१५ बैशाख २०८३, मंगलबार

मेरो शान्ति पदयात्रा


अ+
अ-

टाढैदेखि भन्तेहरू आइरहनु भएको दृश्य देखियो झन् नजिक, झन् नजिक हुन थाल्यो

सबैभन्दा अगाडि भन्ते पञ्ञाकारा, सँगै नीरज, अनि अरु भन्तेहरू लस्करै हिड्दै अगाडि आइरहनु भएको देखें त्यो समय शान्त, निर्मल खुसी छर्कदै गरिरहेको आभासमा परिणत भयो भन्तेहरूको आगमनको दृष्य धेरै नै रमणीय थियो भन्तेहरूको मैत्री करुणाले भरिएको अनुहार हँसिलो थियो कुनै थकान देखिन्थ्यो, कुनै दुःख सबै भन्तेहरूमा सजगता, चेतनशील, धैर्य शान्तिको प्रत्येक पाइलाको सन्देश उजागर हुँदै थियो शान्तिको पदयात्रामा हिँडेका भन्तेहरूले मौनतामा शान्तिको शक्ति हुन्छ भन्ने शिक्षा दिइरहेका थिए जति जति भन्तेहरू नजकिँदै आए धेरै जसो कुरिरहेका जनमानसको आँखाबाट श्रद्धा आदरको आँसु छचल्किन थाल्यो मलाई पनि यस्तो लाग्यो, कुनै सम्वेजनीय स्थलमा भ्रमण गरिरहेछु, जहाँ पुगेपछि श्रद्धा विभोर भएर आउँछ

⠿ drag

भन्ते पञ्ञाकाराले मलाई टाढैबाट देख्नुभयो, देखेर मुस्काउनु भयो लाग्छ, मलाई देखेर खुसी जनाउनु भयो टाढैदेखि आशिर्वाद दिनु भयो मैले खादा चढाएँ, उहाँले लिनु भयो कुरा पदयात्राको १०८ औं दिनको हो, त्यस बिहान अमेरिकन युनिभर्सिटीमा भन्तेहरूसँग विद्यार्थी शिक्षकहरूको अन्तरक्रिया कार्यक्रम थियो भन्तेहरू त्यस बिहानको अन्तरक्रिया कार्यक्रम सिध्याएर चर्चमा भोजनको लागि आउँदा भन्तेहरूलाई हेर्न बाटोको दुवै छेउमा हजारौँ जनमानस प्रतीक्षा गरिरहेका थिए । म, रोजी नोरीन बिहानै नेशनल मेथोडिस्ट चर्चमा पुग्यौं कृष्णलाई त्यहीं भेटें हामी पनि चर्च पुग्ने ¥याङ्गमा अघिल्लो पङ्तिमा स्वागतका लागि खादा लिएर कुरिरहेका थियौं

शान्ति पदयात्रासँग म प्रत्यक्ष अप्रत्यक्ष संलग्न छु । शुरुमैं हामीले ( नीरज) विचार गरेअनुसार मेरो पक्षकोवाक फर पीसपूरा गर्न फेब्रुअरी १० ११ को वासिङ्टन डिसीमा हुने अन्तिम चरणको पदयात्रा समापन समारोहमा मैले भाग लिएको थिएँ फेब्रुअरी १० मा बिहान नेशनल युनाइटेड मेथोडिस्ट चर्च, दिउँसो वासिङ्टन क्याथेड्रल चर्चमा इन्टरफैथ सेरेमोनी अनि युनिटी वाक गर्दै बेलुका जर्ज वासिङ्टन युनिभर्सिटीमा भन्ते पञ्ञाकारासँग विद्यार्थी शिक्षकहरूको अन्तरक्रिया कार्यक्रम थियो भोजन सकिएपछि हामी डेढ घण्टाको शान्ति पदयात्रा गरेर इन्टरफैथ सेरेमोनीका लागि वासिङ्टन नेशनल क्याथेड्रल पुग्यौं बाटोमा जर्जियामा देखापरेका एक विरोधी उही बोर्ड लिएर कराइरहेको भेट्यौं सायद उनले भन्तेहरूलाई जर्जियादेखि पछ्याइरहेका थिए भन्तेहरू नजिक पुगेपछि त्यो मान्छे झन् झन् ठूलो स्वरमा कराउन थाल्यो त्यसपछि तुरन्तै ट्राफिक पुलिस पुलिस कारहरू थपियो साइकल मोटर साइकल ट्राफिक पुलिसहरू पनि आइपुगे भन्तेहरूलाई बाटोको दुबैतिर छेकबारको घेरा लगाएर पदयात्रा गराए भन्तेहरूलाई अमेरिकामा दिएको यो सम्मानले मन नै हर्षित भयो

