३ जेठ २०८३, आइतबार

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको नाम दुरुपयोग गरी धम्की दिने प्रवृत्तिविरुद्ध कडा चेतावनी


अ+
अ-

काठमाडौँ, जेठ २ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आफ्नो नाम दुरुपयोग गरी सरकारी कर्मचारीलाई अमर्यादित भाषामा धम्की दिने प्रवृत्तिविरुद्ध गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। दाङ जिल्लाको दुल्लु नगरपालिका वडा नं. १३ का वडा सचिव कमल भण्डारीलाई प्रकाश खड्का नाम गरेका व्यक्तिले प्रधानमन्त्रीको कार्यालयको नाम दुरुपयोग गरी धाकधम्की दिएको घटना सार्वजनिक भएपछि कार्यालयले यस्तो कदम चालेको हो।

कार्यालयले एक विज्ञप्ति जारी गर्दै भनेको छ, “कानुन र स्थापित प्रशासनिक प्रक्रियाअनुसार आफ्नो जिम्मेवारी पूरा गरिरहेका राष्ट्रसेवक कर्मचारीलाई मर्यादाविपरीत त्रास सिर्जना गर्ने, अमर्यादित शब्द प्रहार गर्ने तथा धम्क्याउने गतिविधि पूर्णतः निन्दनीय र अक्षम्य छन्।”

घटना सार्वजनिक हुनासाथ कार्यालयले प्रकाश खड्कालाई कानुनको दायरामा ल्याई कारबाही प्रक्रिया अगाडि बढाउन सम्बन्धित सुरक्षा तथा अनुसन्धान निकायलाई कडा निर्देशन दिइसकेको छ। साथै, प्रधानमन्त्री सुशासन, विधिको शासन तथा राष्ट्रसेवक कर्मचारीको व्यावसायिक सुरक्षा र उच्च मनोबलको पक्षमा रहेको स्पष्ट पारिएको छ।

कार्यालयले कुनै पनि व्यक्तिलाई आफ्नो निजी स्वार्थपूर्तिका लागि प्रधानमन्त्रीको सचिवालय वा कार्यालयको नाम लिई फोन वा भेटमा धम्की दिने गतिविधि नगर्न हार्दिक अपिल गरेको छ। साथै, सम्पूर्ण सरकारी निकाय, स्थानीय तह र कर्मचारीहरूलाई प्रधानमन्त्रीको कार्यालय वा सचिवालयको नाम जोडेर आउने कुनै पनि शंकास्पद फोन, सन्देश वा संवादलाई आधिकारिक माध्यमबाट अनिवार्य प्रमाणीकरण गरेर मात्र कारबाही अगाडि बढाउन विशेष आग्रह गरिएको छ।

Comments (0)

No comments yet

Be the first to comment!

Write a Comment
Comment must be at least 10 characters
नेवाः टाइम्स

मेगु पोस्त: नेवाः टाइम्स

छिं लेखकाः मेगु लेख
बीबी फुँयालको 'तामाकोशी सललल' को सार्वजनिकीकरण तथा लोक गायक कुमार बस्नेतको अभिनन्दन

बीबी फुँयालको 'तामाकोशी सललल' को सार्वजनिकीकरण तथा लोक गायक कुमार बस्नेतको अभिनन्दन

  ⠿ drag काठमाडौं, जेठ १ । दोलखा जिल्लाका पर्यटकीय आकर्षणहरुलाई उजागर गर्ने......

उपभोक्ता अदालतद्वारा ‘विषादीयुक्त चामल’ मुद्दा दर्ताको आदेश, दरपीठ उल्टियो

उपभोक्ता अदालतद्वारा ‘विषादीयुक्त चामल’ मुद्दा दर्ताको आदेश, दरपीठ उल्टियो

उपभोक्ता अदालतद्वारा ‘विषादीयुक्त चामल’ मुद्दा दर्ताको आदेश, दरपीठ उल्टियो...

जेन–जी आन्दोलनका प्रतिनिधिले ‘संविधान बहस’ को निम्तो अस्वीकार गर्दै ६ बुँदे माग अघि सारे

जेन–जी आन्दोलनका प्रतिनिधिले ‘संविधान बहस’ को निम्तो अस्वीकार गर्दै ६ बुँदे माग अघि सारे

जेन–जी आन्दोलनका प्रतिनिधिले ‘संविधान बहस’ को निम्तो अस्वीकार गर्दै ६ बुँदे माग अघि सारे...

पूर्व गृहमन्त्री सुधन गुरुङ्ग सम्बन्धी विषय छानबिन गर्न समिति गठन

पूर्व गृहमन्त्री सुधन गुरुङ्ग सम्बन्धी विषय छानबिन गर्न समिति गठन

पूर्व गृहमन्त्री सुधन गुरुङ्ग सम्बन्धी विषय छानबिन गर्न समिति गठन...

मनसुन पूर्वतयारी कार्ययोजना स्वीकृत, २ लाख २६ हजारभन्दा बढी जनसंख्या प्रभावित हुन सक्ने अनुमान

मनसुन पूर्वतयारी कार्ययोजना स्वीकृत, २ लाख २६ हजारभन्दा बढी जनसंख्या प्रभावित हुन सक्ने अनुमान

मनसुन पूर्वतयारी कार्ययोजना स्वीकृत, २ लाख २६ हजारभन्दा बढी जनसंख्या प्रभावित हुन सक्ने अनुमान...

प्रा.डा सुशिल बहादुर बज्राचार्यलाई त्रिविवि उपकुलपतिको जिम्मेवारी

प्रा.डा सुशिल बहादुर बज्राचार्यलाई त्रिविवि उपकुलपतिको जिम्मेवारी

प्रा.डा सुशिल बहादुर बज्राचार्यलाई त्रिविवि उपकुलपतिको जिम्मेवारी...

समाचार पोर्टल v1.0
Developer: Sabin Shrestha, Kirtipur
+977-9810300925
Developerसँग सम्पर्क गर्नुहोस्