१)
या त उसले प्रेम गर्न नजानेको हुनुपर्छ
या त प्रेमलाई ठूलो कुरा नठानेको हुनुपर्छ
प्रेमको तलाउ नत्र यसरी सुक्ने नै थिएन
या त उसलाई प्रेमिकाले नछानेको हुनुपर्छ !
२)
आस्था र विश्वास तिनको खण्डित देखिन्छ
साधु र सन्त नै अक्सर दण्डित देखिन्छ
खै कसरी पो अब यो दुनियाँ ईमानले चल्ला
मूर्ख र लठैत पो अचेल खाँट्टि पण्डित देखिन्छ !
३)
साथीहरू सुस्त सुस्त कुरा चलाउँछन्
अलि अलि होइन त पुरा चलाउँछन्
बल्लतल्ल घाउमा खाटा बस्न खोज्छ
हतार हतार पछिबाट छुरा चलाउँछन् !
बागमती ११, कर्मैया, सर्लाही
More from Lilaraj Dahal
सुत्रात्मक सुक्ष्मकथा
बि.स. २०१९ साल पुस १० गते म्यान्मारको राधापुरमा जन्मेका इन्द्रकुमार......
भुईं मान्छेका सुखदुःख
सूर्यप्रसाद लाकोजू भन्ने बित्तिकै धेरैको स्मृतिमा एउटा भद्र, गम्भीर र कल्पनाशील अनुहार प्रकट हुन्छ ! उनी के हुन् भन्दा प...
Comments (0)
No comments yet
Be the first to comment!
Write a Comment