काठमाडौं, असार ३० । देशभर पछिल्लो २४ घण्टामा २४३ वटा वर्षा मापन केन्द्रमा वर्षा भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
विभागअन्तर्गत जलवायु विज्ञान महाशाखा/जलवायु विश्लेषण शाखाले मंगलबार सार्वजनिक गरेको दैनिक वर्षा विवरणअनुसार असार २९ गते बिहान ८:४५ बजेदेखि असार ३० गते बिहान ८:४५ बजेसम्मको अवधिमा सञ्चालनमा रहेका ३३५ वर्षा मापन केन्द्रमध्ये २४३ केन्द्रमा वर्षा मापन गरिएको हो।
विभागका अनुसार सबैभन्दा बढी ३१९.८ मिलिमिटर वर्षा चितवन जिल्लाको नारायणी फिल्ड अफिस केन्द्रमा रेकर्ड भएको छ। सोही केन्द्र आसपासका थप तीन वटा केन्द्रमा २०० मिलिमिटरभन्दा बढी वर्षा भएको छ भने देशभर १०० मिलिमिटरभन्दा बढी वर्षा २३ वटा केन्द्रमा मापन गरिएको जनाएको छ।
विभागका अनुसार उक्त अवधिमा मानव सञ्चालित ४५ र स्वचालित २९० गरी कुल ३३५ वर्षा मापन केन्द्रबाट प्राप्त तथ्यांकका आधारमा वर्षाको विवरण सार्वजनिक गरिएको हो।
विभागले निरन्तर वर्षा भइरहेका क्षेत्रका बासिन्दालाई आवश्यक सतर्कता अपनाउन तथा मौसमसम्बन्धी आधिकारिक सूचना नियमित रूपमा पछ्याउन आग्रह गरेको छ।
अन्य लेखहरू: नेवाः टाइम्स
नेपाल आयल निगमले भाेलिदेखि १४.२ केजी सिलिन्डरमा पनि ग्यास दिने
नेपाल आयल निगमले भाेलिदेखि १४.२ केजी सिलिन्डरमा पनि ग्यास दिने...
विद्यालयमा विद्यार्थीमाथि कुटपिटको घटनाप्रति राष्ट्रिय बाल अधिकार परिषद्को गम्भीर ध्यानाकर्षण
विद्यालयमा विद्यार्थीमाथि कुटपिटको घटनाप्रति राष्ट्रिय बाल अधिकार परिषद्को गम्भीर ध्यानाकर्षण...
विश्वविद्यालयका उपकुलपतिहरूलाई सात दिनभित्र सुधार योजना पेस गर्न प्रधानमन्त्रीको निर्देशन
विश्वविद्यालयका उपकुलपतिहरूलाई सात दिनभित्र सुधार योजना पेस गर्न प्रधानमन्त्रीको निर्देशन...
खोज, उद्धार र राहतका लागि निजी क्षेत्रले सरकारलाई हेलि, ड्रोन र राफ्टिङ्ग उपलब्ध गराउने
विपद् उद्धारका लागि हेलिकप्टर, ड्रोन र राफ्टिङ निःशुल्क उपलब्ध गराउने समझदारी...
प्रधानमन्त्री प्रतिनिधि सभाकाे बैठक चलिरहँदा आएर गइहाले
प्रधानमन्त्री प्रतिनिधि सभाकाे बैठक चलिरहँदा आएर गइहाले...
आज राति कोशी–बागमतीका धेरै स्थानमा भारीदेखि धेरै भारी वर्षाको चेतावनी, सतर्क रहन आग्रह
आज राति कोशी–बागमतीका धेरै स्थानमा भारीदेखि धेरै भारी वर्षाको चेतावनी, सतर्क रहन आग्रह...
Comments (0)
No comments yet
Be the first to comment!
Write a Comment