४ बैशाख २०८३, शुक्रबार

अन्तर्राष्ट्रिय आरोग्य दिवस आजदेखि विश्वभर मनाइँदै, नेपलको प्रस्ताव संयुक्त राष्ट्रमा स्वीकृत


अ+
अ-

काठमाडौँ, बैशाख २ । संयुक्त राष्ट्र संघले नेपालको प्रस्तावमा आज अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’ (इन्टरनेशनल वेलनेश डे) घोषणा गरेको छ। यसै उपलक्ष्यमा काठमाडौँको टुडिखेलमा प्रथम पटक भव्य समारोह आयोजना गरी दिवस मनाइँदै छ।

संस्कृति मन्त्रालयले शुभकामना सन्देश जारी गर्दै यस दिवसलाई सम्पूर्ण नेपाली तथा विश्ववासीका लागि आरोग्य, शान्ति र समृद्धिको प्रतीकका रूपमा लिन आग्रह गरेको छ।

पूर्व मन्त्री तथा अभियन्ता श्रद्धा श्रेष्ठले यस उपलब्धिलाई अत्यन्त व्यक्तिगत र गौरवपूर्ण भएको बताउँदै भनिन् :
“विचारलाई कार्यान्वयनमा रुपान्तरित भएको देख्दा अत्यन्त सन्तुष्टि मिल्छ। गत मार्चमा संयुक्त राष्ट्रको ‘कमिसन अन द स्टेटस अफ वुमन’ (CSW) को बैठकमा राजदूत लोकबहादुर थापासहितको नेपाली प्रतिनिधिमण्डलमा रहेर यो प्रस्ताव राख्ने सौभाग्य मैले पाएकी थिएँ। लोकबहादु थापाको प्रयासले नै यो सम्भव भएको हो।”

उनले नेपाल सरकारले सन् २०२७ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य वर्ष’ का रूपमा मनाउने तयारी गरेकोमा खुशी व्यक्त गर्दै थपिन् : “नेपाल आरोग्य र पुनर्जीवनको गन्तव्य हो। परम्परागत मालिसदेखि हिमाली ट्रेकिङ, योगदेखि प्राचीन उपचार पद्धति, साउन्ड थेरापीदेखि जैविक खानासम्म — नेपालले शरीर, मन र आत्माको समग्र यात्रा प्रदान गर्छ। विश्वले आरोग्य खोजिरहेको छ, र नेपाल यसको स्वागत गर्न तयार छ।”

यसैबीच, आरोग्य दिवसका अवसरमा टुडिखेलमा योग, ध्यान, स्वस्थ जीवनशैली तथा परम्परागत नेपाली चिकित्सा पद्धतिसम्बन्धी विभिन्न कार्यक्रम आयोजना गरिएको छ।

Comments (0)

No comments yet

Be the first to comment!

Write a Comment
Comment must be at least 10 characters
नेवाः टाइम्स

मेगु पोस्त: नेवाः टाइम्स

छिं लेखकाः मेगु लेख
मातृ औँशी आज: आमाप्रति सम्मान अर्पण गर्दै देशभर विभिन्न कार्यक्रम

मातृ औँशी आज: आमाप्रति सम्मान अर्पण गर्दै देशभर विभिन्न कार्यक्रम

आमालाई मिठा परिकार खुवाउने, उपहार दिने तथा आशीर्वाद लिने परम्परासँगै दिवंगत आमाको सम्झनामा श्राद्ध तथा तर्पण गर्ने चलन प...

अख्तियारद्वारा भाइकाजी तिवारीविरूद्ध भ्रष्टाचार मुद्दा दायर

अख्तियारद्वारा भाइकाजी तिवारीविरूद्ध भ्रष्टाचार मुद्दा दायर

अख्तियार दुरुपयोग अनुसन्धान आयोग ले काठमाडौं उपत्यका विकास प्राधिकरणका तत्कालीन विकास आयुक्त भाइकाजी तिवारीविरुद्ध भ्रष्...

प्रधानमन्त्री शाह र मुख्यमन्त्रीबीच विकास–निर्माणमा केन्द्रित छलफल सम्पन्न

प्रधानमन्त्री शाह र मुख्यमन्त्रीबीच विकास–निर्माणमा केन्द्रित छलफल सम्पन्न

प्रधानमन्त्री कार्यालयले दिएको जानकारीअनुसार, यो छलफलले संघीयता कार्यान्वयनलाई अझ प्रभावकारी बनाउन सन्देश दिएको छ। मुख्य...

उपसभामुख रुवि कुमारी ‘दहेजमुक्त विवाह’मा मात्र सहभागी हुने

उपसभामुख रुवि कुमारी ‘दहेजमुक्त विवाह’मा मात्र सहभागी हुने

प्रतिनिधिसभाकी उपसभामुख रुवि कुमारी ठाकुरले सामाजिक रूपान्तरणका लागि व्यक्तिगत तहबाटै परिवर्तन सुरु गर्नुपर्नेमा जोड दिँ...

प्रधानमन्त्री शाहद्वारा सातै प्रदेशका मुख्यमन्त्रीसँग पहिलो संयुक्त छलफल

प्रधानमन्त्री शाहद्वारा सातै प्रदेशका मुख्यमन्त्रीसँग पहिलो संयुक्त छलफल

दिउँसो २ बजे सिंहदरबार स्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने उक्त बैठकलाई केन्द्र–प्रदेश समन्वयलाई थप...

टाइमको ‘१०० प्रभावशाली व्यक्ति’ सूचीमा प्रधानमन्त्री बालेन्द्र शाह

टाइमको ‘१०० प्रभावशाली व्यक्ति’ सूचीमा प्रधानमन्त्री बालेन्द्र शाह

टाइमले शाहलाई समेट्दै उनको राजनीतिक उदयलाई दक्षिण एशियाको परम्परागत शक्तिकेन्द्रविरुद्धको युवापुस्ताको शक्तिशाली लहरका र...

समाचार पोर्टल v1.0
Developer: Sabin Shrestha, Kirtipur
+977-9810300925
Developerसँग सम्पर्क गर्नुहोस्