६ बैशाख २०८३, आइतबार

साहित्यकार महिला पलायन हुनु प्रतिभा नहुनु होइन


अ+
अ-
करिब तीन दशकअगाडि महिला साहित्यकार बढाउनुपर्ने सदासयताका साथ वि.सं. २०३७ सालमा महिला साहित्यकार संघ गठ गर्न पुग्नुभएकी साहित्यकार बेटी बज्राचार्यले अहिले साहित्यक्षेत्रलाई चटक्कै छाड्नुभएको छ । २०४७ सालमा श्रीमानको मृत्यु भएपछि यस क्षेत्रलाई छोडेर घरगृहस्थी सम्हाल्न पुग्नुभएकी बज्राचार्यको यस क्षेत्रमा र्सार्वजनिक रूपमा चलखेल कम देखिनुका साथै साहित्य सिर्जनाका कार्यमा पनि निकै कमी आएको छ ।

बेटी मात्र होइन, कुनै समय राम्रो कथाकारको रूपमा स्थापित भइसक्नुभएकी अनिता तुलाधरलगायत उहाँजस्ता थुपै्र साहित्यकार यस क्षेत्रबाट अलप भएका छन् । आखिर किन – कुनै पनि क्षेत्रमा अगाडि बढ्न तथा काम गर्न घरगृहस्थीले बाधा पुग्ने गरेको अनुभव साहित्यकार सुलोचना मानन्धरको छ । उहाँकै कथनमा भन्नुपर्दा महिला साहित्यकारहरू हराउँदै जानु भनेको उनीहरूमा प्रतिभा नहुनु होइन । गृहिणीको रूपमा गृहस्थ वातावरणमा मात्र अल्झन पुगेका कतिपय महिला साहित्यकारहरू लेख्ने उपयुक्त वातावरण नपाउँदा निकै छटपटाएका छन् । प्रतिभा नभएको भए साहित्य क्षेत्रमा कुनै पनि महिलाले पदार्पण नै गर्न नसक्ने निश्चित छ ।

चिकित्सक तथा कवि हृदयका पतिबाट पाएको सहयोगकै कारण आफू यस क्षेत्रमा निरन्तर अगाडि बढ्न सफल भएको बताउनुहुने मानन्धर पतिको सहयोगका बाबजुद पनि जर्मनीमा भएको ‘अन्तर्राष्ट्रिय काव्य चलचित्र महोत्सव-२००४’ मा सहभागी हुन नपाउनुभएकोमा खिन्न हुनुहुन्छ । २००४ जुलाई १-४ मा सम्पन्न उक्त महोत्सवमा आठ सय सहभागीमध्येबाट ३८ वटा कृति उत्कृष्ट ठहरिएका थिए । उत्कृष्ट कृतिमध्ये उहाँको कवितासंग्रह ‘अनुभूतिका थोपाहरू’ पनि छनोटमा परेको थियो । आफू महिला भएको नाताले घरगृहस्थीलाई चटक्कै छोडेर दौडिन नमिलेको उहाँको कथन छ । उहाँले आफ्नो कविता उत्कृष्ट ठहरिनु नै ठूलो कुरा हो भनेर चित्त बुझाउनुभएको छ । उहाँ भन्नुहुन्छ- मेरो ठाउँमा कुनै पुरुषको कविता मनोनयनमा परेको भए ऊ सजिलै दौडन सक्थ्यो तर मैले घरबाट निस्कन धेरै कुरा सोच्नुपर्छ ।

साहित्य क्षेत्रमा महिला साहित्यकर्मीको नाम केलाउँदा उनीहरूको उपस्थिति उल्लेखनीय भए पनि ती हस्तीहरूको नाम सो क्षेत्रबाट छोटो अवधिमै हराउने क्रम पनि तीव्र रहेको पाइन्छ । कल्पनाशील तथा प्रतिभावान व्यक्तिहरूको क्षेत्रको रूपमा लिइएको साहित्य क्षेत्रमा लागेका महिलाहरूले घरगृहस्थी र सिर्जनाशील काम एकैपटक गर्ने क्रममा उनीहरूको नाम साहित्य क्षेत्रबाट निस्त्रिmय हुँदै गएका थुपै्र उदाहरण पाउन सकिन्छ ।

