काठमाडौँ, चैत २५ । संयुक्त राज्य अमेरिका र इस्लामिक गणतन्त्र इरानबीच भएको दुई साताकाे युद्धविराम सम्झौताप्रति नेपाल सरकारले स्वागत जनाएको छ। परराष्ट्र मन्त्रालयले आज एक विज्ञप्ति जारी गर्दै यसलाई पश्चिम एसियामा तनाव कम गर्ने दिशामा रचनात्मक कदमको रूपमा लिएको बताएको छ।
विज्ञप्तिमा भनिएको छ – “यसले वार्ता, कूटनीति र मतभेदको शान्तिपूर्ण समाधानका लागि एउटा अवसर सिर्जना गरेको छ।” नेपालले विवादको शान्तिपूर्ण निरूपणको पक्षमा आफ्नो सुसङ्गत अडानलाई दोहोर्याउँदै यसलाई क्षेत्रीय शान्ति र स्थिरताका लागि सकारात्मक पाइला भएको उल्लेख गरेको छ।
परराष्ट्र मन्त्रालयले सो द्वन्द्वका कारण उत्पन्न मानवीय परिणामप्रति समेत चिन्ता व्यक्त गरेको छ। नेपाल सरकारले नागरिकको सुरक्षा तथा कल्याण सुनिश्चित गर्नुपर्ने आवश्यकतामा जोड दिएको छ।
नेपालले क्षेत्र र विश्वभर दिगो शान्ति तथा स्थिरता प्रवद्र्धनका लागि अन्तर्राष्ट्रिय समुदायले गर्ने सबै प्रयासमा समर्थन जनाउने पनि विज्ञप्तिमा उल्लेख छ।
अन्य लेखहरू: नेवाः टाइम्स
'विपद्को चेतना, कलाको अभिव्यक्ति’ कार्टुन कला प्रदर्शनी सुरु
'विपद्को चेतना, कलाको अभिव्यक्ति’ कार्टुन कला प्रदर्शनी सुरु...
प्रि-मनसुनमा ४५ वर्षयताकै सबैभन्दा धेरै वर्षा, सन् १९९० को रेकर्ड समेत तोडियो
प्रि-मनसुनमा ४५ वर्षयताकै सबैभन्दा धेरै वर्षा, सन् १९९० को रेकर्ड समेत तोडियो...
आज देशका अधिकांश हिमाली तथा पहाडी क्षेत्रमा वर्षा र हिमपात, बागमती र गण्डकीमा ताताे दिन
आज देशका अधिकांश हिमाली तथा पहाडी क्षेत्रमा वर्षा र हिमपात, बागमती र गण्डकीमा ताताे दिन...
विदेशमा पिआर लिएका दुइ कर्मचारीलाई सरकारी सेवामा अयोग्य ठहरिने गरि कारबाही गरिने
विदेशमा पिआर लिएका दुइ कर्मचारीलाई सरकारी सेवामा अयोग्य ठहरिने गरि कारबाही गरिने...
लोकतान्त्रिक मूल्य–मान्यता कमजोर पार्ने गतिविधिप्रति पापडको चिन्ता, पत्रकार महासंघको आन्दोलनमा ऐक्यबद्धता
लोकतान्त्रिक मूल्य–मान्यता कमजोर पार्ने गतिविधिप्रति पापडको चिन्ता, पत्रकार महासंघको आन्दोलनमा ऐक्यबद्धता...
Comments (0)
No comments yet
Be the first to comment!
Write a Comment