२१ असोज २०८३, बुधबार

बाढीका कारण नेपालको आर्थिक वृद्धिदर ३.७ प्रतिशतमा झर्ने विश्व बैंकको प्रक्षेपण


अ
अ+
अ-

काठमाडौं, असोज २० । भदौ १० गते आएको विनाशकारी बाढीका कारण उद्योग तथा सेवा क्षेत्रमा परेको अवरोधले नेपालको आर्थिक वृद्धिदर चालु आर्थिक वर्ष २०८३/८४ मा ३.७ प्रतिशतमा झर्ने विश्व बैंकले प्रक्षेपण गरेको छ।
विश्व बैंकले मंगलबार सार्वजनिक गरेको पछिल्लो विकाससम्बन्धी अद्यावधिक प्रतिवेदनमा बाढी तथा त्यसबाट सिर्जित अवरोधले आर्थिक गतिविधिमा असर पार्ने उल्लेख गर्दै आर्थिक वृद्धिदरमा कमी आउने प्रक्षेपण गरेको हो।
प्रतिवेदनअनुसार बाढीबाट उद्योग तथा सेवा क्षेत्रमा परेको असरका साथै आर्थिक गतिविधिमा आएको सुस्तताले चालु आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर प्रभावित हुनेछ। यसअघि अपेक्षा गरिएको तुलनामा आर्थिक वृद्धिदर कम हुने विश्व बैंकको प्रक्षेपण छ।
तर, पुनर्निर्माण तथा पुनर्स्थापनाका गतिविधि तीव्र हुँदै गएसँगै आगामी आर्थिक वर्षमा आर्थिक गतिविधि विस्तार हुने विश्व बैंकको अपेक्षा छ। आर्थिक वर्ष २०८४/८५ मा नेपालको आर्थिक वृद्धिदर ५.२ प्रतिशत पुग्ने प्रक्षेपण गरिएको छ।
बाढीबाट प्रभावित भौतिक पूर्वाधार, उद्योग तथा सेवा क्षेत्रको पुनर्निर्माण र पुनर्स्थापनाका कामले आगामी वर्ष आर्थिक गतिविधि बढाउन सहयोग गर्ने प्रतिवेदनको निष्कर्ष छ।

Comments (0)

No comments yet

Be the first to comment!

Write a Comment
Comment must be at least 10 characters
नेवाः टाइम्स

मेगु पोस्त: नेवाः टाइम्स

छिं लेखकाः मेगु लेख
‘मानवताका लागि कला’ प्रदर्शनी सुरु

‘मानवताका लागि कला’ प्रदर्शनी सुरु

‘मानवताका लागि कला’ प्रदर्शनी सुरु...

भोटेकोशी-त्रिशूली बाढीपछिको खोज तथा उद्धार चरणलाई स्थगन गर्ने सरकारकाे निर्णय

भोटेकोशी-त्रिशूली बाढीपछिको खोज तथा उद्धार चरणलाई स्थगन गर्ने सरकारकाे निर्णय

भोटेकोशी-त्रिशूली बाढीपछिको खोज तथा उद्धार चरणलाई स्थगन गर्ने सरकारकाे निर्णय...

विपद् व्यवस्थापनमा सरकार निरन्तर खटिरहेको छ : प्रधानमन्त्री शाह

विपद् व्यवस्थापनमा सरकार निरन्तर खटिरहेको छ : प्रधानमन्त्री शाह

विपद् व्यवस्थापनमा सरकार निरन्तर खटिरहेको छ : प्रधानमन्त्री शाह...

नयाँ भवन विधेयक दर्ता

नयाँ भवन विधेयक दर्ता

नयाँ भवन विधेयक दर्ता...

नाम्सी पुलमा ढुंगा खस्दा मुग्लिन–नारायणगढ सडक एकतर्फी अवरुद्ध

नाम्सी पुलमा ढुंगा खस्दा मुग्लिन–नारायणगढ सडक एकतर्फी अवरुद्ध

नाम्सी पुलमा ढुंगा खस्दा मुग्लिन–नारायणगढ सडक एकतर्फी अवरुद्ध...

भोटेकोशी बाढी : खोज तथा उद्धारबाट अब खोज तथा पुनर्स्थापनाको चरणमा जाने निर्णय

भोटेकोशी बाढी : खोज तथा उद्धारबाट अब खोज तथा पुनर्स्थापनाको चरणमा जाने निर्णय

भोटेकोशी बाढी : खोज तथा उद्धारबाट अब खोज तथा पुनर्स्थापनाको चरणमा जाने निर्णय...

समाचार पोर्टल v1.0
Developer: Sabin Shrestha, Kirtipur
+977-9843580653
Developerसँग सम्पर्क गर्नुहोस्