आजको यो पदयात्राको लागि धेरै नै अरु नयाँ भन्तेहरू थपिन आएका थिए भिक्षु पञ्ञाकाराको नेतृत्वमा रहेको यो शान्ति पदयात्रामा भाग लिनको लागि शुरुमा १९ जना भिक्षुहरू अमेरिका, थाइल्याण्ड, भियतनाम, लाओस, म्यानमार, फ्रान्सबाट आउनु भएको थियो यो शान्ति पदयात्रा कार्यक्रमको संयोजन डा. नीरज बज्राचार्यले गर्नु भएको थियो यो शान्ति पैदल यात्राको लागि चाहिने सम्पूर्ण तयारीपछि अक्टोबर २६, २०२५ मा फोर्टवर्थको ह्युङ डाओ विपस्सना भावना सेन्टरबाट यात्रा सुरु भयो टेक्सासको राजधानी अस्टिन भएर लुजियाना, मिसिसिप्पी, अलाबामा, जर्जिया, साउथ क्यारोलिना, नर्थ क्यारोलिना, भर्जिनिया, मेरिल्याण्ड हुँदै अमेरिकाको राजधानी वाशिंगटन डिसीमा शान्ति पैदल यात्रा समाप्त गरियो भन्तेहरूको यो पदयात्राको सुरुमा विस्तारै एक जना दुईजना गर्दै मानिसहरूले बुझ्न आए, सहमति जनाए, अनि यो पदयात्रालाई स्वीकार गर्ने सहमति जनाउदै बाटोमा आउनेहरू हजारौँ पुगे हजारौं भन्तेहरूसँगै हिंडे प्रहरी विभागहरू, चर्चहरू, मन्दिरहरू परिवारहरूले भन्तेहरूलाई स्वागत गरे धेरै सहरहरूले शान्ति पदयात्राको घोषणापत्र कृतज्ञतापत्रहरू पनि दिए अपरिचितहरू समर्थक बने पर्यवेक्षकहरू सहभागी बने एकपछि अर्को पाइला चाल्दै, खाली खुट्टा स्थिर हुँदै, भन्तेहरूले राज्य रेखा, शहर, राजमार्ग, हिउँ, हावा वर्षा पार गरे वासिङ्टन डिसीसम्म पुग्दा यो शान्ति पदयात्राले विश्वब्यापी प्रचार पाइसकेको थियो भने यो समारोहमा भाग लिन आउनेहरू लाखौमा पुग्यो लाखौंले अनलाइन हेरे धेरै मिडियामा समाचार कभरेज भैसकेको थियो सबैजसो सोसियल मिडियाले घर घरमा शान्ति पदयात्राबारे सूचना पु¥याइसकेको थियो त्यसैले अहिलेसम्ममा धेरै ठाँउबाट भन्तेहरू यो पदयात्रामा थोरै भएपनि जोडिन आउनु भयो वासिङटन नेशनल क्याथेड्रलको इन्टरफैथ सेरेमोनीमा शान्ति सभा अन्तरधार्मिक समारोह थियो त्यहाँको अन्तरधार्मिक कार्यक्रमले शान्ति, सद्भाव करुणाप्रति साझा समर्पणमा हजारौं विविध सहभागीहरू धार्मिक नेताहरूलाई एकसाथ भेला गर्यो

