अण्डाकार तस्बीर
एडगर एलेन पो
जंगलमाथि छानो जस्तो कालो आकृति हामीले देख्यौं । हामी त्यति टाढा थिएनौं तर त्यो जंगली क्षेत्रमा यात्रा गरिरहेका थियौं । रात पर्नु अघिसम्म हामी त्यहाँ पुग्न सकेका थिएनौं ।
त्यो असाध्यै दुःख लाग्दो तर अचम्मै सुन्दर खालको घर थियो– सयौं वर्ष पुरानो । मेरो नोकर ‘पेड्रो’ले घरको पछाडिको सानो ढोका खोल्यो र मलाई होशियारीपूर्वक बोकेर भित्र लग्यो । मलाई यति धेरै पीडा भइरहेको थियो कि पूरै एक रात घर बाहिर बसेमा मेरो मृत्यु हुन्छ कि भन्ने आशंकाले आतंकित भएँ ।
‘केही समय अघिसम्म मान्छेहरू यहाँ बस्थे ।’पेड्रो बोल्यो–‘हतार हतारमा तिनीहरूले यो घर छाडे । ’’
उसले मलाई धेरै ने दामी दामी प्रकारका कोठाहरू घुमाउँदै एउटा सानो कोठामा पु¥यायो । घर निकै ठुलो थियो । पलङमा पल्टिन पनि उसले मलाई सघायो । निकै राम्रा राम्रा आधुनिक तस्बीरहरूले त्यो कोठा सजिएको थियो । धिमलो प्रकाशमा ती सबै तस्बीरहरू सर्सर्ती हेरें । मेरो चारैतिर तस्बीरै तस्बीर थिए ।
बाहिर निकै अँध्यारो भए पछि पनि पीडाको कारण म निदाउन सकिंन । मरि नै हालिन्छ कि भने जस्तै गरी म कमजोर थिएँ र डर पनि त्यत्तिकै लागिरहेको थियो । तसर्थ मैले पलङको अगाडि बत्ती बाल्न पेड्रोलाई भनें ।
भित्तामा भएका तस्बीरहरूलाई पुनः नियालेर हेरिरहें र पुस्तक पढिरहें । समय बितेको पत्तै भएन ।र मध्यरात आयो र गयो पनि । मेरो आँखा निकै नै थाक्यो, पुस्तकको एक शव्द पनि पढ्न समर्थ भईन । पीडादायक र अप्ठ्यारो भएपछि मैले बत्तीलाई अझ नजिक ल्याएँ । अब बत्तीको प्रकाश कोठाको अर्कै भागमा मात्र प¥यो । मैलै धेरै तस्बीरहरू देखें । ती तस्बीहरूमध्येबाट एउटी आइमाईको तस्बीर पनि देखें । त्यो तस्बीरमा नजर परेपछि मैले आफ्ना आँखा त्यसै त्यसै चिम्लिदिएँ ।
आँखा चिम्लँदै मैले त्यसो किन भएको होला भन्ने विषयमा निकै विचार गरें । अनायास आँखा किन चिम्लें ? मैले पछि बुझें– यसो गर्नुका पछाडि सोच्नको लागि मलाई समय चाहिएको थियो । मैले जे देखें त्यो साँच्चि हो–होइन भन्न नै सकिरहेको थिईन । सपना त देखिंन ? अहँ होइन, म निन्द्रामा त छंदै थिइनँ ।
मानसिक रुपमा शान्त नभएसम्म म फेरि पर्खेर बसें र पछि आँखा खोलेर पुनः दोस्रोपल्ट तस्बीरमाथि आँखा लगाएँ । अहँ त्यहाँ मेरो कुनै भूल थिएन । जुन तस्बीरहरूलाई मैले देखिरहेको थिएँ, तिनीहरूले पनि पहिलो पल्ट मलाई हेरिरहेका थिए ,