साहित्यकार डा. गार्गी शर्माको अनुभवले पनि घरगृहस्थी चलाएर साहित्य सिर्जनामा सक्रिय रहन मुस्किल छ । लेख्ने मुड आइरहेको हुन्छ त्यति नै बेला घरको काम पनि सक्नुपर्ने चटारो पर्छ । यस्तो अवस्थामा महिलाहरूले कलम लिएर बस्नुभन्दा आफ्नो कामलाई नै प्राथमिकता दिने गरेका छन् । उहाँ भन्नुहुन्छ- लेख्ने मुड आएको बेलामै बच्चाबच्ची रोइदियो भने फकाउन छोडेर उसले कसरी काम गर्नसक्छ – एक्लै बसेर लेख्नु पो रमाइलो ।

तर अर्का साहित्यकार तथा उपन्यासकार गीता केशरी भने इच्छा भएको खण्डमा जसरी पनि समय निकाल्न सकिने विचार व्यक्त गर्नुहुन्छ । उहाँको कथनमा जुनसुकै समयमा तथा काम गर्दागर्दै पनि कल्पना गर्न सकिन्छ, समय शान्तमयम चाहिन्छ ।

मानन्धरको कथनमा भने कुनै पनि सिर्जनाका लागि कल्पना गर्नेबित्तिकै लेख्दा र पछि सम्भिmएर लेख्दा फरक पर्छ । उहाँ समय भएर मात्र पुग्दैन, कल्पनाशीलताका लागि उपयुक्त वातावरण नै हुनुपर्ने बताउनुहुन्छ । उहाँको प्रश्न छ- घरमा कामको चापाचाप छ भने त्यतिबेला कुनै कुरा फुरेर पनि कसरी लेख्ने ? उहाँको सहज जिज्ञासा छ- के पारिजात विवाहित महिला भएको भए त्यति धेरै सिर्जनात्मक कार्य हुनसक्थ्यो त ?

बौद्धिक क्षेत्रको रूपमा लिइने यस साहित्यिक फाँटमा पुरुषको तुलनामा नारीको योगदान नगन्य नै देखिन्छ । नारी स्रष्टाबाटै नारी मन तथा विविध अवस्थाको चित्रण साहित्यमा अत्यधिक हुनसकेमा सुनमा सुगन्ध हुने निश्चित छ । नारी मनको चित्रण नारीबाटै हुनु यस अर्थमा पनि राम्रो हुन्छ कि नारीहरू अनुभव गरेर लेख्छन्, पुरुषहरू महसुस गरेर ।

तत्कालीन संकुचित सामाजिक वातावरणका बाबजुद कविता विधाको प्राथमिककालमा प्राणमञ्जरीदेवी, ललितत्रिपुरासुन्दरी, हीरागाइनेनीजस्ता महिलाहरू यस क्षेत्रमा अगाडि बढेका हुन् भने अहिलेको खुला स्वतन्त्र वातावरण भनिएको समयमा पनि महिलाहरू किन अगाडि देखिन सकेका छैनन् त ?

सुलोचनाको ठम्याइमा महिला साहित्यकारहरू पछि पर्नुको कारण आर्थिक समस्या पनि हो । महिला साहित्यकारहरूले कम पुस्तक निकाल्न नसक्ने उहाँ बताउनुहुन्छ । उहाँसँग तत्कालै निकाल्न सकिने करिब ११ वटा पुस्तकका पाण्डुलिपि छन् तर प्रकाशकको अभावमा थन्किएर बसेका छन् । प्रकाशनबिना पाठकसमक्ष कृतिहरू नपुग्ने कारणले पनि महिला साहित्यकारहरूको कमी देखिएको उहाँ महसुस गर्नुहुन्छ ।