⠿ drag
भन्ते पञ्ञाकारामा खादा चढाउँदै लेखिका डा. मानन्धर

यस समारोहमा आदरणीय भिक्षु खीमाले आयोजनाको लागि हार्दिक कृतज्ञता व्यक्त गर्नुहुँदै वासिङ्टन नेशनल क्याथेड्रल चर्चलाई धन्यवाद दिनु भयो यसरी धार्मिक महत्व भएको स्थानले अर्को धर्मलाई ढोका खोलेर खुल्ला हृदयले नयाँ आशातर्फ डो¥याउने भन्नु भयो

त्यसपछि भन्ते पञ्ञाकारा भीडलाई सम्बोधन गर्दै भन्नुभयो, ‘‘मेरो पछाडि अहिले, हामीसँग विभिन्न धार्मिक नेताहरू छन्, तपाईंहरू सबैको अगाडि, यहाँ सबै धार्मिक नेताहरू शान्तिको एकमात्र महत्वाकांक्षा लिएर सँगै उभिएको देख्न सक्नुहुन्छ यो मेरो लागि पहिलो पटक हो कि हामी सँगै शान्ति पदयात्राका लागि हिंडिरहेका छौं हामी आफ्नो लागि शान्ति खोज्न, हाम्रो राष्ट्र संसारलाई बाँड्न यो बाटोमा सँगै हिंडिरहेका छौं मेरो लागि, यो त्यो क्षण हो जुन मेरो बाँकी जीवनभर सम्झिनेछु र, आशा गर्छु कि तपाईंले पनि त्यस्तै गर्नुहुनेछ ।"

समारोहमा अरु भन्तेहरूले पनि मन्तब्य दिनुभएको थियो

क्याथेड्रलको बाहिरको कार्यक्रम सकेपछि चर्चभित्र पनि भन्तेहरुलाई त्यस चर्चका पादरी, डिन, बिशप अन्य कार्यकारी व्यक्तित्वहरुबाट स्वागत समारोह थियो चर्चभित्र भन्तेहरु केही प्रतिनिधिहरुलाई मात्र प्रवेश गर्न दिएको थियो हामीसँग प्रतिनिधि जनाउने बायज भएकोले कृष्ण भित्र जान पायौं चर्चको पादरीले अन्य सदस्यहरुले विभिन्न धर्म धर्मावलम्बीहरुको यो समाजमा आफ्नै महत्व स्थान भएको प्रकाश पार्नु भयो विभिन्न धर्माबलम्बीहरुबीच अन्तरक्रिया पनि थियो। त्यहाँ भन्ते पञ्ञाकारालाई सोधिएको थियो, क्रिस्चियानिटीबारे के सोच्नु हुन्छ ? भन्तेले भन्नुभयो, ‘‘ सबै धर्महरूको सम्मान गर्छु। कुनै पनि धर्मको विरुद्धमा बोल्दिन। अरूले बौद्ध धर्मको बारेमा जे भने पनि, यसले हामीलाई विचलित गर्दैन। हाम्रो लागि, हामी हाम्रो धर्मको अभ्यास सम्मान गर्छौं। मेरो लागि, सबै धर्महरूले मानिसहरूलाई राम्रो जीवन कसरी बिताउने, राम्रो मानिस कसरी बन्ने, समाज हामी बस्ने देशलाई कसरी समर्थन गर्ने भनेर सिकाउँछन्। चर्च, मन्दिर अन्य पूजास्थलहरूले अर्को पुस्तालाई राम्रो मानिस बन्न सिकाउँछन्। मसँग अन्य धर्महरूको तर्फबाट बोल्ने ज्ञान छैन। तर एउटा सन्देश साझा गर्छु, हामीसँग फरक पृष्ठभूमि, विश्वास धर्म हुन सक्छ, तर हाम्रा सबै अभ्यासहरूमा एउटा साझा धर्म पनि त्यो हो प्रेम, दया, करुणा शान्तिको धर्म। सबै धर्महरूको सम्मान गर्छु। विभाजनको आवश्यकता छैन। संसार यसरी एकताबद्ध हुनुपर्छ। गहिरो कृतज्ञताका साथ, बिशप क्रिश्चियन, मुस्लिम, हिन्दू, यहूदी, बौद्ध, हाम्रा शिक्षकहरू उनीहरूका शिक्षकहरू, सिख, बहाई, आदिवासी, अन्तरधार्मिक आध्यात्मिक नेताहरूलाई हार्दिक धन्यवाद दिन्छु जसले हाम्रो आह्वानलाई स्वीकार गर्नुभयो छोटो सूचनामा राष्ट्रिय क्याथेड्रलमा हामीसँग सामेल हुनुभयो। तपाईंले आफ्नो हृदय खोल्नुभयो यो पवित्र स्थानलाई घर जस्तो महसुस गराउनुभयो।"

