५ असार २०८३, शुक्रबार

प्रतिनिधि सभाकाे उपसभामुखमा रुबी कुमारी ठाकुर निर्वाचित


अ+
अ-

काठमाडौँ, चैत २७ । प्रतिनिधि सभाको उपसभामुखमा श्रम संस्कृति पार्टीकी उम्मेदवार रुबी कुमारी ठाकुर निर्वाचित भएकी छन् । आज शुक्रबार भएको निर्वाचनमा उनी निर्वाचित भएकी हुन् । 

प्रतिनिधि सभामा आज भएको मतदानमा ठाकुरको पक्षमा २२९ मत परेको छ । विपक्षमा ५ मत परेको छ भने तटस्थमा २२ मत परेको छ । मतदानमा २५६ सांसद सहभागी भएका थिए । 
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समर्थन गर्ने घोषणा गरेसँगै ठाकुरकाे जीवनकाे अर्को ढाेका खुलेकाे हाे । रुबीकुमारी नेपालकै कम उमेरकी उपसभामुख बन्ने छिन् । उनी २५ वर्षकी भइन् । जेनजी आन्दोलनको बलमा भएको चुनावले उपसभामुख पदमा जेनजी युवतीलाई स्थापित गर्ने भएको छ । उनी अहिलेको संसदकै कान्छी सदस्य पनि हुन् । श्रम संस्कृति पार्टीले उनलाई मधेसी महिला कोटामा समानुपातिकको बन्दसूचीमा राखेको थियो ।

उपसभामुखका दुई प्रतिस्पर्धीमध्ये राप्रपाकी सरस्वती लामाको प्रस्ताव बहुमतले अस्वीकृत भएसँगै ठाकुर निर्वाचित भएकी हुन् । श्रम संस्कृतिकी ठाकुर जेनजी सांसद हुन् । उनी समानुपातितर्फ निर्वाचित भएकी थिइन् ।

फागुन २१ गते भएकाे प्रतिनिधिसभा निर्वाचनमा नवोदित श्रम संस्कृति देशको पाँचौं शक्ति बनेको थियो। संसदमा श्रम संस्कृतिका सात जना सांसद छन्। प्रतिपक्षी भूमिका निर्वाह गरिरहेको श्रम संस्कृतिलाई सत्तारूढ दल रास्वपाले आश्चर्यजनक हिसाबले उपसभामुखमा समर्थन गर्‍यो।
उपसभामुख चुनिन बहुमत अर्थात् १३८ सांसद संख्या मात्र भए पुग्छ। तर दुई-तिहाइ नजिक १८२ सिटको रास्वपाले नै समर्थन गरेपछि भुइँबाट उठेकी रूबीकुमारीको यात्रा उपभामुखको कुर्सीसम्म पुग्ने निश्चित भएको हो।

Comments (0)

No comments yet

Be the first to comment!

Write a Comment
Comment must be at least 10 characters
नेवाः टाइम्स

अन्य लेखहरू: नेवाः टाइम्स

यस लेखकका अन्य रोचक लेखहरू
'विपद्को चेतना, कलाको अभिव्यक्ति’ कार्टुन कला प्रदर्शनी सुरु

'विपद्को चेतना, कलाको अभिव्यक्ति’ कार्टुन कला प्रदर्शनी सुरु

'विपद्को चेतना, कलाको अभिव्यक्ति’ कार्टुन कला प्रदर्शनी सुरु...

प्रि-मनसुनमा ४५ वर्षयताकै सबैभन्दा धेरै वर्षा, सन् १९९० को रेकर्ड समेत तोडियो

प्रि-मनसुनमा ४५ वर्षयताकै सबैभन्दा धेरै वर्षा, सन् १९९० को रेकर्ड समेत तोडियो

प्रि-मनसुनमा ४५ वर्षयताकै सबैभन्दा धेरै वर्षा, सन् १९९० को रेकर्ड समेत तोडियो...

आज देशका अधिकांश हिमाली तथा पहाडी क्षेत्रमा वर्षा र हिमपात, बागमती र गण्डकीमा ताताे दिन

आज देशका अधिकांश हिमाली तथा पहाडी क्षेत्रमा वर्षा र हिमपात, बागमती र गण्डकीमा ताताे दिन

आज देशका अधिकांश हिमाली तथा पहाडी क्षेत्रमा वर्षा र हिमपात, बागमती र गण्डकीमा ताताे दिन...

विदेशमा पिआर लिएका दुइ कर्मचारीलाई सरकारी सेवामा अयोग्य ठहरिने गरि कारबाही गरिने

विदेशमा पिआर लिएका दुइ कर्मचारीलाई सरकारी सेवामा अयोग्य ठहरिने गरि कारबाही गरिने

विदेशमा पिआर लिएका दुइ कर्मचारीलाई सरकारी सेवामा अयोग्य ठहरिने गरि कारबाही गरिने...

विपद पत्रकारिता कसरी गर्ने ?

विपद पत्रकारिता कसरी गर्ने ?

विपद पत्रकारिता कसरी गर्ने ?...

लोकतान्त्रिक मूल्य–मान्यता कमजोर पार्ने गतिविधिप्रति पापडको चिन्ता, पत्रकार महासंघको आन्दोलनमा ऐक्यबद्धता

लोकतान्त्रिक मूल्य–मान्यता कमजोर पार्ने गतिविधिप्रति पापडको चिन्ता, पत्रकार महासंघको आन्दोलनमा ऐक्यबद्धता...

समाचार पोर्टल v1.0
Developer: Sabin Shrestha, Kirtipur
+977-9810300925
Developerसँग सम्पर्क गर्नुहोस्