१ मंसिर २०८३, मंगलबार

नेपाल–भारत सम्बन्ध: प्रविधिमा सहकार्य बढाउनुपर्नेमा जोड


अ
अ+
अ-

काठमाडौं, कार्तिक ३० । नेपाल–भारत सम्बन्धलाई परम्परागत राज्यकेन्द्रित र सुरक्षामुखी दृष्टिकोणबाट मात्र नभई जनस्तरको सहभागिता, प्रविधि र बदलिँदो क्षेत्रीय परिस्थितिका आधारमा अघि बढाउनुपर्नेमा विज्ञहरूले जोड दिएका छन्।
नेपाल इन्स्टिच्युट फर इन्टरनेसनल कोअपरेसन एन्ड इन्गेजमेन्ट (नाइस नेपाल) र सेन्टर फर पिस स्टडिज (सीपीएस) को संयुक्त आयोजनामा सोमबार भएकाे सेमिनारमा ‘नेपाल–भारत सम्बन्धका बदलिँदा आयाम’ विषयक छलफलमा सहभागी विज्ञहरूले द्विपक्षीय सम्बन्धका अवसर र चुनौतीबारे धारणा राखेका हुन्।
कार्यक्रममा सीपीएसका अध्यक्ष डा. अशोक के. बेहुरियाले नेपाल–भारत सम्बन्धमा जनतालाई प्रमुख सरोकारवालाका रूपमा स्वीकार गर्नुपर्ने बताए। भारतको विदेश नीतिको ऐतिहासिक विकासक्रम र औपनिवेशिक विरासतले द्विपक्षीय सम्बन्धमा पारेको प्रभावबारे चर्चा गर्दै उनले छिमेकी मुलुकप्रति भारतको दृष्टिकोण क्रमशः बढी समावेशी बन्दै गएको उल्लेख गरे।
उनले गुजराल सिद्धान्तले अघि सारेको प्रतिफलको अपेक्षाविनाको सहयोगको अवधारणा स्मरण गर्दै प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा क्षेत्रीय स्थायित्व र विकासका लागि छिमेकी मुलुकसँग पारस्परिक हितमा आधारित सम्बन्धको महत्त्व बढ्दै गएको बताए।
सीपीएसका आजीवन सदस्य तथा दिल्ली विश्वविद्यालयका डा. निहार नायकले नेपालको प्रधानमन्त्रीको अपेक्षित भारत भ्रमणले दुई देशबीचको सम्बन्ध थप सुदृढ बनाउने अवसर प्रदान गर्न सक्ने बताए। उनले विकास, पूर्वाधार, डिजिटल सम्पर्क सञ्जाल तथा विपद् व्यवस्थापनमा सहकार्यका सम्भावना औँल्याउँदै सीमा विवाद, गोर्खा भर्ती, पञ्चेश्वर परियोजना, हवाई सम्पर्क र गैरभन्सार अवरोधजस्ता पुराना चुनौती समाधान गर्नुपर्नेमा जोड दिए।
उनका अनुसार, प्रधानमन्त्रीको भारत भ्रमण नेपालले आफ्ना विकास प्राथमिकता स्पष्ट रूपमा प्रस्तुत गर्ने र आपसी विश्वास तथा सहकार्य बढाउने महत्त्वपूर्ण अवसर बन्न सक्छ।
प्रविधि उद्यमी सिक्सित भट्टले अन्तर्राष्ट्रिय सम्बन्ध, सार्वभौमिकता र राष्ट्रिय सुरक्षामा प्रविधिको भूमिका बढ्दै गएको बताए। सेमिकन्डक्टर आपूर्ति शृङ्खला र कृत्रिम बौद्धिकताजस्ता महत्त्वपूर्ण प्रविधिगत पूर्वाधारमा सीमित पहुँच र नियन्त्रणका कारण नेपाल र भारत दुवै जोखिममा रहेको उनको भनाइ थियो।
उनले कृत्रिम बौद्धिकता, साइबर सुरक्षा र डिजिटल पूर्वाधारमा सहकार्य बढाउनुपर्नेमा जोड दिँदै नेपाल–भारत सम्बन्ध प्रविधि प्राप्त गर्ने वा प्रयोग गर्ने तहमा मात्र सीमित नराखी संयुक्त रूपमा प्रविधि विकास गर्ने दिशामा अघि बढाउनुपर्ने बताए।
नाइस नेपालका कार्यक्रम संयोजक तथा अनुसन्धान सहायक विवेक ध्वज थापाले दुवै देशको जनसङ्ख्यामा युवाको हिस्सा ठूलो रहेकाले द्विपक्षीय सम्बन्धको भविष्य निर्माणमा उनीहरूको सहभागिता आवश्यक रहेको बताए। नेपालका वर्तमान युवाले अघिल्लो पुस्ताले अनुभव गरेको शीतयुद्धकालीन मनोवैज्ञानिक त्रास र दृष्टिकोण नबोकेको उल्लेख गर्दै उनले युवाहरू भूराजनीतिक प्रतिस्पर्धा र शक्ति संघर्षमा अल्झिनुभन्दा आफ्ना देशको विकास भएको हेर्न चाहने धारणा राखे।
कार्यक्रमको अन्त्यमा नाइस नेपाल र सीपीएसबीच आपसी आदानप्रदान तथा सहकार्य प्रवर्द्धन गर्ने उद्देश्यले समझदारीपत्रमा हस्ताक्षर गरिएको आयोजकले जनाएको छ।