अर्को प्रश्नको उत्तरमा भन्ते बोधिले भीडलाई सम्बोधन गर्दै भन्नुभयो, ‘‘विगतका पुस्ताहरू नागरिक अधिकारको पक्ष युद्धको विरुद्धमा उभिएका थिए आज यो विश्वमा फेरि  डरको समय आएको जस्तो महसुस हुन्छ तर जवाफ थप चिच्याहट होइन, थप क्रोध होइन, थप विभाजन होइन जवाफ भनेको एक पटकमा एक कदम शान्तिको लागि हिंड्ने शान्त साहस हो १०८ दिन केवल संख्या होइन, १०८ दिनले हामी सबैले भित्र बोकेको मानव संघर्षलाई प्रतिनिधित्व गर्दछ भन्तेहरूले टेकेको हरेक पाइलाले ती संघर्षहरू फुक्का, नरम मुक्त भएको महसुस गराउछ यो पदयात्रा कहिल्यै दूरीको बारेमा होइन भन्तेहरू कुनै शक्ति प्रमाणित गर्न होइन तर शान्ति अभ्यास गर्न हिँडिरहेका छन्  सायद त्यो नै वास्तविक शिक्षा हो कि शान्ति हामीले भन्ने कुरा होइन ।"

भन्तेहरूले दिन खोजेको शिक्षा एक पटकमा एक पाइला, एक पटकमा एक हृदय, एक पटकमा एक स्वासमा शान्तिको परिवर्तन हो यो पदयात्रा चोटपटक, आँधीबेहरी आलोचनाहरू वापत सही मार्गको कर्तव्यबोधको बारेमा थियो

भोलिपल्ट फेब्रुअरी ११ मा बिहानै जर्ज वासिङ्टन युनिभर्सिटी पुग्यौं भन्ते पञ्ञाकाराको बिहानै  दुई वटा अन्तर्वार्ता थियो त्यसैले भन्ते नीरज ब्यस्त हुनुभयो त्यही बेला न्युयोर्क स्टेट रिप्रिजेन्टेटिभ एडवार्ड गिब्स, न्यूयोर्क स्टेटले जारी गरेको घोषणपत्र दिनलाई आउनुभएको रहेछ तर नीरज भन्ते ब्यस्त नै भएकोले मैंले केही समय उहासँग कुरा गर्दै बसें केही क्षणपछि उहाँहरू आउनुभयो अनि स्टेट रिप्रिजेन्टेटिभले घोषणा पत्र पढेर सुनाउनु भयो न्यूयोर्क राज्यको पीन भन्तेको संघाती चिवरमा लगाइदिनु पर्ने थियो तर उहाँ अलि नर्भस हुनुभएर मसँग सहायता माग्नु भयो त्यो पीन भन्ते पञ्ञाकाराको संघातीमा लगाइदिएँ एकाएक भन्ते पञ्ञाकारको चीवरमा पीन लगाइदिने पुण्य अवसर मिल्यो यो मेरो लागि अचम्मैको क्षण भयो भन्ते पञ्ञाकारको चीवर छुने मौका पाएँ यसबाहेक सायदै फेरि मैले भन्तेको चिवरलाई छोएर वन्दना गर्ने मौका आउँला शान्ति पदयात्राका लागि टेक्सासदेखि वशिङ्टन डिसीसम्म गएको सबभन्दा ठूलो उपलब्धि मेरो लागि यही नै भयो मलाई लाग्छ कि मेरो कुनै पूर्वजन्मको संचित पुण्यले मलाई यो अवसर मिलेको हुनुपर्छ

