८ बैशाख २०८३, मंगलबार

मन्त्रिपरिषद्का निर्णय: धितोपत्र बोर्ड अध्यक्ष छनोट प्रक्रिया अघि बढ्यो, तीन विधेयक संसदमा जाने


अ+
अ-

काठमाडौं, वैशाख ८ । प्रधानमन्त्री बालेन्द्र शाहको सचिवालयका अनुसार आज बसेको मन्त्रिपरिषद् बैठकले नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति प्रक्रिया अघि बढाउनेदेखि लिएर विभिन्न कानुनी संशोधनका विधेयक संसदमा पेस गर्ने महत्त्वपूर्ण निर्णय गरेको छ।

बैठकले नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिका लागि सिफारिस गर्न राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गुणाकर भट्टको संयोजकत्वमा तीन सदस्यीय सिफारिस समिति गठन गरेको छ। समितिमा अर्थ मन्त्रालयका सचिव डा. घनश्याम उपाध्याय र भुवन कुमार दाहाल सदस्य रहनेछन्।
यस्तै, सरकारले तीन महत्वपूर्ण ऐनहरू संशोधन गर्न बनेका विधेयक संघीय संसदमा पेस गर्न स्वीकृति दिएको छ। संशोधनका लागि अगाडि बढाइएका ऐनहरूमा नेपाल विशेष सेवा ऐन, २०४२, प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ र मतदाता नामावली ऐन, २०७३ रहेका छन्।
त्यसैगरी, समस्याग्रस्त सहकारी व्यवस्थापन समितिमा नयाँ पदाधिकारी नियुक्त गरिएको छ। समितिको अध्यक्षमा डिल्लीराज आचार्य नियुक्त भएका छन् भने सदस्यहरूमा नवराज सिम्खडा र रोशन बहादुर शाक्य मनोनयन गरिएको छ।
सरकारले धितोपत्र बजारको नियमन सुदृढ गर्ने, निर्वाचन प्रणालीलाई थप प्रभावकारी बनाउने तथा सहकारी क्षेत्रको सुधारमा ध्यान केन्द्रित गर्ने संकेतस्वरूप यी निर्णयहरू लिएको बताइएको छ।

Comments (0)

No comments yet

Be the first to comment!

Write a Comment
Comment must be at least 10 characters
नेवाः टाइम्स

मेगु पोस्त: नेवाः टाइम्स

छिं लेखकाः मेगु लेख
आज देशमा "लु"देखि हिमपातसम्मकाे प्रक्षेपण

आज देशमा "लु"देखि हिमपातसम्मकाे प्रक्षेपण

आज देशका विभिन्न भू-भागमा मौसम आंशिकदेखि बदली रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। आज "लु" लाग्नेदेखि हिमपातसम्मका...

नयाँ स्मार्ट सवारीचालक अनुमति पत्रमा ३९ सुरक्षा विशेषताहरू, आई–क्यूआर प्रविधि प्रयोग

नयाँ स्मार्ट सवारीचालक अनुमति पत्रमा ३९ सुरक्षा विशेषताहरू, आई–क्यूआर प्रविधि प्रयोग

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले नयाँ स्मार्ट सवारीचालक अनुमति पत्रमा ३९ वटा भिन्न–भिन्न सुरक्षा विशेषताहरू समावेश ग...

जापानको उत्तरी क्षेत्रमा ७.५ म्याग्निच्युडको शक्तिशाली भूकम्प, टोकियोसम्म धक्का महसुस; सुनामी चेतावनी जारी

जापानको उत्तरी क्षेत्रमा ७.५ म्याग्निच्युडको शक्तिशाली भूकम्प, टोकियोसम्म धक्का महसुस; सुनामी चेतावनी जारी

जापानको उत्तरी क्षेत्रमा सोमबार ७.५ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ। स्थानीय समयअनुसार बिहान गएको उक्त भूकम्पले ...

तराई क्षेत्रमा तातो दिन र गर्मीको लहरको चेतावनी, तापक्रम ४० डिग्री माथि पुग्ने सम्भावना

तराई क्षेत्रमा तातो दिन र गर्मीको लहरको चेतावनी, तापक्रम ४० डिग्री माथि पुग्ने सम्भावना

विभागले जोखिमका आधारमा केही जिल्लालाई ‘सतर्क रहनु’ र केहीलाई ‘अद्यावधिक रहनु’ समूहमा राखेको छ। कञ्चनपुर, कैलाली, डडेल्धु...

आर्थिक कूटनीति र डिजिटल सेवा प्रवाहमा जोड दिन नियोगहरूलाई निर्देशन

आर्थिक कूटनीति र डिजिटल सेवा प्रवाहमा जोड दिन नियोगहरूलाई निर्देशन

परराष्ट्र मन्त्रालय ले युरोप र अमेरिकास्थित नेपाली कूटनीतिक नियोगहरूलाई आर्थिक कूटनीति सुदृढ पार्न र सेवा प्रवाहलाई डिजि...

पश्चिम एसियाका अधिकांश देशमा श्रम स्वीकृति पुनः खुला, इराकमा यथावत रोक

पश्चिम एसियाका अधिकांश देशमा श्रम स्वीकृति पुनः खुला, इराकमा यथावत रोक

परराष्ट्र मन्त्री शिशिर खनालका अनुसार परराष्ट्र मन्त्रालयको सिफारिसमा साउदी अरेबिया, यूएई, कतार, कुवेत, बहराइन, ओमान, यम...

समाचार पोर्टल v1.0
Developer: Sabin Shrestha, Kirtipur
+977-9810300925
Developerसँग सम्पर्क गर्नुहोस्