मैले भनेको त्यो आइमाईको तस्बीर कुनै कलाकारले बनाएको मुहार चित्र थियो । टाउको र पाखुराबाट आइमाईको आकृति आउने त्यो तस्बीर अण्डाकारको थियो । त्यो भन्दा राम्रो र सुन्दर तस्बीर त्यसअघि मैले कहिल्यै देखेको थिइनँ । र, त्यति राम्री आइमाईलाई पनि देखेको थिइनँ । तर मलाई कहाली नै लाग्ने गरी प्रभाव पर्नुको कारण उनको सुन्दरता होइन । यसो हुनुको कारण कलाकारको सुन्दरता पनि थिएन ।
करीब एक घण्टा जति त्यो तस्बीर हेर्दै म आँखा नै नझिम्काइकन पलङमा अढेस लागेर बसें । त्यो तस्बीरको रहस्य बारेमा मैले पछि बुझें र त्यसको अनुभव पनि गरें ।
उनको आँखा, मृदु मुस्कान आदि कुराले गर्दा ऊ साँच्चिकै जस्तो लाग्यो । त्यो एउटा तस्बीर मात्र थियो र जीवित थिएन भनेर पत्याउन मलाई मुस्किल परिरहेको थियो ।
आफ्नै आँखाले देखेर पनि पत्याउनै नसकेको मेरो जीवनमा त्यो पहिलो घटना थियो र तर अहिले मेरो मनभित्र एउटा अकैं प्रकारको भावनाको विकास भइराख्यो । उसको आँखामा निकै गहिरिएर हेरें, मृदु मुस्कानमा पनि उत्तिकै गहिरिएर हेरें । म धेरै डराएँ किनभने त्यो अनौठो, डरलाग्दो र पत्याउनै नसकिने थियो । त्यो डर र त्रासको मिश्रणले भरिपूर्ण थियो ।
म बत्ती भएतिर फर्कें । तस्बीर पुनः एकपल्ट अँध्यारोमा हरायो । तत्कालै मैले एउटा यस्तो पुस्तक भेट्टाएँ जसमा त्यही अण्डाकार तस्बीरको बारेमा लेखिएको थियो ।त्यस पुस्तकमा लेखिएको र पढेका वाक्यहरू यस्ता थिए–
त्यो आइमाई गुलाफको फूल जस्तै असाध्यै राम्री थिई र सधैं हसिली देखिन्थी । साँच्चै त्यो आइमाई त्यो नराम्रो दिनसम्म हँसिली थिई जब उसले आफ्नो तस्बीर लेख्ने चित्रकारलाई देखी र मन पराई । पछि तिनीहरूको विवाह भयो तर दुःखको कुरा के थियो भने श्रीमतीको रुपमा त्यो चित्रकारसित पहिल्यै त्यो चित्रकारिता थियो । संसारमा भएका कुनै पनि कुराभन्दा बढी महत्व उसको लागि आफ्नो चित्रकारिता नै थियो ।
पहिला उसको जीवनमा सबे कुरा ठीकठाक नै थियो र आनन्दपूर्ण पनि । ऊ संसारमा भए जति सबै कुरा मन पराउँथी । तर अहिले ऊ एउटा मात्रै कुरा मन पराउन थाली, त्यो आफ्नो श्रीमानको चित्रकारिता थियो । श्रीमानले कोरेका तस्बीरहरू मात्र उसको लागि शत्रु जत्तिकै थिए । श्रीमानले तयार पारेका तस्बीरहरूलाई घृणा गर्न थाली । उसको श्रीमानले आफ्नी भर्खरकी श्रीमतीको तस्बीर तयार पर्ने कुरा गर्दा उनलाई त्यो निकै कष्टपूण भयो ।