भन्ते पञ्ञाकारा मेरो लागि नयाँ नाम होइन नयाँ भेटघाट पनि होइन नयाँ चिनाजानी पनि होइन नेप्लिज बुद्धिष्ट एशोसिएशन इन टेक्सासमा आबद्ध भएर २०१८ देखि हामीले बुद्ध धर्म सम्बन्धि कार्यक्रमहरू गर्दै आएका छौं   डालस फोर्टवर्थ शहरमा झन्डै ३८ वटा जति विभिन्न परम्पराका बौद्ध विहारहरू छन् ती सबै विहारहरूसँग समन्वय राखी काम गरिरहेका छौं २०२५ को बुद्ध पूर्णिमा नेप्लिज बुद्धिष्ट एशोसिएशन भन्ते पञ्ञाकाराको ह्युङ डाओ विपस्सना भावना सेन्टर मिलेर टेक्सासको राजधानी अस्टिनमा मनाएका थियौं टेक्सास हाउस रिप्रिजेन्टेटिभ, सलमान भोजानीले अस्टिनमा मे १५ लाईवैशाख डेमनाउने कानुन पारित गराउनु भएको थियो २०२५ को वैशाख डेमा ११ वटा देशहरूबाट ५९ जना भन्तेहरू सम्मिलित हुनु भएको थियो तर शान्ति पदयात्रा शुरु भएपछि पहिलो पटक भन्ते पञ्ञाकारालाई भेट्न कुरिरहेको थिएँ

⠿ drag

पहिले भन्ते पञ्ञाकारालाई भेट्न जाँदा आलोक (कुकुर) भन्तेको वरिपरि त्यहीँ हुन्थ्यो हामीलाई उहिले नै थाहा थियो आलोकलाई भन्ते पञ्ञाकारा नेपाल - भारत २०२२ सालमा पदयात्रा गर्दा भारतबाट ल्याइएको हो हामी त्यहाँ जाँदा विहारको चौरमा खेलिरहेको हुन्थ्यो त्यसबेला अलोक एउटा कुकुर मात्र थियो अलि भिन्न स्वभावको अलि शान्त राम्रो व्यवहार भएको कुकुर तर केही पुण्य कर्म भएको हुनुपर्छ जस्तो चाहीं लाग्थ्यो अहिले जब  वासिंगटन डिसिमा भेटें अलोक सेलेब्रिटी भैसकेको रहेछ अब आलोक मात्र होइन "The Peace Dog Aloka" भनेर आफ्नै छुट्टै पहिचान भएको सेलेब्रिटी भैसकेको रहेछ । हुन त धेरैलाई जस्तै मलाई नि लाग्छ अलोक एक साधारण कुकुर होइन उसले पहिलेको जन्ममा धेरै पुण्य कमाएको हुनुपर्छ कुनै कारण हेतुले यो जन्म उसको कुकुर भएको हुनुपर्छ

