धादिङ, असोज २३। पृथ्वी राजमार्गअन्तर्गत धादिङको गजुरी गाउँपालिका–५ गलौंदी क्षेत्रमा त्रिशूली नदीले कटान गर्दा सडक भासिएपछि उक्त सडकखण्डमा सवारी आवागमन पूर्ण रूपमा बन्द गरिएको छ।
जिल्ला प्रशासन कार्यालय धादिङले शुक्रबार साँझ ६:१५ बजे सूचना जारी गर्दै अर्को सूचना जारी नभएसम्मका लागि गलौंदी क्षेत्रमा सबै प्रकारका सवारीसाधनको आवागमन रोकिएको जनाएको छ।
त्रिशूली नदीको कटानका कारण सडकको भित्री भाग भासिएर क्षति पुगेपछि यातायात सञ्चालनमा समस्या भएको हो। सडकमा ठूलो चिरा परेको र केही भाग भासिएको तस्बिरसहित प्रशासनले सूचना जारी गरेको छ।
सडक बन्द भएपछि पृथ्वी राजमार्ग भएर यात्रा गर्ने सवारीचालक तथा यात्रुलाई वैकल्पिक व्यवस्था र थप सूचनाका लागि सम्बन्धित निकायसँग सम्पर्क गर्न आग्रह गरिएको छ।
मेगु पोस्त: नेवाः टाइम्स
विपद्सम्बन्धी केही नेपाल ऐन संशोधन गर्न अध्यादेश जारी
विपद्सम्बन्धी केही नेपाल ऐन संशोधन गर्न अध्यादेश जारी...
अपाङ्गतामैत्री मतदान प्रणाली माग्दै सर्वोच्चमा परेकाे रिट माथि कारण देखाऊ आदेश जारी
अपाङ्गता भएका मतदाताका लागि पहुँचयुक्त प्रणाली माग्दै सर्वोच्चमा परेकाे रिट माथि कारण देखाऊ आदेश जारी...
चाडपर्वमा स्वीकृत भाडाभन्दा सस्तोमा हवाई टिकट बेच्न वायुसेवा कम्पनी सहमत
चाडपर्वमा स्वीकृत भाडाभन्दा सस्तोमा हवाई टिकट बेच्न वायुसेवा कम्पनी सहमत...
बाढीपछिको पुनर्स्थापना र मानव बेचबिखन नियन्त्रणमा नेपाल–अमेरिका सहकार्य बढाउने प्रतिबद्धता
बाढीपछिको पुनर्स्थापना र मानव बेचबिखन नियन्त्रणमा नेपाल–अमेरिका सहकार्य बढाउने प्रतिबद्धता...
अध्यादेश ल्याउन राष्ट्रपतिसमक्ष सिफारिस, तीन उच्च अधिकारी बढुवा
अध्यादेश ल्याउन राष्ट्रपतिसमक्ष सिफारिस, तीन उच्च अधिकारी बढुवा...
हरित हाइड्रोजनलाई रासायनिक मल उत्पादनसँग जोड्न मन्त्री चौधरीको जोड
हरित हाइड्रोजनलाई रासायनिक मल उत्पादनसँग जोड्न मन्त्री चौधरीको जोड...
Comments (0)
No comments yet
Be the first to comment!
Write a Comment