६ बैशाख २०८३, आइतबार

आज समेबजि पुन्हि मनाईंदै


अ+
अ-

काठमाडौं, भदाै २२ । नेवार समाजमा आज समेबजि पुन्हि (पूर्णिमा) मनाईंदै छ । विशेष गरि साँझ समेबजि बाँडेर, खाएर मनाउने यस चाडकाे विशेष महत्व रहेको हुन्छ । प्रत्येक महत्त्वपूर्ण पूजाका समेबजिसहित तान्त्रिक पद्धतिबाट पूजा गर्ने साँस्कृतिक परम्परा रहेका नेवार समुदायले आजकाे दिनलाई भने समेबजि पुन्हि (पूर्णिमा) कै रूपमा मनाउने गरेका छन् ।

हिजाे मनाइएकाे इन्द्रजात्राका अवसरमा समेबजिलाई प्रमुख प्राथमिकता नै दिइएको हुन्छ । जुन जुन क्षेत्रमा कुमारी रथयात्रा सम्पन्न हुन्छ, सो क्षेत्रका नेवारहरु हर्षोल्लास गर्दै समेबजि बाँडेर खाने गर्दछन् । यस दिन घर घरमा साँझ दलूमा बत्ती बाली समेसहित पूजा गर्न सकिएपछि बाहिर आएर समे बाँड्ने गरिन्थ्यो तर अचेल यो चलन हराउन थालेको छ । केटाकेटीहरु ‘ला छकू वयेक समे बजि’ बोलको गीत गाएर समेबजि माग्न आउने परम्परा पनि छ ।

समयक्रमसँगै अचेल यसरी गीत गाएर समेबजि माग्न आउने चलन काठमाडौंको मुख्य शहरी भागहरुमा हराउन थालेको छ । तर मान्छेहरुलाई यो गीतको सम्झना भने अझै पनि देख्न पाइन्छ । काठमाडौंको मुख्य भागबाहेक अन्यत्रका नेवार टोलबस्तीमा आफ्‌नो प्रचलनअनुसारको दिनमा प्रत्येक घरबाट पिखालखुमा बसेर समजेबजि दिने चलन अझै पनि कायम नै छ । र, यस बेला केटाकेटीहरु ‘ला छकू वयेक समेबजि बोलको गीत गाएर समेबजि माग्न हिड्छन् ।

यस पर्वका अवसारमा विशेष गरी समेबजि खाने पनि गरिन्छ । यही भएर यसलाई स्याः बजि नखः पनि भनिन्छ । समेबजिमा स्या:बजि ( एक खाले फुराइएकाे चिउरा), चिउरा, भटमास, बाेडी, बारा, साग, माछा -मासु, अदुवा, मिठाई, काँक्राे तथा फलफुल राखेर बाँड्ने गरिन्छ । यस अवसरमा टोल टोलमा समे सजाएर राखिन्छ र सो समेबजि सार्वजनिक रुपमा बाँडेर खाने गरिन्छ ।

घर घरमा पनि समे राखेर भोज खाइन्छ । इन्द्रचोकको आजु द्यः (भैरव देवता) अगाडि समे सजाउनुका साथै आजुद्यः को थ्वँ (जाँड) को तेप (घ्याम्पो)मा पंचकार पूजा गरि जाँड (थ्वँ) राखिन्छ । लाय्‌कु (बसन्तपुर)को श्वेत भैरव (हाथु द्यः) लाई पनि पंचमकार पूजा गरि हाथु हायेकेगु (रक्सी) गरिन्छ ।

 

Comments (0)

No comments yet

Be the first to comment!

Write a Comment
Comment must be at least 10 characters
नेवाः टाइम्स

मेगु पोस्त: नेवाः टाइम्स

छिं लेखकाः मेगु लेख
देशभर आजदेखि बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने अभियान सुरु

देशभर आजदेखि बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने अभियान सुरु

नेपाल सरकारले ५ वर्षमुनिका बालबालिकाको स्वास्थ्य संरक्षणलाई प्राथमिकता दिँदै आजदेखि देशव्यापी रूपमा भिटामिन ‘ए’ र जुकाको...

मरिण गाउँपालिकामा शिक्षकलाई बाल तथा किशोर मानसिक स्वास्थ्यबारे अभिमुखीकरण

मरिण गाउँपालिकामा शिक्षकलाई बाल तथा किशोर मानसिक स्वास्थ्यबारे अभिमुखीकरण

मरिण गाउँपालिकाका सातै वडाबाट सहभागी माध्यमिक तहका शिक्षकहरूका लागि बाल तथा किशोर मानसिक स्वास्थ्यसम्बन्धी अभिमुखीकरण का...

१३औँ शताब्दीको महागौरीको मूर्ति आफ्नै आसनमा फिर्ता

१३औँ शताब्दीको महागौरीको मूर्ति आफ्नै आसनमा फिर्ता

विश्व सम्पदा दिवसको अवसरमा काठमाडौँ महानगरपालिकाले राष्ट्रिय संग्रहालयमा राखिएको १३औँ शताब्दीको दुर्लभ प्रस्तर मूर्ति आफ...

असनको मौलिकता पुनरुत्थान अभियान शुभारम्भ, हरेक शनिबार सांस्कृतिक क्रियाकलाप हुने

असनको मौलिकता पुनरुत्थान अभियान शुभारम्भ, हरेक शनिबार सांस्कृतिक क्रियाकलाप हुने

काठमाडौं, वैशाख ५ । काठमाडौं महानगरपालिकाले प्राचीन व्यापारिक तथा......

नागार्जुनको जामाचोमा पदयात्राको क्रममा लडेर बेहोस भएकी महिलाको सेनाले गर्यो उद्धार

नागार्जुनको जामाचोमा पदयात्राको क्रममा लडेर बेहोस भएकी महिलाको सेनाले गर्यो उद्धार

काठमाडौं जिल्लाको नागार्जुन नगरपालिका–१ जामाचोमा क्षेत्रमा पदयात्रा (हाइकिङ) गर्ने क्रममा खुट्टा अल्झिएर करिब ५० मिटर तल...

सर्वोच्चको फैसलापछि कांग्रेसमा एकताको आह्वान, थापा नेतृत्वलाई पूर्ण वैधानिकता

सर्वोच्चको फैसलापछि कांग्रेसमा एकताको आह्वान, थापा नेतृत्वलाई पूर्ण वैधानिकता

गगन थापा नेतृत्वको नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिलाई सर्वोच्च अदालतले मान्यता दिएपछि पार्टीभित्र नयाँ ढंगले एकता र...

समाचार पोर्टल v1.0
Developer: Sabin Shrestha, Kirtipur
+977-9810300925
Developerसँग सम्पर्क गर्नुहोस्