क्याथेड्रलको इन्टरफैथ सेरेमोनीपछि दुई घण्टाको शान्ति पदयात्रा गर्दै लिंकन मेमोरियल पार्क पुग्यौं बाटो छेउ हिउँका ढिस्काहरू बाँकी नै थियो बाटो चिप्लो नै थियो त्यो दिन पनि मौसम चिसै थियो मैले बाक्लो जाकेट लगाएको थिएँ गलबन्दी, टोपी हातमा पन्जा थियो नै, तै पनि चिसो चिसो अनुभब भैरहेको थियो यस्तो मौसम भैकन पनि भन्तेहरू हिड्ने बाटोको दुवै छेउमा मान्छेहरूको ताँती थियो भन्तेहरूलाई दर्शनका लागि मान्छेहरू हिउँ, चिसोकेही पर्वाह नगरी बच्चा, जवान, वृद्धबृद्धा, असक्त, बिरामी, अपाङ्ग सबै नै बाटोमा कुरिरहेका थिए भन्तेहरूले पनि जहाँ असक्त, अपाङ्ग, बिरामीहरूलाई बाटोमा भेटियो, भन्तेहरू रोक्नु हुन्थ्यो परित्राणको धागो बाँधिदिनु हुन्थ्यो , शान्तिको कामना गर्दै पाठ गरिदिनु हुन्थ्यो   भन्तेहरूलाई संरक्षण दिएर पदयात्रा गराउन बाटोको दुबै छेउहरूमा सयौ ट्राफिक पुलिसहरू सँगै हिडेका थिए भने पुलिसको गाडी, एम्बुलेन्स सयौ स्वयंसेवीहरू सँगै हिडिरहेका थिए लगभग एक सयजना भन्तेहरू, त्यसपछिको समूहमा केही विशेष प्रतिनिधिहरूको ब्याज भएकोहरू, जसमा , कृष्ण ऋतु समावेश थियौं त्यसपछि स्वयंसेवकहरू अनि अरु जनता जो पदयात्रा गर्न चाहेका थिए सबैजना पदयात्रा गर्दै लिंकन मेमोरियल पार्कमा पुग्यौ यही पदयात्राको अवधिमा केही नेपाली पत्रकारहरू भेट भएको थियो, जसले नीरजसँग अन्तर्वार्ता लिइसक्नु भएको रहेछ उहाँहरूले त्यो भीडमा मलाई पनि भेटेर खुसी जनाउनु भयो

लिंकन मेमेरियल पार्कमा शान्ति पदयात्रा अन्तिम समारोह थियो उक्त समारोहको लागि भन्ते पञ्ञाकाराको गुरु भन्ते रतनगुन, भन्ते महा डाम फोम्मासन (जसको पदयात्रा अवधिमा सडक दुर्घटनामा खुट्टा काट्नु परेको थियो), भन्ते सम्मा मग्गो (जो फ्रान्सबाट आउनु भएको) हरू पनि समापन समारोहमा फेरि जोडिन आउनु भयो यस समारोहमा दलाई लामाले पनि शान्ति पदयात्रालाई सह्राहनीय कार्य भनेर धन्यवाद ज्ञापन पत्र पठाउनु भएको प्रस्तुत गरियो यस समारोहमा हाम्रो नेपाली मूलका लामा भन्तेहरूबाट पनि कृतज्ञता सहित धन्यबाद पत्र प्रदान गर्नुभयो यो अन्तिम समारोहमा भाग लिन यस पवित्र स्थलमा ५० हजार जति मानिसहरू शान्ति, सजगता, दया करुणाको लागि एकतामा, शान्तिको साझा चाहनामा एकताबद्ध उभिएका थिए भेला भएका थिए भाग लिन आएकाहरू धेरै दुःखित थिए किनकि अब उनीहरूले भन्तेहरूलाई बाटोमा भेट्ने छैन, भन्तेहरूलाई देख्न पाउने छैन धेरैको आँखा रसाएको थियो मानौं कि उनीहरूको दैनिकीमा केही गुम्न लागेको

