१० भदौ २०८३, बिहिबार

शैक्षिक सत्र २०८३ अगावै विद्यार्थी भर्ना र भारी शुल्क असुली गर्ने विद्यालयविरुद्ध कारबाही हुने मन्त्रालयको चेतावनी


अ+
अ-

काठमाडौँ, चैत २३ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शैक्षिक सत्र २०८३ प्रारम्भ हुनुभन्दा अगावै विद्यार्थी भर्ना गर्ने तथा अभिभावकसँग भारी शुल्क असुली गर्ने विद्यालयहरूविरुद्ध कडा कारबाही गरिने चेतावनी दिएको छ।

मन्त्रालयले हिजाे एक प्रेस विज्ञप्ति जारी गर्दै देशका विभिन्न जिल्लाका केही संस्थागत विद्यालयहरूले विद्यालय सञ्चालन नियमावली, २०५९ (संशाेधन सहित) को नियम ८४ (४) र नियम ७८ (ग) तथा सर्वोच्च अदालतको २०८२/१२/२० गतेको आदेश उल्लङ्घन गरेको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

विज्ञप्तिमा भनिएको छ : “शैक्षिक सत्र २०८३ प्रारम्भ हुनु पूर्व नै विद्यार्थी भर्ती गर्ने र भारी शुल्क असुली गर्ने गरेको सम्बन्धमा यस मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको छ।”

मन्त्रालयले विद्यालय सञ्चालनजस्तो गरिमामय विषयमा यस्ता गैरकानूनी कार्यहरू अपराधिक मात्र नभई दण्डनीय समेत हुने भन्दै विद्यालयहरू आफैँ सचेत हुनुपर्ने स्पष्ट पारेको छ।

उल्लङ्घन गर्ने विद्यालयको नाम, सङ्ख्या तथा कारबाहीको प्रकृति भने विज्ञप्तिमा खुलाइएको छैन। मन्त्रालयले भर्नाको समयतालिका र शुल्क संरचनासम्बन्धी नियम कडाइका साथ पालना गर्न सबै संस्थागत विद्यालयलाई निर्देशन दिएको छ। साथै, नियमविपरीत काम गर्ने विद्यालयहरूलाई शिक्षा ऐन २०२८ तथा प्रचलित कानुनअनुसार कारवाही गरिने मन्त्रालयले जनाएको छ ।

Comments (0)

No comments yet

Be the first to comment!

Write a Comment
Comment must be at least 10 characters
नेवाः टाइम्स

अन्य लेखहरू: नेवाः टाइम्स

यस लेखकका अन्य रोचक लेखहरू
रसुवामा बाढी प्रभावित क्षेत्रमा आठ टन राहत सामग्री पठाइयो

रसुवामा बाढी प्रभावित क्षेत्रमा आठ टन राहत सामग्री पठाइयो

रसुवामा बाढी प्रभावित क्षेत्रमा आठ टन राहत सामग्री पठाइयो...

बाढी प्रभावित नेपालका लागि भारतले १० टन मानवीय सहायता र औषधि पठायो

बाढी प्रभावित नेपालका लागि भारतले १० टन मानवीय सहायता र औषधि पठायो

बाढी प्रभावित नेपालका लागि भारतले १० टन मानवीय सहायता र औषधि पठायो...

भोटेकोशी बाढीले नुवाकोट र रसुवामा ९६७ घर बगेको रेडक्रसकाे प्रारम्भिक विवरण

भोटेकोशी बाढीले नुवाकोट र रसुवामा ९६७ घर बगेको रेडक्रसकाे प्रारम्भिक विवरण

भोटेकोशी बाढीले नुवाकोट र रसुवामा ९६७ घर बगेको रेडक्रसकाे प्रारम्भिक विवरण...

रसुवा बाढी : उद्धार र उपचारलाई तीव्र बनाइएको प्रधानमन्त्री शाहको भनाइ

रसुवा बाढी : उद्धार र उपचारलाई तीव्र बनाइएको प्रधानमन्त्री शाहको भनाइ

रसुवा बाढी : उद्धार र उपचारलाई तीव्र बनाइएको प्रधानमन्त्री शाहको भनाइ...

रसुवाको भोटेकोशी बाढी : ३६ जनाको शव फेला, २४५ जना सम्पर्कविहीन

रसुवाको भोटेकोशी बाढी : ३६ जनाको शव फेला, २४५ जना सम्पर्कविहीन

रसुवाको भोटेकोशी बाढी : ३६ जनाको शव फेला, २४५ जना सम्पर्कविहीन...

रसुवा बाढीमा घाइते २५ जना काठमाडौंका विभिन्न अस्पतालमा उपचाररत

रसुवा बाढीमा घाइते २५ जना काठमाडौंका विभिन्न अस्पतालमा उपचाररत

रसुवा बाढीमा घाइते २५ जना काठमाडौंका विभिन्न अस्पतालमा उपचाररत...

समाचार पोर्टल v1.0
Developer: Sabin Shrestha, Kirtipur
+977-9810300925
Developerसँग सम्पर्क गर्नुहोस्