५ बैशाख २०८३, शनिबार

एक्काइशौं शताब्दीमा पनि घन्किदैछ धिमे बाजा


अ+
अ-

काठमाडौंको जस्तोसुकै भीडभाड वा सामान्य ठाउँमा पनि धिमे बाजा बज्नु सामान्य कुरा हो । यो प्रायशः धार्मिक तथा साँस्कृतिक उत्सव विशेषमा बजाइने एक खालको लोक बाजा हो । भलै एक दुई वटा मात्र धिमे बजाएको किन नहोस् हूलका हूल मानिसले बजाएको जस्तो प्रतिध्वनित् हुन्छन् । विदेशी बाजागाजाको प्रभावले अन्य बाजाहरु लोपोन्मुख हुँदै गएपनि यसले भने लोकप्रियता हासिल गर्नुका साथै व्यापकता पनि पाउँदै गएको देखिन्छ ।

काठमाडौंको जनजीवनमा धिमे मूलतः धार्मिक र साँस्कृतिक महत्व राख्ने परापूर्वकालदेखिको अत्यन्त लोकप्रिया बाजा हो तर यसको लोकप्रियताको मोहले हुनसक्छ आजभोलि यसको प्रयोग साँस्कृतिकबाहेक अन्य अवसरमा पनि प्रयोग हुन थालेको पाइन्छ जुन ऐतिहासिक एवं धार्मिक दृष्टिले गलत हो ।

संभवतः जंगली युगमा जनावर धपाउन, तर्साउन प्रयोग गरिएको बाजाहरुबाटै एक थरीले धिमे बाजाको रुप लिएको हो । यो रुखको मुढाको भित्री भाग खोपेर दुवैतिर व्हाङ पारी दुवैमा जनावरको छालाले मोड्नुकासाथै कसिलो पारी एकापटी हात र अर्कापटी सानो चिम्टाजस्तोले बजाइन्छ । धिमे बाजा पछि बा≈य आक्रमण हुने बेलामा आफूसँग थुप्रै सेनाहरु भएको देखाउन पनि यसको प्रयोग गरियो होला । बहुउपयोगी यो बाजालाई देवस्थानमा लिएर जाने मात्र नभई अन्य बाजाको अभावमा यसको बोल नाच्नको लागि पनि प्रयोगमा ल्यायो । मूलतः यो बाजा ज्यापू समुदायबाट बजाउँदै आएको हुँदा ज्यापू जाति उपत्यकाको आदिवासी नै हुन् भन्ने जीवित प्रमाण पनि भएको छ ।

धिमेको आकारप्रकार च्याब्रुड, ढोललगायत विश्वका थुप्रै आदिवासीहरुको वाजासँग मिल्छ । धिमेकै आकारप्रकार र बनोटमा अफ्रिकाका आदिवासीहरुका वाजासँग मिल्नु संयोगमात्र होइन, यसको अभ्युदय एकै प्रकृतिको समय र स्थानमा भएकोले हो भन्न सकिन्छ । तर यिनीहरुको बनावटमा केही फरकपना र बोलमा भिन्नता देखिनु समयको विकास क्रमसँगै यसमा भएका परिवर्तन हो । विकासक्रमकै सन्दर्भमा कुरा गर्ने हो भने धिमेको साथमा घुमाइने धुन्या धिमेको प्रारंभिक कालमा नहोला । युद्ध वा विजय उत्सवमा ध्वजाको प्रयोग वैदिक संस्कृति हो र नेपालमा वैदिक संस्कृति भित्र्याउने र त्यसलाई स्थानिय संस्कृतिमा मिलाउने कार्य ईशापूर्वकै समयहरुमा लिच्छवि, वृज्जी, कोलिय आदि र त्यसपछि पनि अन्य समुदायहरुबाट भएको हो । धिमेमा ध्वजाको प्रयोग गरिंदा धुन्याको रुपमा विकसित हुन पुगेको हुनु धेरै संभव छ ।

ठाउँ हेरी धिमेका सहायक बाजाको रुपमा अन्य बाजाहरु बजाउने गरिएको पाइन्छ । धिमेसँग प्रमुख रुपमा भुस्याः बजाइन्छ भने भक्तपुरमा भुस्याःमात्र नभई सिछ्याः पनि सँगै बजाइन्छ । यसरी नै कहीँ कँय्पि वा ताईंनाईं पनि बजाइन्छ भने भक्तपुरमा गु तालहरुसंग र काठमाडौंमा विभिन्न टोलहरुमा मा (मू) धिमेसंग प्वंगा र थिमिको विस्केट जात्रामा धिमेसँग मुहालि बजाइन्छ । धिमे दुई प्रकारको छ । पहिलो वा प्रमुख धिमेलाई मा (मू) धिमे भनिन्छ जुन ठूलो आकारको हुन्छ । यसरी नै अर्को सानो आकारको धिमेलाई यलेप्वः भनिन्छ ।

