चुनावमा सेना परिचालकाे सिफारिस गर्ने राष्ट्रिय सुरक्षा परिषद्को निर्णय

अ+
अ-

काठमाडौं, मंसिर ४ । देशभर चलेको ‘जेन–जि’ आन्दोलनका बीच राष्ट्रिय सुरक्षा परिषद्को बैठकले आगामी फागुन २१ गते हुने भनिएकाे निर्वाचनमा नेपाली सेना परिचालन गर्न मन्त्रीपरिषदमा सिफारिस गर्ने निर्णय गरेको छ। प्रधानमन्त्री तथा सुरक्षा परिषद्का अध्यक्ष सुशीला कार्कीको अध्यक्षतामा बसेको बैठकले हालको राजनीतिक अस्थिरता, पछिल्ला विरोध–प्रदर्शन, राष्ट्रिय सुरक्षा चुनौतिहरू र आगामी निर्वाचनका सम्भावित जोखिमबारे विस्तृत समीक्षा गरेको हाे ।

बैठकमा अर्थमन्त्री, गृहमन्त्री, रक्षा सचिव तथा सुरक्षा निकायका प्रमुखहरूको उपस्थिति रहेको थियो। बैठकले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा देखिएका सुरक्षा चुनौतिसहित भदौ २३ र २४ गतेका जेन–जि आन्दोलनका घटनाले सुरक्षा व्यवस्थामा पारेको प्रभावबारे विशेष छलफल गरेको बैठकपछि राष्ट्रिय सुरक्षा परिषद्ले जारी गरेकाे प्रेस विज्ञप्तिमा जनाएको छ।

बैठकले प्रस्तुत सुरक्षा मूल्यांकनका आधारमा फागुन २१ गतेका लागि घोषणा गरिएको निर्वाचन शान्तिपूर्ण, निष्पक्ष र भयरहित बनाउन सेना परिचालन गर्ने निर्णय गरिएको बताइएको छ। साथै, सुरक्षा परिषद्को आठौँ वार्षिक प्रतिवेदन संशोधनसहित राष्ट्रपतिसमक्ष पेश गर्ने निर्णय गरेकाे छ ।

Comments (0)

No comments yet

Be the first to comment!

Write a Comment
Comment must be at least 10 characters
NewaTimes

More from NewaTimes

Explore more articles by this author
माथिल्लो त्रिशूली–३ ‘ए’को सुरुङमा उद्धार प्रयास तीव्र, ब्लास्टिङको तयारी

माथिल्लो त्रिशूली–३ ‘ए’को सुरुङमा उद्धार प्रयास तीव्र, ब्लास्टिङको तयारी

माथिल्लो त्रिशूली–३ ‘ए’को सुरुङमा उद्धार प्रयास तीव्र, ब्लास्टिङको तयारी...

चीनबाट ५० टन आपत्कालीन राहत सामग्री नेपाल आइपुग्यो, सुरुङ उद्धार विज्ञ पनि परिचालन

चीनबाट ५० टन आपत्कालीन राहत सामग्री नेपाल आइपुग्यो, सुरुङ उद्धार विज्ञ पनि परिचालन

चीनबाट ५० टन आपत्कालीन राहत सामग्री नेपाल आइपुग्यो, सुरुङ उद्धार विज्ञ पनि परिचालन...

रसुवा बाढीमा मृत्यु हुनेको संख्या ६२६ पुग्यो, २ हजार ४२६ जना अझै सम्पर्कविहीन

रसुवा बाढीमा मृत्यु हुनेको संख्या ६२६ पुग्यो, २ हजार ४२६ जना अझै सम्पर्कविहीन

रसुवा बाढीमा मृत्यु हुनेको संख्या ६२६ पुग्यो, २ हजार ४२६ जना अझै सम्पर्कविहीन...

भोटेकोशी बाढीबारे एडीपीसीको पहिलो विस्तृत स्थलगत मूल्याङ्कन प्रतिवेदन सार्वजनिक

भोटेकोशी बाढीबारे एडीपीसीको पहिलो विस्तृत स्थलगत मूल्याङ्कन प्रतिवेदन सार्वजनिक

भोटेकोशी बाढीबारे एडीपीसीको पहिलो विस्तृत स्थलगत मूल्याङ्कन प्रतिवेदन सार्वजनिक...

रसुवासहित पाँच जिल्लाका १५ स्थानीय तह विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा

रसुवासहित पाँच जिल्लाका १५ स्थानीय तह विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा

रसुवासहित पाँच जिल्लाका १५ स्थानीय तह विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा...

रसुवा बाढी : १५ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन, ४ हजार ४५१ जनाको उद्धार

रसुवा बाढी : १५ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन, ४ हजार ४५१ जनाको उद्धार

रसुवा बाढी : १५ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन, ४ हजार ४५१ जनाको उद्धार...

समाचार पोर्टल v1.0
Developer: Sabin Shrestha, Kirtipur
+977-9810300925
Developerसँग सम्पर्क गर्नुहोस्