४ मंसिर २०८३, शुक्रबार

काठमाडौंका सबै क्षेत्र २४ घण्टा खुला गर्ने तयारी, तत्कालका लागि पुरानै व्यवस्था कायम


अ
अ+
अ-

काठमाडौं, मंसिर ३। काठमाडौं जिल्लालाई २४ घण्टा खुला गर्ने तयारी भइरहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ। जिल्लाका सबै क्षेत्रलाई चौबिसै घण्टा खुला गर्न आवश्यक सुरक्षा तथा अन्य पूर्वाधारको व्यवस्थापन भइरहेको कार्यालयले जनाएको हो।
जिल्ला प्रशासन कार्यालय काठमाडौंले मंसिर ९ गते जारी गरेको सूचनाअनुसार हाल दरबारमार्ग र ठमेल क्षेत्रलाई २४ घण्टा खुला गर्ने निर्णय भइसकेको छ। काठमाडौं संघीय राजधानीसमेत भएकाले जिल्लाका अन्य क्षेत्रलाई पनि २४ घण्टा खुला गर्ने उद्देश्यसहित रणनीतिक तयारी भइरहेको कार्यालयले जनाएको छ।
कार्यालयका अनुसार २४ घण्टा व्यवसाय सञ्चालनका लागि सडक यातायात, स्वास्थ्य सेवा, विद्युत्, इन्टरनेट, सीसीटीभी, सडक बत्ती तथा अन्य न्यूनतम पूर्वाधारको पर्याप्त व्यवस्था आवश्यक हुन्छ। साथै यातायात, व्यवसाय, व्यापार, स्वास्थ्य क्षेत्र, आपूर्ति व्यवस्था र सुरक्षाको भरपर्दो प्रबन्ध मिलाउनुपर्ने भएकाले चरणबद्ध रूपमा तयारी अघि बढाइएको हो।
जिल्लाका अन्य सबै स्थानमा व्यापार, व्यवसाय तथा बजार क्षेत्रलाई चौबिसै घण्टा खुला गर्ने सम्बन्धमा स्थानीय तह, विभिन्न विभाग, कार्यालय, यातायात व्यवसायी र निजी क्षेत्रका प्रतिनिधिसँग समन्वयात्मक बैठक छिट्टै आयोजना गरिने सूचनामा उल्लेख छ।
सबै पक्षसँगको समन्वय र आवश्यक तयारी पूरा भएपछि मात्रै काठमाडौं जिल्लाको सम्पूर्ण क्षेत्र २४ घण्टा खुला गर्ने निर्णय गरिने प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलले जारी गरेको सूचनामा उल्लेख छ।
त्यसैले हाललाई दरबारमार्ग र ठमेलबाहेकका अन्य स्थानका व्यवसायीलाई अर्को सूचना जारी नभएसम्म यसअघि तोकिएको समयअनुसार नै व्यापार तथा व्यवसाय सञ्चालन गर्न कार्यालयले सूचित गरेको छ।

Comments (0)

No comments yet

Be the first to comment!

Write a Comment
Comment must be at least 10 characters
नेवाः टाइम्स

मेगु पोस्त: नेवाः टाइम्स

छिं लेखकाः मेगु लेख
विश्वका तीन शक्तिराष्ट्रको पहिलो त्रिपक्षीय शिखर सम्मेलन, चारबुँदे ‘शान्ति घोषणापत्र’ जारी

विश्वका तीन शक्तिराष्ट्रको पहिलो त्रिपक्षीय शिखर सम्मेलन, चारबुँदे ‘शान्ति घोषणापत्र’ जारी

विश्वका तीन शक्तिराष्ट्रको पहिलो त्रिपक्षीय शिखर सम्मेलन, चारबुँदे ‘शान्ति घोषणापत्र’ जारी...

लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान मंसिर ९ देखि मनाइने

लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान मंसिर ९ देखि मनाइने

लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान मंसिर ९ देखि मनाइने...

नेपाल–भारत सम्बन्ध: प्रविधिमा सहकार्य बढाउनुपर्नेमा जोड

नेपाल–भारत सम्बन्ध: प्रविधिमा सहकार्य बढाउनुपर्नेमा जोड

नेपाल–भारत सम्बन्ध: प्रविधिमा सहकार्य बढाउनुपर्नेमा जोड...

भोटेकोशी–त्रिशुली बाढी प्रभावितको पुनर्स्थापनामा जोखिम आंकलन र सुरक्षित आवासलाई प्राथमिकता

भोटेकोशी–त्रिशुली बाढी प्रभावितको पुनर्स्थापनामा जोखिम आंकलन र सुरक्षित आवासलाई प्राथमिकता

भोटेकोशी–त्रिशुली बाढी प्रभावितको पुनर्स्थापनामा जोखिम आंकलन र सुरक्षित आवासलाई प्राथमिकता...

बौद्ध अध्ययन र अभ्यासबाट असल क्रिश्चियन बन्न सफल

बौद्ध अध्ययन र अभ्यासबाट असल क्रिश्चियन बन्न सफल

काठमाडौं, कार्तिक २८ । गौतम बुद्धका उपदेशहरु धार्मिक तथा दार्शनिक......

महिलाको ५० प्रतिशत सहभागिता दया होइन, न्याय र लोकतन्त्रको आधार

महिलाको ५० प्रतिशत सहभागिता दया होइन, न्याय र लोकतन्त्रको आधार

महिलाको ५० प्रतिशत सहभागिता दया होइन, न्याय र लोकतन्त्रको आधार...