३१ असार २०८३, बुधबार

नेपाल आयल निगमले भाेलिदेखि १४.२ केजी सिलिन्डरमा पनि ग्यास दिने

अ+
अ-

काठमाडौं, असार ३०। नेपाल आयल निगमले एलपी ग्यासको आपूर्ति तथा वितरणलाई सहज बनाउन अस्थायी रूपमा ७.१ केजीका सिलिन्डरको सट्टा १४.२ केजी क्षमताका सिलिन्डरमा ग्यास भर्ने व्यवस्था लागू गर्ने भएको छ।
निगमले सोमबार जारी गरेको प्रेस विज्ञप्तिअनुसार भारतीय आयल निगमका विभिन्न बोटलिङ प्लान्ट तथा रिफाइनरीमा देखिएको लोडिङ समस्या सुधार हुँदै गए पनि बजारमा १४.२ केजी ग्यास सिलिन्डरको उच्च मागलाई मध्यनजर गर्दै २०८३ असार ३१ गतेदेखि मुलुकभर नै १४.२ केजी सिलिन्डरमा साविककै परिमाणको ग्यास भरेर पूर्ण मूल्य २ हजार ६० रुपैयाँ मा बिक्री–वितरण गरिने व्यवस्था मिलाइएको जनाएको छ।
यसअघि निगमले आपूर्ति प्रणालीलाई व्यवस्थित बनाउन २०८२ मंसिर २१ गतेदेखि अर्को निर्णय नभएसम्म ७.१ केजी एलपी ग्यास भरी बिक्री–वितरण गर्ने व्यवस्था लागू गरेको थियो।
निगमका अनुसार केही समयका लागि ७.१ केजी सिलिन्डर पूर्ण रूपमा प्रतिस्थापन नहुने भएकाले बजारमा ७.१ र १४.२ केजी दुवै प्रकारका सिलिन्डर बिक्री–वितरण हुन सक्नेछन्। उपभोक्तालाई सिलिन्डरको तौल र मूल्य यकिन गरेर मात्र ग्यास खरिद गर्न आग्रह गरिएको छ।
निगमले भारतीय आयल कर्पोरेसनबाट नियमित रूपमा एलपी ग्यास आयात भइरहेकाले आवश्यकताअनुसार मात्र ग्यास खरिद गर्न तथा अनावश्यक भण्डारण नगर्न पनि उपभोक्तासँग अनुरोध गरेको छ।

Comments (0)

No comments yet

Be the first to comment!

Write a Comment
Comment must be at least 10 characters
नेवाः टाइम्स

अन्य लेखहरू: नेवाः टाइम्स

यस लेखकका अन्य रोचक लेखहरू
विद्यालयमा विद्यार्थीमाथि कुटपिटको घटनाप्रति राष्ट्रिय बाल अधिकार परिषद्को गम्भीर ध्यानाकर्षण

विद्यालयमा विद्यार्थीमाथि कुटपिटको घटनाप्रति राष्ट्रिय बाल अधिकार परिषद्को गम्भीर ध्यानाकर्षण

विद्यालयमा विद्यार्थीमाथि कुटपिटको घटनाप्रति राष्ट्रिय बाल अधिकार परिषद्को गम्भीर ध्यानाकर्षण...

विश्वविद्यालयका उपकुलपतिहरूलाई सात दिनभित्र सुधार योजना पेस गर्न प्रधानमन्त्रीको निर्देशन

विश्वविद्यालयका उपकुलपतिहरूलाई सात दिनभित्र सुधार योजना पेस गर्न प्रधानमन्त्रीको निर्देशन

विश्वविद्यालयका उपकुलपतिहरूलाई सात दिनभित्र सुधार योजना पेस गर्न प्रधानमन्त्रीको निर्देशन...

खोज, उद्धार र राहतका लागि निजी क्षेत्रले सरकारलाई हेलि, ड्रोन र राफ्टिङ्ग उपलब्ध गराउने

खोज, उद्धार र राहतका लागि निजी क्षेत्रले सरकारलाई हेलि, ड्रोन र राफ्टिङ्ग उपलब्ध गराउने

विपद् उद्धारका लागि हेलिकप्टर, ड्रोन र राफ्टिङ निःशुल्क उपलब्ध गराउने समझदारी...

२४ घण्टामा चितवनमा सबैभन्दा धेरै ३१९.८ मिमी वर्षा

२४ घण्टामा चितवनमा सबैभन्दा धेरै ३१९.८ मिमी वर्षा

२४ घण्टामा चितवनमा सबैभन्दा धेरै ३१९.८ मिमी वर्षा...

प्रधानमन्त्री प्रतिनिधि सभाकाे बैठक चलिरहँदा आएर गइहाले

प्रधानमन्त्री प्रतिनिधि सभाकाे बैठक चलिरहँदा आएर गइहाले

प्रधानमन्त्री प्रतिनिधि सभाकाे बैठक चलिरहँदा आएर गइहाले...

आज राति कोशी–बागमतीका धेरै स्थानमा भारीदेखि धेरै भारी वर्षाको चेतावनी, सतर्क रहन आग्रह

आज राति कोशी–बागमतीका धेरै स्थानमा भारीदेखि धेरै भारी वर्षाको चेतावनी, सतर्क रहन आग्रह

आज राति कोशी–बागमतीका धेरै स्थानमा भारीदेखि धेरै भारी वर्षाको चेतावनी, सतर्क रहन आग्रह...

समाचार पोर्टल v1.0
Developer: Sabin Shrestha, Kirtipur
+977-9810300925
Developerसँग सम्पर्क गर्नुहोस्