काठमाडौँ महानगरपालिकाले वीर अस्पतालसँगको सहकार्यमा हिजाेदेखि महिलाहरुको स्तन, पाठेघर तथा सर्भाकल क्यान्सरको परीक्षण थालेको छ ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय ले श्रम तथा रोजगारी क्षेत्र सुधारका लागि १० बुँदे कार्ययोजना अघि बढाएको छ।
जल तथा मौसम विज्ञान विभागले सोमबारका लागि जारी गरेको मौसम पूर्वानुमान अनुसार देशका विभिन्न भागमा मेघगर्जन, चट्याङसहित वर्षा तथा हिमपातको सम्भावना रहेको छ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालय तथा उच्च शिक्षामा भर्ना प्रक्रिया सुरु हुनु अघि सञ्चालन गरिँदै आएका ‘इन्स्ट्रान्स प्रिपेरेशन’ कक्षा र ब्रिज कोर्सहरू पूर्ण रूपमा बन्द गर्ने निर्णय गरेको छ।
गृहमन्त्री सुधन गुरुङले आगामी मनसुनलाई लक्षित गरी विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना आम नागरिकको सुरक्षा हुनेगरी बनाउन निर्देशन दिएका छन्।
पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन् ।
बालेन्द्र शाह नेतृत्वको नयाँ सरकार गठनसँगै नवनियुक्त मन्त्रीहरूले पद तथा गोपनीयताको शपथ लिएका छन्। शितल निवासस्थित राष्ट्रपति कार्यालयमा आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पाैडेलले मन्त्रीहरूलाई शपथ गराएका हुन्।
राष्ट्रपति रामचन्द्र पाैडेलकाे कार्यालयबाट जारी विज्ञप्तिअनुसार नेपालकाे संविधानकाे धारा ७६ काे उपधारा (१) बमाेजिम प्रतिनिधिसभाका सदस्य बालेन्द्र शाहलाई प्रधानमन्त्री नियुक्त गरिएकाे हाे ।