"पीस ग्यादरिङ् एण्ड क्लोजिङ् सेरेमोनी एट लिंकन मेमोरियल समारोह"मा डा. नीरजले सबैलाई स्वागत गर्दै भन्नुभयो, ‘‘यो पदयात्रा कुनै राजनैतिक कारणका लागि होइन, यो हामी सबैको आध्यात्मिक विकासको लागि हो, सबैको भित्री शान्तिको लागि हो, सबैले करुणा, दयालाई ब्यवहारिक रुपमा प्रयोग गर्न सिकाउनको लागि हो ।" यस अन्तिम दिन, लिंकन स्मारकअगाडि उभिएर, भिक्षु पञ्ञाकाराले बुद्ध महासंघ, सरकारी अधिकारीहरू, कानून प्रवर्तन आपतकालीन प्रतिक्रियाकर्ताहरू, सबै परम्पराका धार्मिक नेताहरू, विद्यालय परिवारहरू, प्रायोजकहरू, स्वयंसेवकहरू यस अभियानमा साथ हिँड्ने प्रत्येक समर्थकलाई हार्दिक कृतज्ञता व्यक्त गर्नुभयो उहाँले भन्नुभयो, ‘‘मेरा धर्म मित्रहरू, १०९ दिन, टेक्सासको फोर्ट वर्थबाट संयुक्त राज्य अमेरिकाको मुटु लिंकन मेमोरियलमा २३०० माइल भन्दा बढीको यात्रा, चिसो वर्षा, चिसो हावा अनगन्ती मौन पाइलाहरू बीच, शान्तिको लागि पदयात्रा आफ्नो अन्तिम दिनमा पुगेको तैपनि, आज हामी कति टाढा हिँड्यौं भन्ने बारेमा मात्र होइन, यो हामी कति गहिरो रूपमा ब्यूँझियौं भन्ने बारेमा हो किनभने कहिलेकाहीं परिवर्तन भव्य भाषणहरू वा ऐतिहासिक क्षणहरूबाट सुरु हुँदैन यो केही क्षणबाट सुरु हुन्छ केही क्षणमै कसैलाई चोट पुर्याउन सकिन्छ, केही क्षणमै भयंकरको विभाजन ल्याउन सक्छ ।"

उहाँले हामीलाई सरल गहिरो सन्देश दिनुभयो: तर त्यही केही क्षणमा सचेतनाका साथ बाँच्दा, धेरै मेलमिलाप बढाउन सकिन्छ, एकताबद्ध हुन सकिन्छ, व्यक्ति, राष्ट्र संसारलाई पनि परिवर्तन गर्न सकिन्छ आउनुहोस् शान्तिको लागि पदयात्राको यो १०९ दिनको यात्रालाई फर्केर हेरौं परिवार, माया, दया, करुणा, प्रेम, सद्भाव आशा राखेर हाम्रो हरेक श्वासलाई  चेतनशील भएर सजकताकासाथ जिउने कोशिश गर्यौं भने हामीभित्र शान्ति आउने १०९ दिन ,३०० माइलपछि, हामी अमेरिकाको राजधानीमा सँगै उभिएका थियौं, कृतज्ञता, आनन्द अझ शान्तिपूर्ण संसारको आशाका साथ यो यात्रा पूरा गर्दै यी क्षणहरू हाम्रो हृदयमा सधैंभरि बाँच्नेछन् यस समारोहमा फेरि थप्दै भन्ते पञ्ञाकाराले भन्नुभयो, ‘‘आजबाट हाम्रो पदयात्रा समाप्त भयो तर शान्तिको यात्रा कहिल्यै समाप्त हुने छैन एउटा कागज कलम लिनुहोस् यो लेख्नुहोस्, आज मेरो शान्तिमय दिन हुनेछ   लेखिसकेपछि, यसलाई आफ्नो आँखाले बारम्बार पढ्नुहोस्   त्यसपछि ठूलो स्वरमा पढ्नुहोस् आज मेरो शान्तिमय दिन हुनेछ, टु डे इज माई पीसफूल डे ब्रह्माण्डलाई सुनाउन ठूलो स्वरमा पढ्नुहोस् कि आज तपाईंको शान्तिमय दिन हुनेछ तपाईं बाहेक अरू कसैले यसलाई बिगार्न सक्ने छैन "