हप्ता दिनसम्म आफ्नो श्रीमानले काम गरुञ्जेल ऊ अँध्यारो कोठामा बसिरही । चित्रकार(श्रीमान) सधैं मौन भएर काम गरिरहन्थ्यो र सधैं जंगल र रहस्यमय कल्पनामा भुलिरहन्थ्यो । मुस्कुराउँदै र अलिकति पनि नहल्लिई ऊ घण्टौं घण्टा र हप्तौं हप्तासम्म श्रीमान काम गरुञ्जेल बसिरहन्थी । दिनदिनै श्रीमती कमजोर हुँदै गइरहेको कुरा ऊ हेर्दैनथ्यो । आफ्नी श्रीमती अलिकति पनि खुशी नभएको र स्वास्थ्य पनि विग्रंदै गइरहेको कुरामा ऊ पटक्कै ध्यान दिंदैनथ्यो । आफ्नै अगाडि धेरै कुराहरू परिवर्तन भइरहेका थिए तर उसले चालै पाएन ।
तर उ मुस्कुराउँदै रही । मुकुराउन उसले कहिल्यै छाडिन किनभने चित्रकारितामा प्रख्यात श्रीमान आफ्नो काममा अति नै आनन्दित भइरहेको उनलाई थाहा थियो । दिन रात ऊ आफ्नी प्यारी श्रीमतीको तस्बीर कोरिरहन्थ्यो । जतिजति ऊ तस्बीर बनाउँदै जान्थ्यो उतिउति नै उसकी श्रीमती दुःखी र कमजोर हुँदै जान थाली ।
धेरै मान्छेहरूले उसले बनाउँदै गरेको अधुरो तस्बीर हेरे । उसको कामलाई लिएर धेरैले प्रशंसा नै गरे । तिनीहरू तस्बीर हेरेर चित्रकारले आफ्नी श्रीमतीलाई कति माया गर्दो रहेछ भनि अनुमान लगाउँथे । तर आगन्तुक र आफ्नो लोग्नेको अगाडि ऊ चूपचाप बसेर हेरिमात्र रहन्थी ।
तस्बीर कोर्ने काम सकिन लागेपछि उसले आगन्तुक दर्शकहरूलाई तस्बीर हेर्न भित्र छिर्न पनि दिएन । एउटा जोडदार आगोको मुस्लो ऊभित्र दन्किरहेको थियो । आफ्नो काममा ऊ यतिविघ्न तल्लीन थियो कि प्रायः असभ्य पागलकै अवस्थामा थियो । उसले आफ्नो तस्बीरबाट आँखा झिक्दै झिकेन, तसर्थ आफ्नै अगाडि बसिरहेकी आफ्नी श्रीमतीलाई पनि देख्न सकेन । श्रीमतीको अनुहार हिउँजस्तै सेतो भइसेकेको थियो । नसको अनुहार आफ्नो चित्रमा उतारिहरहेको थियो, त्यो तस्बीरसँग मिल्न छाडिसक्दा पनि त्यतातिर उसको ध्यान गएन ।
धेरै हप्ताहरू बितेर गईसकेपछि शरद् ऋतुको मध्य समयतिरको एक दिन आयो, जुन दिन उसले आफ्नो तस्बीरको सम्पूर्ण काम सक्यो । उसको अन्तिम कामको रुपमा तस्बीरको ओठमा बुरुसले छोयो र पातलो धर्को आँखामा तान्यो । त्यसपछि ऊ आफ्नो ठाउँबाट उठेर केही पर गई उभिएर आफूले बनएको चित्रलाई एकक्षण नियालेर हे¥यो ।
त्यसरी नियालेर हेर्दा उसले आफूभित्र एक किसिमको झड्काको महसुस ग¥यो । यतिसम्म कि आफ्नो अनुहार पनि रंगहीन भयो । तस्वीर हेर्दै ऊ चिच्यायो–‘यी आइमाई तस्बीरमा बनाइएकी होइन । ऊ जिउँदै छे ।’ त्यसपछि आफ्नी श्रीमतीलाई हेर्न ऊ त्यता फर्क्यो ।
तर उ त मरिसकेकी थिई ।
अनु. बसन्त महर्जन
Comments (0)
No comments yet
Be the first to comment!
Write a Comment