५ असार २०८३, शुक्रबार

प्रि-मनसुनमा ४५ वर्षयताकै सबैभन्दा धेरै वर्षा, सन् १९९० को रेकर्ड समेत तोडियो


अ+
अ-

काठमाडौं, असार ४ । यस वर्षको प्रि-मनसुन (मार्च–मे) अवधिमा नेपालमा पछिल्लो ४५ वर्षयताकै सबैभन्दा धेरै वर्षा भएको छ। जल तथा मौसम विज्ञान विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार सन् २०२६ मा प्रि-मनसुन अवधिमा ३३९.७७ मिलिमिटर वर्षा मापन भएको छ, जुन हालसम्मकै उच्च रेकर्ड हो।

प्रि-मनसुन सिजनमा नेपालमा औसत २२६.३ मिलिमिटर पानी पर्ने गर्छ। तर यस वर्ष औसतको १४५.५ प्रतिशत अर्थात ३३९.७ मिलिमिटर पानी परेको विभागले जनाएको छ। यससँगै यसअघि सन् १९९० मा कायम भएको ३३१.४० मिलिमिटर वर्षाको रेकर्ड समेत तोडिएको छ।
वर्षा अभिलेखअनुसार दोस्रो स्थानमा सन् १९९० को ३३१.४० मिलिमिटर, तेस्रो स्थानमा सन् २००० को ३२३.१९ मिलिमिटर, चौथो स्थानमा सन् २०२१ को ३१७.८८ मिलिमिटर तथा पाँचौं स्थानमा सन् २०२० को ३१५.७८ मिलिमिटर वर्षा रहेको छ।
विभागले सन् १९८१ देखि देशभरका १३६ वटा वर्षा मापन केन्द्रबाट संकलित तथ्यांकका आधारमा प्रि-मनसुन वर्षाको विश्लेषण गर्दै आएको जनाएको छ। सोही अभिलेखअनुसार यस वर्षको वर्षा मात्रा सबैभन्दा उच्च देखिएको हो।
विज्ञहरूका अनुसार प्रि-मनसुन अवधिमा औसतभन्दा धेरै वर्षा हुनु जलवायु परिवर्तनका प्रभावमध्ये एक संकेत हुन सक्ने बताइएको छ। यसले मनसुन अवधिमा बाढी, पहिरो तथा डुबानजस्ता विपद्का जोखिम बढ्न सक्ने भएकाले सम्बन्धित निकाय तथा समुदायलाई पूर्वतयारीमा थप सतर्क रहन सुझाव दिइएको छ।

Comments (0)

No comments yet

Be the first to comment!

Write a Comment
Comment must be at least 10 characters
नेवाः टाइम्स

अन्य लेखहरू: नेवाः टाइम्स

यस लेखकका अन्य रोचक लेखहरू
आज देशका अधिकांश हिमाली तथा पहाडी क्षेत्रमा वर्षा र हिमपात, बागमती र गण्डकीमा ताताे दिन

आज देशका अधिकांश हिमाली तथा पहाडी क्षेत्रमा वर्षा र हिमपात, बागमती र गण्डकीमा ताताे दिन

आज देशका अधिकांश हिमाली तथा पहाडी क्षेत्रमा वर्षा र हिमपात, बागमती र गण्डकीमा ताताे दिन...

विदेशमा पिआर लिएका दुइ कर्मचारीलाई सरकारी सेवामा अयोग्य ठहरिने गरि कारबाही गरिने

विदेशमा पिआर लिएका दुइ कर्मचारीलाई सरकारी सेवामा अयोग्य ठहरिने गरि कारबाही गरिने

विदेशमा पिआर लिएका दुइ कर्मचारीलाई सरकारी सेवामा अयोग्य ठहरिने गरि कारबाही गरिने...

विपद पत्रकारिता कसरी गर्ने ?

विपद पत्रकारिता कसरी गर्ने ?

विपद पत्रकारिता कसरी गर्ने ?...

लोकतान्त्रिक मूल्य–मान्यता कमजोर पार्ने गतिविधिप्रति पापडको चिन्ता, पत्रकार महासंघको आन्दोलनमा ऐक्यबद्धता

लोकतान्त्रिक मूल्य–मान्यता कमजोर पार्ने गतिविधिप्रति पापडको चिन्ता, पत्रकार महासंघको आन्दोलनमा ऐक्यबद्धता...

सामाजिक सञ्जालमा गालीगलौज र धम्की दिनेहरूविरुद्ध कानुनी कारबाही अघि बढाइँदै : सांसद खुश्बु ओली

सामाजिक सञ्जालमा गालीगलौज र धम्की दिनेहरूविरुद्ध कानुनी कारबाही अघि बढाइँदै : सांसद खुश्बु ओली

सामाजिक सञ्जालमा गालीगलौज र धम्की दिनेहरूविरुद्ध कानुनी कारबाही अघि बढाइँदै : सांसद खुश्बु ओली...

प्रहरीको नक्कली परिचयपत्र, लागूऔषध र नगदसहित एक युवक पक्राउ

प्रहरीको नक्कली परिचयपत्र, लागूऔषध र नगदसहित एक युवक पक्राउ

प्रहरीको नक्कली परिचयपत्र, लागूऔषध र नगदसहित एक युवक पक्राउ...

समाचार पोर्टल v1.0
Developer: Sabin Shrestha, Kirtipur
+977-9810300925
Developerसँग सम्पर्क गर्नुहोस्