⠿ drag
लेखिका डा. मानन्धर र शान्ति पदयात्रा संयोजक डा. नीरज बज्राचार्यको बीचमा भन्ते पञ्ञाकारा

साँझ, जोर्ज वाशिङ्टन युनिभर्सिटी, स्मिथ सेन्टरमा भिक्षु पञ्ञाकारासँग ग्लोबल मेडिटेशन सेसन कार्यक्रम थियो यो ध्यान सिकाउने कार्यक्रम प्रत्यक्ष प्रसारण गरिएको थियो यो ध्यान कार्यक्रममा संसार भरबाट प्रसारणमार्फत सहभागी भएका थिए यसै क्रममा भन्ते पञ्ञाकाराले आनापान सति ध्यान सिकाउनु भयो यसरी यस ऐतिहासिक शान्ति पदयात्राको अन्तिम दिन संसारभरिका मानिसहरूले एकैचोटी, एकैसाथ ध्यान बसेर समापन गरियो

यसरी १९ जना आदरणीय भिक्षुहरू अलोक कुकुरले समापन गरेको यस ऐतिहासिक शान्ति पदयात्रामा आदरणीय भिक्षुहरूको मौन शक्ति सँगै भिक्षुहरूको प्रत्येक पाइला विश्वव्यापी सद्भावको लागि जीवित प्रार्थना थियो यो कुनै विरोधको यात्रा होइन, कसैलाई धर्म रूपान्तरण गराउनको लागि होइन, तर यो विवेकको यात्रा हो मानवतालाई नैतिकता, जिम्मेवारी, करुणा जागरूकतामा फिर्ता बोलाउने यात्रा हो सहनशीलताको प्रत्येक क्षण प्रायः कोलाहल द्वन्द्वले भरिएको संसारको लागि निःस्वार्थ अर्पण थियो अब भन्तेहरूको पदयात्रा समाप्त भयो तर हामी सबैको शान्तिको यात्रा कहिल्यै समाप्त हुने छैन हामी प्रत्येक सत्त्व आफू भित्रको शान्तिको यात्रालाई कायम राखौं। शान्तिको लागि एकतावद्ध भएर उभिँदै हामी पनि भन्न अभ्यास गर्न सकौँ– ‘‘टुडे इज माई पीसफुल डे "  

Comments (4)

गणेश बहादुर थापा Apr 22, 2026 02:33
यत्राे हलचल पैदा गरेकाे कार्यक्रम कसरी शान्ती यात्रा भाे?
Dr. Mahendra Ratna Shakya Mar 22, 2026 02:42
Sadhu Sadhu Sadhu
Renu Sthapit Mar 9, 2026 01:24
यति राम्रो लेख ज़िन्दगीमा पहिलो पढ़ें ा घेरै धेरै धन्यवाद सुधा जी लाई !!!
Reetu Tandukar Robinson Mar 8, 2026 19:39
Sudha di
Wow! Hajur ek writer pani hunuhunxa bhanera aaja thaha payen. Hajur le lekhnu bhayeko Sabai details le Tyo dinko, tyo samayeko pura yaad dilayi dinu bhayo. We must have done some punnyekarma to be able to witness and participate in such life changing event. It is am amazing article di. Thank you for letting me know. ❤️🙏
Write a Comment
Comment must be at least 10 characters
डा. सुधा मानन्धर

यस लेखकका अन्य लेखहरू उपलब्ध छैनन्

अन्य सामग्रीको लागि पछि फेरि जाँच गर्नुहोस्: डा. सुधा मानन्धर

समाचार पोर्टल v1.0
Developer: Sabin Shrestha, Kirtipur
+977-9810300925
Developerसँग सम्पर्क गर्नुहोस्