९ बैशाख २०८३, बुधबार

मेयर्स फोरमद्वारा सरकारको शैक्षिक सत्र निर्णयमाथि गम्भीर ध्यानाकर्षण


अ+
अ-

काठमाडौं, वैशाख ९ । काठमाडौं उपत्यका मेयर्स फोरमले नेपाल सरकार, मन्त्रिपरिषद्को २०८२ साल चैत २२ को निर्णयअनुसार शैक्षिक सत्र २०८३ को भर्ना अभियान २०८३ बैशाख १५ गतेपछि र पठनपाठन २०८३ बैशाख २१ गतेपछि मात्र सुरु गर्ने भन्ने सूचनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

फोरमले आज (२०८३ बैशाख ९ गते) जारी गरेको विज्ञप्तिमा भनिएको छ : “नेपालको संविधान २०७२ को अनुसूची–८ मा आधारभूत र माध्यमिक शिक्षा स्थानीय तहको अधिकार सूचीभित्र रहेको छ। स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ११ (ज) मा सामुदायिक, संस्थागत, गुठी र सहकारी विद्यालय स्थापना, अनुमति, सञ्चालन, व्यवस्थापन तथा नियमन सम्बन्धी अधिकार स्थानीय तहकै जिम्मेवारीभित्र पर्दछ।”

विज्ञप्तिमा शिक्षा नियमावली, २०५९ को नियम ८४ (१) मा विद्यालयको शैक्षिक सत्र बैशाख १ गतेदेखि प्रारम्भ भई चैत्र मसान्तसम्म कायम रहने उल्लेख भएको पनि स्मरण गराइएको छ। सरकारको हालको सूचनाले विद्यालय सञ्चालनमा अन्यौलता सिर्जना भई नियमित शैक्षिक क्रियाकलापमा असर पर्न गएको फोरमको ठहर छ।

यसैगरी फोरमले सम्मानित सर्वोच्च अदालतमा विद्यार्थी भर्ती सम्बन्धी उजुरीउपर मिति २०८२ चैत्र २० गते भएको अन्तरिम आदेश र उपत्यकाका कतिपय पालिकाले आफ्नै शैक्षिक क्षेत्रको व्यवस्थापन गर्दै आएको अवस्थालाई समेत औंल्याउँदै केन्द्र सरकारको सूचनाले स्थानीय तहको संवैधानिक अधिकारमा हस्तक्षेप भएको बताएको छ।

फोरमले यस विषयमा आवश्यक समन्वय र पुनरावलोकनका लागि सरकारको ध्यानाकर्षण गराएको छ। उपत्यकाका प्रमुख मेयरहरू सहभागी रहेको यस फोरमले शैक्षिक सत्रको तोक तथा विद्यालय सञ्चालनको जिम्मा संविधान र ऐनले स्थानीय तहलाई दिएको हुँदा केन्द्रको एकल निर्णय असंगत रहेको स्पष्ट पारेको छ।

Comments (0)

No comments yet

Be the first to comment!

Write a Comment
Comment must be at least 10 characters
नेवाः टाइम्स

मेगु पोस्त: नेवाः टाइम्स

छिं लेखकाः मेगु लेख
गृहमन्त्री सुदन गुरुङद्वारा राजीनामा, गृह प्रधानमन्त्रीले सम्हाल्ने

गृहमन्त्री सुदन गुरुङद्वारा राजीनामा, गृह प्रधानमन्त्रीले सम्हाल्ने

राष्ट्रपति भवनबाट आज जारी गरेको विज्ञप्तिअनुसार राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री वालेन्द्र शाहको सिफारिसमा गृ...

विद्युतीय सवारीको भाडा नबढ्ने, तर यात्रुबाट बढी भाडा उठाउनेलाई कारबाही

विद्युतीय सवारीको भाडा नबढ्ने, तर यात्रुबाट बढी भाडा उठाउनेलाई कारबाही

सरकारले अन्तर्राष्ट्रियस्तरमा डिजेलको मूल्यवृद्धि भएपछि स्वचालित भाडा समायोजन प्रणालीअनुसार सार्वजनिक सवारीको भाडा समायो...

मन्त्रिपरिषद्का निर्णय: धितोपत्र बोर्ड अध्यक्ष छनोट प्रक्रिया अघि बढ्यो, तीन विधेयक संसदमा जाने

मन्त्रिपरिषद्का निर्णय: धितोपत्र बोर्ड अध्यक्ष छनोट प्रक्रिया अघि बढ्यो, तीन विधेयक संसदमा जाने

प्रधानमन्त्री बालेन्द्र शाहको सचिवालयका अनुसार आज बसेको मन्त्रिपरिषद् बैठकले नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति प्र...

आज देशमा "लु"देखि हिमपातसम्मकाे प्रक्षेपण

आज देशमा "लु"देखि हिमपातसम्मकाे प्रक्षेपण

आज देशका विभिन्न भू-भागमा मौसम आंशिकदेखि बदली रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। आज "लु" लाग्नेदेखि हिमपातसम्मका...

नयाँ स्मार्ट सवारीचालक अनुमति पत्रमा ३९ सुरक्षा विशेषताहरू, आई–क्यूआर प्रविधि प्रयोग

नयाँ स्मार्ट सवारीचालक अनुमति पत्रमा ३९ सुरक्षा विशेषताहरू, आई–क्यूआर प्रविधि प्रयोग

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले नयाँ स्मार्ट सवारीचालक अनुमति पत्रमा ३९ वटा भिन्न–भिन्न सुरक्षा विशेषताहरू समावेश ग...

जापानको उत्तरी क्षेत्रमा ७.५ म्याग्निच्युडको शक्तिशाली भूकम्प, टोकियोसम्म धक्का महसुस; सुनामी चेतावनी जारी

जापानको उत्तरी क्षेत्रमा ७.५ म्याग्निच्युडको शक्तिशाली भूकम्प, टोकियोसम्म धक्का महसुस; सुनामी चेतावनी जारी

जापानको उत्तरी क्षेत्रमा सोमबार ७.५ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ। स्थानीय समयअनुसार बिहान गएको उक्त भूकम्पले ...

समाचार पोर्टल v1.0
Developer: Sabin Shrestha, Kirtipur
+977-9810300925
Developerसँग सम्पर्क गर्नुहोस्