Comments (0)

No comments yet

Be the first to comment!

Write a Comment
Comment must be at least 10 characters
नेवाः टाइम्स

मेगु पोस्त: नेवाः टाइम्स

छिं लेखकाः मेगु लेख
भोटेकोशी–त्रिशुली बाढी प्रभावितको पुनर्स्थापनामा जोखिम आंकलन र सुरक्षित आवासलाई प्राथमिकता

भोटेकोशी–त्रिशुली बाढी प्रभावितको पुनर्स्थापनामा जोखिम आंकलन र सुरक्षित आवासलाई प्राथमिकता

भोटेकोशी–त्रिशुली बाढी प्रभावितको पुनर्स्थापनामा जोखिम आंकलन र सुरक्षित आवासलाई प्राथमिकता...

बौद्ध अध्ययन र अभ्यासबाट असल क्रिश्चियन बन्न सफल

बौद्ध अध्ययन र अभ्यासबाट असल क्रिश्चियन बन्न सफल

काठमाडौं, कार्तिक २८ । गौतम बुद्धका उपदेशहरु धार्मिक तथा दार्शनिक......

महिलाको ५० प्रतिशत सहभागिता दया होइन, न्याय र लोकतन्त्रको आधार

महिलाको ५० प्रतिशत सहभागिता दया होइन, न्याय र लोकतन्त्रको आधार

महिलाको ५० प्रतिशत सहभागिता दया होइन, न्याय र लोकतन्त्रको आधार...

मनसुन २०८३ बाट पाठ सिकेर नयाँ विपद् व्यवस्थापन योजना बनाउनुपर्नेमा जोड

मनसुन २०८३ बाट पाठ सिकेर नयाँ विपद् व्यवस्थापन योजना बनाउनुपर्नेमा जोड

मनसुन २०८३ बाट पाठ सिकेर नयाँ विपद् व्यवस्थापन योजना बनाउनुपर्नेमा जोड...

फ्रिज र फ्रिजरमाथि साइबर हमला : युरोपका नौ देशमा खाद्य सुरक्षा संकट, रक्तभण्डारण केन्द्रसमेत निशानामा

फ्रिज र फ्रिजरमाथि साइबर हमला : युरोपका नौ देशमा खाद्य सुरक्षा संकट, रक्तभण्डारण केन्द्रसमेत निशानामा

फ्रिज र फ्रिजरमाथि साइबर हमला : युरोपका नौ देशमा खाद्य सुरक्षा संकट, रक्तभण्डारण केन्द्रसमेत निशानामा...

अमेरिकी मध्यावधि निर्वाचन: संसद्का दुवै सदनमा डेमोक्र्याटको नियन्त्रण,  राष्ट्रपति ट्रम्पलाई ठूलो धक्का

अमेरिकी मध्यावधि निर्वाचन: संसद्का दुवै सदनमा डेमोक्र्याटको नियन्त्रण, राष्ट्रपति ट्रम्पलाई ठूलो धक्का

अमेरिकी मध्यावधि निर्वाचन: संसद्का दुवै सदनमा डेमोक्र्याटको नियन्त्रण, राष्ट्रपति ट्रम्पलाई ठूलो धक्का...