्छ
साधु सन्त नै अक्सर दण्डित देखिन्छ
खै कसरी पो अब यो दुनियाँ ईमानले चल्ला
मूर्ख लठैत पो अचेल खाँट्टि पण्डित देखिन्छ !

)

साथीहरू सुस्त सुस्त कुरा चलाउँछन्
अलि अलि होइन पुरा चलाउँछन्
बल्लतल्ल घाउमा खाटा बस्न खोज्छ
हतार हतार पछिबाट छुरा चलाउँछन् !

                         बागमती ११, कर्मैया, सर्लाही

Comments (0)

No comments yet

Be the first to comment!

Write a Comment
Comment must be at least 10 characters
लीलाराज दाहाल

अन्य लेखहरू: लीलाराज दाहाल

यस लेखकका अन्य रोचक लेखहरू
गजल

गजल

नबोली नबोली तिमी छेउ आयौ / र ढोकै नखोली तिमी छेउ आयौ !...

गजल

गजल

पिरतीको डोरी बाट्न सिकाएकै तिमीले हो / दिल चोर्ने काम आँट्न सिकाएकै तिमीले हो !...

सुत्रात्मक सुक्ष्मकथा

सुत्रात्मक सुक्ष्मकथा

बि.स. २०१९ साल पुस १० गते म्यान्मारको राधापुरमा जन्मेका इन्द्रकुमार......

भुईं मान्छेका सुखदुःख

भुईं मान्छेका सुखदुःख

सूर्यप्रसाद लाकोजू भन्ने बित्तिकै धेरैको स्मृतिमा एउटा भद्र, गम्भीर र कल्पनाशील अनुहार प्रकट हुन्छ ! उनी के हुन् भन्दा प...

गजल

गजल

बिना कसूर सभा छली भाग्नु हुन्न भाइ...

समाचार पोर्टल v1.0
Developer: Sabin Shrestha, Kirtipur
+977-9810300925
Developerसँग सम्पर्क गर्नुहोस्