धिमे जो पायो उसैले वा अन्य बाजाहरूजस्तो जसलाई पायो उसैलाई सिकाउन नहुने कठोर नियम रहेको छ । यो बाजा सिक्न चाहने ज्यापू जातिका पुरुषहरु तब मात्र प्रशिक्षणका लागि योग्य मानिन्छन् जब उसले वःलाः तयेगु (वःलाः राख्ने) विधि पूरा गरिसकेको हुनु पर्दछ । तर यो नियम मा धिमेको सन्दर्भमा मात्र लागू भएको देखिन्छ । यसरी नै वःलाः राख्ने विधि सम्पन्न गरिसकेको पुरुषमात्र हुनु पर्ने भन्ने मान्यता वा नियम काठमाडौंमा मात्र रहेको देखिन्छ । मा धिमे बजाउन प्रशिक्षणको क्रममा धुँन्या घुमाई नाच्ने ‘धुँन्या नाच’ पनि सिकाइन्छ तर धुन्या घुमाउने चलन काठमाडौंबाहेक अन्यन्त्र देखिँदैन र काठमाडौंमा पनि ऐतिहासिक ३२ मध्ये १७ टोलमा मात्र मा धिमेसंग धुँन्या घुमाउने गरेको पाइन्छ ।

धिमे परम्परागत रुपमा पुरुषहरुलाई मात्र सिकाइँदै आएपनि हाल महिला वर्ग पनि यसमा सरिक हुन थालेका छन् । धिमेको पूजा तान्त्रिक विधि पु¥याएर गर्नु पर्दछ । धिमेमा सूचीनीचिमाथि पूरा ध्यान दिनु पर्ने हुँदा महिलाहरु अपर्झत रजश्वला हुनसक्ने भएकोले यिनीहरुलाई सकभर यो बाजादेखि टाढा नै राख्न खोजिएको हो कि भन्ने पनि बुझिन्छ । एक दशक अगाडिसम्म पनि महिलालाई धिमे बजाउन दिएको देखिँदैनथ्यो त आजभोलि महिला पनि हाकु पतासिमा सजिएर पूर्ण साँस्कृतिक वातावरणमा महिलाहरु सार्वजनिक रुपमा धिमे बजाउँदै आएको देख्न पाइन्छ र आकर्षक पनि देखिन्छ ।

मानव सभ्यताको जंगली युगमा धिमे बाजाको उत्पत्ती भएको तथा समय र सभ्यतासँग समायोजन गर्दै आजसम्म यसलाई जातिय परम्परा र सँस्कृतिको रुपमा जीवितै राख्ने उपत्यकाका आदिवासी ज्यापू समुदायप्रति विश्व मानव समुदाय ऋणी हुनुपर्छ । झट्ट हेर्दा धिमे ज्यापू समुदायको मात्र देखिएपनिसभ्यताको दृष्टिले यो विश्व मानव समुदायको अमूल्य निधि हो । यसो भएर पनि होला आजभोलि यो ज्यापू समुदाय माझ मात्र सीमित छैन ।

Comments (0)

No comments yet

Be the first to comment!

Write a Comment
Comment must be at least 10 characters
बसन्त महर्जन

अन्य लेखहरू: बसन्त महर्जन

यस लेखकका अन्य रोचक लेखहरू
आमा बाबुको मुख हेर्ने पर्व

आमा बाबुको मुख हेर्ने पर्व

आमाबाबुलाई आदरसत्कार नगर्नु भनेर कसले भन्छ र ? तर सबै धार्मिक समुदायमा ‘आमाको मुख हेर्ने’ र ‘बाबुको मुख हेर्ने’ पर्व त छ...

महाराज क्राचल्ल र बौद्ध धर्ममा उनको योगदान

राजा क्राचल्लले आफूलाई ‘परमसौगात’ अर्थात् बुद्धका ठुलो उपासक भनेर चिनाउन मन पराउने राजा हुन् । यसबाट उनी बौद्ध धर्मका उप...

बडामहाराजा नागराज र बौद्ध धर्ममा उनको योगदान

कीर्तिखम्बमा उल्लेखित विवरण राजा नागराज र उनका उत्तराधिकारीहरुका सम्बन्धमा हो । तिब्बती श्रोतहरुले पनि यही विवरण प्रस्तु...

मूर्ति रंगाउनेहरुभन्दा बरु चोर नै राम्राे

मूर्ति रंगाउनेहरुभन्दा बरु चोर नै राम्राे

मूर्ति चोरी हुनु धेरै दुःखदायी हो । झिल्के बनाएर यसको सत्यानाश नै गरिदिनु थप दुःखदायी हो । मूर्तिचोरीमा संलग्न हुनेहरु न...

नेवार समाजमा पाहाँचःह्रे चाड

नेवार समाजमा पाहाँचःह्रे चाड

विभिन्न जातीय समुदायको सांस्कृतिक जीवनको अध्ययन गर्दा एउटा समानता के देखिन्छ भने, वर्षभरिमा जेजति चाड पर्व मनाएपनि त्यसम...

नरेश श्रेष्ठ र फोटोग्राफी

नरेश श्रेष्ठ र फोटोग्राफी

अनेकौं पहिचानहरुको भीडमा एउटा पहिचान हो, फोटोग्राफर नरेश श्रेष्ठ । र, उनको फोटोग्राफी । बहीखाता राखेजस्तै उनी कतिपय ऐतिह...

समाचार पोर्टल v1.0
Developer: Sabin Shrestha, Kirtipur
+977-9810300925
Developerसँग सम्पर्क गर्नुहोस्