२७ भदौ २०८३, आइतबार

उच्च माध्यमिक विद्यालयमा ललितकला पाठ्याक्रमबारे अन्तर्क्रिया


अ+
अ-

काठमाडौं, पुस २५। नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको सहकार्य तथा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, पाठ्यक्रम विकास केन्द्र, सानोठिमी, भक्तपुरको आयोजनामा शुक्रवार ‘ललितकला पाठ्यक्रमबारे अन्तर्क्रिया कार्यक्रम’ नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान, नक्सालमा सम्पन्न भएको छ ।

कार्यक्रमको प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छाली, पाठ्यक्रम विकास केन्द्रका महानिर्देशक युवराज पौडेलले संयुक्त रूपमा गरेका थिए । चालु शैक्षिक सत्रदेखि कक्षा ११ र १२ मा चित्रकला, व्यावहारिक कला, मूर्तिकला, तथा कला इतिहास विषयहरू परिमार्जित पाठ्यक्रमअनुसार पठनपाठन भइरहेको सन्दर्भमा ती पाठ्यक्रमबारे सरोकारवाला विद्यालयका अध्यापकहरूबिच अन्तर्क्रिया गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको हो ।

कार्यक्रममा प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले शिक्षामा कला र संस्कृतिलाई सँगसँगै लैजानुपर्ने बताउँदै शिक्षामा कल्चरल भ्यालुको सीमा पनि जोडिनुपर्ने बताए । उहाँले ललितकलाको विकासका लागि स्थानीयस्तरका भाषा, इतिहास, कलालाई समेट्नुपर्नेमा जोड दिए ।

प्रतिष्ठानका उपकुलपति लालकाजी लामाले ललितकलाको उन्नयनका लागि देशभर स्थापित ललितकलाका शिक्षा अध्ययन गराउने संस्थाका बिच छलफल गर्न र पठनपाठन कसरी भइराखेको छ बुझ्न यस कार्यक्रमले थप सहयोग गर्ने बताए ।

प्रतिष्ठानका सदस्य सचिव देवेन्द्रकुमार काफ्ले ‘थुम्केली’ले कक्षा ११ र १२ मा ललितकला विषय कसरी सहज ढङ्गबाट अध्ययन गराउन सकिन्छ र देशैभरि ललितकला शिक्षाको महत्त्वका विषयमा जागरूक गराउन यस कार्यक्रमले महत्त्वपूर्ण भूमिका खेल्ने बताए ।

पाठ्यक्रम विकास केन्द्रका महानिर्देशक युवराज पौडेलले देशलाई चिनाउन ललितकला महत्त्वपूर्ण रहेको तथा ललितकला क्षेत्रमा नेपाल सरकारले गर्नुपर्ने कार्यमा यस कार्यक्रमले मार्गदर्शन गर्ने धारणा राखेका थिए ।

कार्यक्रममा पाठ्यक्रम विकास केन्द्रका सहसचिव दिनानाथ गौतम, काठमाडौँ विश्वविद्यालय आर्ट एन्ड डिजाइन स्कुल अफ आर्टस्‌का एसोसियट प्रोफेसर सुजन चित्रकार, सिर्जना स्कुल अफ फाइन आर्टस्‌का प्रिन्सिपल डा. बालकृष्ण रञ्जित, सहायक प्रिन्सिपल नविन्द्रमान राजभण्डारी, राधेश्याम मुल्मी, विदुरराज गिरी, शारदामान श्रेष्ठ, काठमाडौँ विश्वविद्यालय स्कुल अफ आर्टस्‌का पेन्टिङ–एक्टिङ हेड सागर मानन्धर, पाठ्यक्रम विकास केन्द्रका पाठ्यक्रम अधिकृत कमल मिश्र, शहिद शुक्र मा.वि.बाट केशवराज खनाल, कालिका मानवज्ञान मा.वि. बुटवलबाट सुमित्रा राना, पञ्चायत माध्यमिक विद्यालयबाट सञ्जु थापा मगर, वागीश्वरी मा.वि, भक्तपुरबाट सम्बिका बासुकलासँगै विजेश्वरी मा.वि, काठमाडौँ, नोबेल एकेडेमी, नयाँबानेश्वर,पिनाकल एकेडेमी, ललितपुरलगायतका प्रतिनिधिको सहभागिता रहेको थियो ।

Comments (0)

No comments yet

Be the first to comment!

Write a Comment
Comment must be at least 10 characters
नेवाः टाइम्स

अन्य लेखहरू: नेवाः टाइम्स

यस लेखकका अन्य रोचक लेखहरू
रसुवा–भोटेकोशी बाढी : क्षति २ खर्ब ७४ अर्ब, पुनर्निर्माणमा ७ खर्ब २३ अर्ब आवश्यक

रसुवा–भोटेकोशी बाढी : क्षति २ खर्ब ७४ अर्ब, पुनर्निर्माणमा ७ खर्ब २३ अर्ब आवश्यक

रसुवा–भोटेकोशी बाढी : क्षति २ खर्ब ७४ अर्ब, पुनर्निर्माणमा ७ खर्ब २३ अर्ब आवश्यक...

बाढी प्रभावित परिवारलाई मासिक १५ हजारसम्म राहत

बाढी प्रभावित परिवारलाई मासिक १५ हजारसम्म राहत

बाढी प्रभावित परिवारलाई मासिक १५ हजारसम्म राहत...

कृष्णभीरमा २५० मिटर नयाँ ट्रयाक निर्माण हुँदै

कृष्णभीरमा २५० मिटर नयाँ ट्रयाक निर्माण हुँदै

कृष्णभीरमा २५० मिटर नयाँ ट्रयाक निर्माण हुँदै...

रसुवाका जलविद्युत् आयोजनाका सुरुङमा खोजी तीव्र, ड्रोनबाट शव फेला

रसुवाका जलविद्युत् आयोजनाका सुरुङमा खोजी तीव्र, ड्रोनबाट शव फेला

रसुवाका जलविद्युत् आयोजनाका सुरुङमा खोजी तीव्र, ड्रोनबाट शव फेला...

विपद्पछि ज्येष्ठ नागरिकको संरक्षणमा सरकार : अस्थायी बसाइ छोट्याएर सुरक्षित आवासको व्यवस्था गर्ने प्रतिबद्धता

विपद्पछि ज्येष्ठ नागरिकको संरक्षणमा सरकार : अस्थायी बसाइ छोट्याएर सुरक्षित आवासको व्यवस्था गर्ने प्रतिबद्धता

विपद्पछि ज्येष्ठ नागरिकको संरक्षणमा सरकार : अस्थायी बसाइ छोट्याएर सुरक्षित आवासको व्यवस्था गर्ने प्रतिबद्धता...

एघारौँ दिनमा दुई चमत्कारिक उद्धार : भग्नावशेषबाट ६० वर्षीया महिला र सुरुङबाट चिनियाँ नागरिक जीवितै निकालिए

एघारौँ दिनमा दुई चमत्कारिक उद्धार : भग्नावशेषबाट ६० वर्षीया महिला र सुरुङबाट चिनियाँ नागरिक जीवितै निकालिए

एघारौँ दिनमा दुई चमत्कारिक उद्धार : भग्नावशेषबाट ६० वर्षीया महिला र सुरुङबाट चिनियाँ नागरिक जीवितै निकालिए...

समाचार पोर्टल v1.0
Developer: Sabin Shrestha, Kirtipur
+977-9843580653
Developerसँग सम्पर्क गर्नुहोस्