३० जेठ २०८३, शनिबार

अख्तियारद्वारा भाइकाजी तिवारीविरूद्ध भ्रष्टाचार मुद्दा दायर


अ+
अ-

काठमाडौं, वैशाख ३। अख्तियार दुरुपयोग अनुसन्धान आयोग ले काठमाडौं उपत्यका विकास प्राधिकरणका तत्कालीन विकास आयुक्त भाइकाजी तिवारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।
आयोगले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै तिवारीले सार्वजनिक पदमा रहँदा पदको दुरुपयोग गरी गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरेको ठहरसहित विशेष अदालतमा आरोपपत्र दायर गरिएको जनाएको हो।
आयोगका अनुसार तिवारीले २०४४ सालदेखि २०७८ सालसम्मको अवधिमा विभिन्न स्रोतबाट करिब १४ करोड ५१ लाख रुपैयाँ वैध आम्दानी गरेको देखिएको छ। तर सोही अवधिमा उनले २५ करोड ६ लाख रुपैयाँभन्दा बढी खर्च तथा लगानी गरेको भेटिएको छ। यसरी आम्दानीभन्दा बढी १० करोड ५४ लाख रुपैयाँभन्दा बढी रकमको स्रोत खुल्न नसकेको आयोगको निष्कर्ष छ।
आयोगले उक्त रकम बराबरको गैरकानुनी सम्पत्ति आर्जन भएको ठहर गर्दै भ्रष्टाचार निवारण ऐन २०५९ अन्तर्गत मुद्दा दायर गरेको जनाएको छ। तिवारीमाथि कैद तथा बिगोअनुसार जरिवानासहित अवैध सम्पत्ति जफत गर्न माग गरिएको छ।
यसैगरी, तिवारीकी श्रीमती मीना देवी तिवारी र छोरी मीरा तिवारीको नाममा राखिएको सम्पत्ति पनि गैरकानुनी आम्दानीबाट आर्जित भएको दाबी गर्दै उक्त सम्पत्ति जफत गर्न माग गरिएको आयोगले जनाएको छ। उनीहरूलाई सम्पत्ति जफत प्रयोजनका लागि मात्रै प्रतिवादी बनाइएको उल्लेख छ।
आयोगका प्रवक्ताका अनुसार तिवारीले आफ्नो सम्पत्ति विवरणमा वास्तविक विवरण नदेखाई झुट्टा विवरण पेश गरेको पनि अनुसन्धानबाट खुलेको छ।

Comments (0)

No comments yet

Be the first to comment!

Write a Comment
Comment must be at least 10 characters
नेवाः टाइम्स

अन्य लेखहरू: नेवाः टाइम्स

यस लेखकका अन्य रोचक लेखहरू
एचआईभी प्रभावित व्यक्तिको मानवअधिकार सुनिश्चित गर्न आवश्यक

एचआईभी प्रभावित व्यक्तिको मानवअधिकार सुनिश्चित गर्न आवश्यक

एचआईभी प्रभावित व्यक्तिको मानवअधिकार सुनिश्चित गर्न आवश्यक...

मापदण्डविपरीत सञ्चालित बालगृहबाट ८  बालबालिकाको उद्धार गरी पुनःस्थापना

मापदण्डविपरीत सञ्चालित बालगृहबाट ८ बालबालिकाको उद्धार गरी पुनःस्थापना

मापदण्डविपरीत सञ्चालित बालगृहबाट ८ बालबालिकाको उद्धार गरी पुनःस्थापना...

आज देशका अधिकांश क्षेत्रमा वर्षाको सम्भावना, कोशीका केही स्थानमा भारी वर्षा हुन सक्ने

आज देशका अधिकांश क्षेत्रमा वर्षाको सम्भावना, कोशीका केही स्थानमा भारी वर्षा हुन सक्ने

आज देशका अधिकांश क्षेत्रमा वर्षाको सम्भावना, कोशीका केही स्थानमा भारी वर्षा हुन सक्ने...

३१ वर्षपछि रावल आयोग प्रतिवेदन कार्यान्वयनमा लैजाने सरकारको निर्णय

३१ वर्षपछि रावल आयोग प्रतिवेदन कार्यान्वयनमा लैजाने सरकारको निर्णय

३१ वर्षपछि रावल आयोग प्रतिवेदन कार्यान्वयनमा लैजाने सरकारको निर्णय...

इरानविरुद्ध तय गरिएको सैन्य आक्रमण स्थगित

इरानविरुद्ध तय गरिएको सैन्य आक्रमण स्थगित

इरानविरुद्ध तय गरिएको सैन्य आक्रमण स्थगित...

वैदेशिक रोजगारीका नाममा ठगी गर्ने दुई जना पक्राउ

वैदेशिक रोजगारीका नाममा ठगी गर्ने दुई जना पक्राउ

वैदेशिक रोजगारीका नाममा ठगी गर्ने दुई जना पक्राउ...

समाचार पोर्टल v1.0
Developer: Sabin Shrestha, Kirtipur
+977-9810300925
Developerसँग सम्पर्क गर्नुहोस्