काठमाडौं, भदाै १ । काठमाडौ उपत्यकाकाे एक प्राचीन वस्ती कीर्तिपुरमा प्रख्यात बाघभैरव मन्दिरस्थित बाघभैरवकाे आज जात्रा हुँदैछ । प्रत्येक भाद्र महिनाकाे १ गते बाघभैरवकाे जात्रा मनाउने सांस्कृतिक परम्परा कीर्तिपुरमा रहेकाे छ।
प्राचीन समयमा नै कीर्तिपुरमा मानव बसाेवास भइसकेकाे र पछि बाघभैरवबाट उक्त बस्ती संरक्षित भएकाे बाघभैरव र यश भैरव विराजमान हुने यस मन्दिरकाे स्थापनाबाट बुझिन्छ । मन्दिर परिसरमा लिच्छविकालभन्दा पनि पुराना कलाकीर्ति विद्यमान छ ।
कीर्तिपुरवासीकाे दैनिक जीवनसँग घनिष्ट सम्बन्ध रहेकाे याे बाघभैरव मन्दिरमा दिनहुँ पूजा आजा चल्ने गर्दछ । यसरी नै “चापुजा” भनेर राति विशेष पूजा गर्ने चलन पनि रहेकाे छ । यस्ताे पुजा परिवार विशेषलाई इच्छानुसार आफू अनुकूल बर्षमा कुनै एक दिन गर्दछन् । तान्त्रिक साधनासहित गरिने याे चापुजा बज्रयानी बाैद्ध पुजारीबाट सम्पन्न हुन्छ ।
सामान्य दिनमा मुख्य प्रवेशद्वार मात्र खाेलिन्छ भने बाघभैरव जात्राकाे दिन दुई वटा द्वार खाेलिनुका साथै बेलुका खटमा बाघ भैरवकाे मूर्ति राखेर नगर परिक्रमा गराइन्छ । मन्दिरमा रहेकाे बाघभैरवकाे ठूलाे मूर्तिबाहेक साना दुई मूर्ति पनि रहेमा छन् जसमध्ये एउटाकाे नगर परिक्रमा गराइन्छ ।
अन्य लेखहरू: नेवाः टाइम्स
मानव बेचबिखनविरुद्ध अभियानमा सबैको ऐक्यबद्धता आवश्यक : मन्त्री बादी
मानव बेचबिखनविरुद्ध अभियानमा सबैको ऐक्यबद्धता आवश्यक : मन्त्री बादी...
भोटेकोशी बाढीमा ज्यान गुमाउने सुरक्षाकर्मीका परिवारलाई राहत र सुविधा
भोटेकोशी बाढीमा ज्यान गुमाउने सुरक्षाकर्मीका परिवारलाई राहत र सुविधा...
नेपाललाई दुईवटा बेली ब्रिजसहित तिब्बतबाट आपत्कालीन सहायता
नेपाललाई दुईवटा बेली ब्रिजसहित तिब्बतबाट आपत्कालीन सहायता...
त्रिशूली–३ ‘ए’ को सुरुङबाट दुई जनाको जीवितै उद्धार, एक शव निकालियो
त्रिशूली–३ ‘ए’ को सुरुङबाट दुई जनाको जीवितै उद्धार, एक शव निकालियो...
चीनले नेपाललाई आपत्कालीन जलविज्ञानसम्बन्धी सूचना निरन्तर उपलब्ध गराउने
चीनले नेपाललाई आपत्कालीन जलविज्ञानसम्बन्धी सूचना निरन्तर उपलब्ध गराउने...
रसुवा बाढी : मृतकको संख्या १,२८७, अझै ५,०८३ जना सम्पर्कविहीन
रसुवा बाढी : मृतकको संख्या १,२८७, अझै ५,०८३ जना सम्पर्कविहीन...
Comments (0)
No comments yet
Be the first to comment!
Write a Comment