काठमाडौं, वैशाख २ । प्रधानमन्त्री वालेन्द्र शाह ले समानुपातिक प्रणालीबाट निर्वाचित सांसदहरूलाई सीमित क्षेत्रीय दायराभन्दा बाहिर निस्केर देशभरका उत्पीडित, पछाडि पारिएका समुदायको सशक्त आवाज बन्न आग्रह गरेका छन् ।
बुधबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजित छलफलमा बोल्दै उनले समानुपातिक सांसदहरूको भूमिकालाई समुदाय र राज्यबीचको ‘जीवित सेतु’ का रूपमा चित्रण गरे। उनका अनुसार यस्ता प्रतिनिधिहरू केवल आफ्ना क्लस्टरका प्रतिनिधि मात्र नभई राष्ट्रिय समावेशीकरणको आधारस्तम्भ हुन्।
“पहिलो प्राथमिकता आफ्ना क्लस्टरका मुद्दा उठाउनु हो, त्यसपछि राष्ट्रिय कानुन निर्माणमा केन्द्रित हुँदै समग्र देशको विकासमा योगदान दिनुहोस्,” प्रधानमन्त्री शाहले भने, “तपाईंहरू आफ्ना समुदायका लागि मात्र होइन, देशभरका समान प्रकृतिका वर्गका लागि आशाको केन्द्र हुनुहुन्छ।”
प्रधानमन्त्री शाहले आगामी पाँच वर्षसम्म सरकार र सांसदबीच निरन्तर सहकार्य रहने प्रतिबद्धता जनाउँदै नीति निर्माण र समस्या समाधानमा प्रविधिको प्रभावकारी प्रयोग अपरिहार्य भएको बताए।
छलफलमा उठेका विषयहरूमा तत्काल फलोअप गरिने र आगामी दिनमा सुझाव, समन्वय तथा संवादका लागि ‘डिजिटल माध्यम’ सधैं खुला रहने उनले स्पष्ट पारे।
मेगु पोस्त: नेवाः टाइम्स
मातृ औँशी आज: आमाप्रति सम्मान अर्पण गर्दै देशभर विभिन्न कार्यक्रम
आमालाई मिठा परिकार खुवाउने, उपहार दिने तथा आशीर्वाद लिने परम्परासँगै दिवंगत आमाको सम्झनामा श्राद्ध तथा तर्पण गर्ने चलन प...
अख्तियारद्वारा भाइकाजी तिवारीविरूद्ध भ्रष्टाचार मुद्दा दायर
अख्तियार दुरुपयोग अनुसन्धान आयोग ले काठमाडौं उपत्यका विकास प्राधिकरणका तत्कालीन विकास आयुक्त भाइकाजी तिवारीविरुद्ध भ्रष्...
प्रधानमन्त्री शाह र मुख्यमन्त्रीबीच विकास–निर्माणमा केन्द्रित छलफल सम्पन्न
प्रधानमन्त्री कार्यालयले दिएको जानकारीअनुसार, यो छलफलले संघीयता कार्यान्वयनलाई अझ प्रभावकारी बनाउन सन्देश दिएको छ। मुख्य...
उपसभामुख रुवि कुमारी ‘दहेजमुक्त विवाह’मा मात्र सहभागी हुने
प्रतिनिधिसभाकी उपसभामुख रुवि कुमारी ठाकुरले सामाजिक रूपान्तरणका लागि व्यक्तिगत तहबाटै परिवर्तन सुरु गर्नुपर्नेमा जोड दिँ...
प्रधानमन्त्री शाहद्वारा सातै प्रदेशका मुख्यमन्त्रीसँग पहिलो संयुक्त छलफल
दिउँसो २ बजे सिंहदरबार स्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने उक्त बैठकलाई केन्द्र–प्रदेश समन्वयलाई थप...
टाइमको ‘१०० प्रभावशाली व्यक्ति’ सूचीमा प्रधानमन्त्री बालेन्द्र शाह
टाइमले शाहलाई समेट्दै उनको राजनीतिक उदयलाई दक्षिण एशियाको परम्परागत शक्तिकेन्द्रविरुद्धको युवापुस्ताको शक्तिशाली लहरका र...
Comments (0)
No comments yet
Be the first to comment!
Write a Comment