डा. गार्गी शर्मा पनि आफ्ना कृतिहरू प्रकाशन गर्न नसकिएको अवस्थामा लेख्न मात्र दिक्क लाग्ने बताउनुहुन्छ । उहाँ साझा प्रकाशनजस्ता संस्थानबाट समेत योग्य साहित्यकारहरूले सहयोग पाउन नसकेको हालको अवस्थामा परिवर्तन आउनुपर्ने विचार व्यक्त गर्नुहुन्छ ।

साहित्यकार गीता केशरी भने महिला साहित्यकारको संख्या बढाउनु भनेको शिक्षित र बौद्धिक महिला उत्पादन गर्नु नै भएकोले महिला साहित्यकारलाई यस क्षेत्रमा निरन्तरता दिलाउन परम्परागत सामाजिक मान्यतामा क्रान्तिकारी परिवर्तन ल्याइनुपर्ने महसुस गर्नु हुन्छ । अधिकांश संयुक्त परिवारका बुहारीले लेखपढ गरेको देख्नेबित्तिकै सासूले काम नगरी बसिछे भनेर सोच्ने हालको अवस्थामा मात्र केही परिवर्नन ल्याउने हो भने पनि धेरै सकारात्मक परिवर्तन हुने उहाँ बताउनुहुन्छ ।

Comments (0)

No comments yet

Be the first to comment!

Write a Comment
Comment must be at least 10 characters
अमिका राजथला

अन्य लेखहरू: अमिका राजथला

यस लेखकका अन्य रोचक लेखहरू
कलाको भाषामा अन्तर्दृष्टि

कलाको भाषामा अन्तर्दृष्टि

उनका कला हेर्ने दर्शकले आयाताकार अनुहारलाई कलम, कुची वा अन्य केही अनुमान लगाउन सक्छन् तर उनी भन्छिन् "याे मेराे चित्रकला...

सर्वोच्च अदालतमा सपना प्रधान मल्ल कामु प्रधानन्यायाधीश नियुक्त

सर्वोच्च अदालतमा सपना प्रधान मल्ल कामु प्रधानन्यायाधीश नियुक्त

सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्ल आजदेखि कायम मुकायम (कामु) प्रधानन्यायाधीश भएकी छिन्। प्रधानन्यायाधी...

मध्य पश्चिम युद्धको चपेटामा नेपाली बजार

मध्य पश्चिम युद्धको चपेटामा नेपाली बजार

विश्वको ऊर्जा राजधानी मानिने खाडी क्षेत्रमा भड्किएको यो सङ्कटले नेपाली बजारमा तेल र ग्यासको मूल्य मात्रै बढाएको छैन, सर्...

वायु प्रदूषण कसरी नियन्त्रण गर्ने?

वायु प्रदूषण कसरी नियन्त्रण गर्ने?

वातावरणीय संकट र विशेषगरी वायु प्रदूषणको समस्या आज नेपालका सहरहरूमा गम्भीर सार्वजनिक स्वास्थ्य चुनौतीका रूपमा देखा परेको...

एप्स्टिन काण्डः शक्तिशाली पुरुषहरूलाई सतह देखाउने पत्रकार जुली के. ब्राउन

एप्स्टिन काण्डः शक्तिशाली पुरुषहरूलाई सतह देखाउने पत्रकार जुली के. ब्राउन

जेफ्री एप्स्टिन काण्ड ! लाखौं पेजमा फैलिएको कुकृत्यको उक्त एप्स्टिन फाइलमा हालका अमेरिकी राष्ट्रपतिदेखि पूर्व राष्ट्रपति...

नेवार संस्कारमा "बाह्रा:पिकायेेगु" सूर्यदेवसँग विवाह हाे कि पूजा मात्र ?

नेवार संस्कारमा "बाह्रा:पिकायेेगु" सूर्यदेवसँग विवाह हाे कि पूजा मात्र ?

नेवार समुदायकाे संस्कृति पृथक छ, राेमाञ्चक पनि । यही कारण हुनसक्छ संस्कार-संस्कृतिकाे पहिचानमा हाेस् या व्यवहारमा- यसले ...

समाचार पोर्टल v1.0
Developer: Sabin Shrestha, Kirtipur
+977-9810300925
Developerसँग सम्पर्क गर्नुहोस्