लुभ्र म्युजियम चोरी: प्रहरीले “इनसाइड जब”को आशंका


अ+
अ-

काठमाडौं, कार्तिक ९ । फ्रान्सको प्रसिद्ध लुभ्र म्युजियममा गत हप्ता भएको रत्न चोरी प्रकरणमा नयाँ तथ्य बाहिर आएका छन्। फ्रान्सेली प्रहरीले यो चोरी “इनसाइड जब” हुनसक्ने भन्दै संग्रहालयभित्रैका केही कर्मचारीलाई निगरानीमा राखेको जनाएको छ।

१९ अक्टोबरकाे बिहान करिब ९:३० बजे चार जना मास्क, हेल्मेट लगाएका व्यक्तिहरूले अपोलो ग्यालरीमा प्रवेश गरी केही मिनेटमै किमती रत्नयुक्त गहना चोरी गरेको पुष्टि भएको छ। उनीहरूले मोबाइल लिफ्ट ट्रक (चेरी पिकर) प्रयोग गरी दोस्रो तलासम्म पुगेका थिए ।

चाेरहरूले दुईवटा भिट्रिन फुटाएर फ्रान्सका रानीहरूका ऐतिहासिक गहना चाेरेर स्कूटरबाट भागेका थिए। घटनास्थलमा फेला परेका पञ्जा, हेल्मेट र डिस्क–कटरको डीएनए परीक्षण भइरहेको प्रहरीले जनाएको छ।

न्यूयोर्क पोस्टले प्रहरी स्रोत उद्धृत गर्दै लेखेको छ— चोरीमा सुरक्षा गार्डहरूमध्ये एक जना संलग्न हुनसक्ने प्रारम्भिक आशंका गरिएको छ। त्यही गार्ड घटनाको बेला ड्युटीमा थिए।

राेयटर्सका अनुसार, चोरीपछि बाँकी रहेका बहुमूल्य गहनाहरू फ्रान्सको केन्द्रीय बैंककाे सुरक्षित तहखानामा सारिएको छ। यसबीच अन्तर्राष्ट्रिय अपराध अनुसन्धान संगठन इन्टरपाेलले चोरी भएका वस्तुहरूलाई आफ्नो ‘ सटाेलन वर्कस् अफ आर्ट’ डाटाबेसमा दर्ता गरेको छ।

चोरीमा प्रयोग गरिएका साधनहरूमार्फत यो पूर्वनियोजित अपराध भएको अनुमान गरिएको छ। द गार्डियनले लेखेको छ— “समूहमाथि लामो समयदेखि योजना बनाइएको र ‘संग्रहालयको सुरक्षाबारे आन्तरिक जानकारी प्रयोग गरिएको’ देखिन्छ।”

फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रों ले उक्त घटनालाई “हाम्रो राष्ट्रिय इतिहासमाथिको आक्रमण” भनेका छन्। उनले सांस्कृतिक सम्पदा र राष्ट्रिय गौरवको रक्षा गर्न नयाँ सुरक्षा नीति ल्याउने घोषणा गरेका छन्।

लुभ्रका निर्देशकले सुरक्षा कमजोरी स्वीकार गर्दै पदत्याग गर्न तयार रहेको संकेत दिएका छन्। यसैबीच, यो मुद्दा अहिले पेरिस निर्वाचनमा पनि राजनीतिक विषय बनेको छ। ले मोंदका अनुसार, विपक्षी नेताहरूले वर्तमान प्रशासनमाथि “सांस्कृतिक सम्पदा जोगाउन असफल” भएको आरोप लगाएका छन्।

चोरीमा परेका गहनाहरूमा करिब आठवटा रत्नयुक्त ऐतिहासिक आभूषण रहेका छन् — तीमध्ये केही फ्रान्सका पुराना राजपरिवारका सदस्यहरूका थिए। एकवटा गहना भने भाग्दै गर्दा सडकमा खसालिएको अवस्थामा प्रहरीले फेला पारेको छ।

यो चोरीले फ्रान्स मात्र होइन, विश्वभरका संग्रहालयहरूका सुरक्षा व्यवस्थामाथि प्रश्न उठाएको छ। विशेषज्ञहरूका अनुसार, “सांस्कृतिक सम्पदा मात्र होइन, ती राष्ट्रको पहिचान र गौरवसँग पनि जोडिएका हुन्छन्।”

नेपालका सन्दर्भमा पनि यस्तो घटना स्मरणीय छ । सांस्कृतिक सम्पदा चोरी वा तस्करी भएर थुप्रै मूर्ति तथा सामग्री अन्तर्राष्ट्रिय म्युजियममा पुगेका उदाहरण छन् । यस्ता चाेरी राेक्न, सुरक्षामा लगानी र प्रविधिको प्रयोग अत्यावश्यक रहेको छ।

(एजेन्सीहरूकाे सहयाेगमा )

 

Comments (0)

No comments yet

Be the first to comment!

Write a Comment
Comment must be at least 10 characters
NewaTimes

More from NewaTimes

Explore more articles by this author
अष्टलक्ष्मी शाक्यलाई हृदयघात, अहिले अवस्था सामान्य

अष्टलक्ष्मी शाक्यलाई हृदयघात, अहिले अवस्था सामान्य

अष्टलक्ष्मी शाक्यलाई हृदयघात, अहिले अवस्था सामान्य...

२७ लाख पुराना चालक अनुमति पत्र छपाइ सम्पन्न

२७ लाख पुराना चालक अनुमति पत्र छपाइ सम्पन्न

२७ लाख पुराना चालक अनुमति पत्र छपाइ सम्पन्न...

एक सातासम्म देशभर मनसुनी वर्षा सक्रिय रहने, भारी वर्षाको जोखिम बढ्ने

एक सातासम्म देशभर मनसुनी वर्षा सक्रिय रहने, भारी वर्षाको जोखिम बढ्ने

एक सातासम्म देशभर मनसुनी वर्षा सक्रिय रहने, भारी वर्षाको जोखिम बढ्ने...

सबै भूमिहीन र आवासविहीन परिवारलाई  एकीकृत प्रक्रियाबाट आवास अधिकार सुनिश्चित गर्नुपर्नेमा जोड

सबै भूमिहीन र आवासविहीन परिवारलाई एकीकृत प्रक्रियाबाट आवास अधिकार सुनिश्चित गर्नुपर्नेमा जोड

सबै भूमिहीन र आवासविहीन परिवारलाई एकीकृत प्रक्रियाबाट आवास अधिकार सुनिश्चित गर्नुपर्नेमा जोड...

अमेरिका पुर्‍याइएका तलेजु भवानीका ऐतिहासिक गहना फिर्ता गराउन कार्यवाहक राजदूतमार्फत सहयोगको अपिल

अमेरिका पुर्‍याइएका तलेजु भवानीका ऐतिहासिक गहना फिर्ता गराउन कार्यवाहक राजदूतमार्फत सहयोगको अपिल

अमेरिका पुर्‍याइएका तलेजु भवानीका ऐतिहासिक गहना फिर्ता गराउन कार्यवाहक राजदूतमार्फत सहयोगको अपिल...

अविरल वर्षाले सप्तरीमा लगाइएको धानखेतीमा क्षति

अविरल वर्षाले सप्तरीमा लगाइएको धानखेतीमा क्षति

अविरल वर्षाले सप्तरीमा लगाइएको धानखेतीमा क्षति...

समाचार पोर्टल v1.0
Developer: Sabin Shrestha, Kirtipur
+977-9810300925
Developerसँग सम्पर्क गर्नुहोस्