११ असार २०८३, बिहिबार

"द वासिङ्टन पाेष्ट" किन संकुचित भयाे ?


अ+
अ-

काठमाडौं, माघ २२ प्रतिष्ठित अमेरिकी दैनिक " वासिङ्टन पाेष्ट"ले ठूलो मात्रामा कर्मचारी कटौती गर्दै करिब ३०० भन्दा बढी पत्रकार तथा कर्मचारीलाई एकैपटक सेवाबाट हटाएको छ। सन् १८७७ मा स्थापना भएको यो संस्थाले आफ्नो दीर्घ इतिहासमा सामना गरेको सबैभन्दा ठूलो कर्मचारी संकुचनमध्ये एक मानिन्छ।

" वासिङ्टन पाेष्ट" अन्तर्गत खेलकुद पुस्तक विभाग पूर्ण रूपमा बन्द गरिएका छन् भने अन्तर्राष्ट्रिय स्थानीय ब्युरोहरुमा समेत व्यापक जागिर कटौती गरिएको छ।

समाचार एजेन्सीहरूका अनुसार, पोष्टले आफ्नो कुल कर्मचारीमध्ये करिब एक तिहाइ हिस्सालाई हटाएको भन्ने जानकारी दिएका छन्। यसले खेलकुद विभाग, विभिन्न विदेशी ब्युरो तथा पुस्तक सम्वन्धी कवरेजलाई हटाउँदै समाचार संगठनमा व्यापक कटाैति गरेको छ।

एक स्थानीय टेलिभिजन समाचार च्यानल, एनबिसी डल्लास फाेर्थ वर्थका अनुसार सम्पादकीय प्रमुख म्याट मरेले अन्तरकम्पनी बैठक मार्फत यस कदमको घोषणा गर्दै यसलाईदुष्कर तर निर्णायक कदमभनेका छन् नयाँ प्रविधि तथा पाठकको बदलिँदो व्यवहारसँग जुध्न यो आवश्यक भएको बताएका छन्।

स्थानीय, राष्ट्रिय अन्तर्राष्ट्रिय समाचार, अनुसन्धानात्मक रिपोर्ट, व्यापार, मौसम, खेलकुद आदि प्रसारण गर्ने एनबिसी डल्लास फाेर्थ वर्थकाे समाचारमा बताइएअनुसार कर्मचारीहरुलाई दुई प्रकारका इमेलमार्फत जानकारी दिइएको थियोजसमा उनीहरुको जागिर कायम रह्यो वा हटाइयो भनी स्पष्ट गरिएको थियो।

कसलाई असर भयो?

खेलकुद विभाग पूरै बन्द गरियो। पुस्तक सम्वन्धी कवरेज तथापाेष्ट रिपोर्टस्दैनिक पोडकास्ट पनि स्थगित हुने या बन्द हुने बताइएको छ। अन्तर्राष्ट्रिय ब्युरोहरु, विशेष गरी मध्यपूर्व यूरोपलगायतका प्रतिनिधि कार्यालयहरुमा ठूलो कटौती गरिएको छ। सियोल अन्य ठूला हबहरु समेत बन्द भएका छन्।

अन्तर्राष्ट्रिय मामिला विषयका वरिष्ठ स्तम्भकार तथा भारतीय कांग्रेस सांसद शशि थरूरका छोरा ईशान थरूर पनि वाशिङ्टन पोष्टले बुधबार (फेब्रुअरी ) गरेको व्यापक कर्मचारी कटौतीको चपेटामा परेका छन्। सञ्चार इतिहासकै सबैभन्दा ठूलो समाचारकक्ष संकुचनहरूमध्ये एक मानिएको यस निर्णयअन्तर्गत उनलाई समेत जागिरबाट हटाइएको हो।

करिब १२ वर्षदेखि वाशिङ्टन पोष्टसँग आबद्ध रहँदै आएका थरूरले सामाजिक सञ्जालमार्फत यो खबर पुष्टि गर्दै समाचारकक्ष आफ्नाअत्यन्तै उत्कृष्ट सहकर्मीहरूका लागि आफू अत्यन्त दुःखी भएको बताएका छन्। उनले यो निर्णयले संस्थागत पत्रकारिता समाचारकक्षको भविष्यमा गहिरो असर पार्ने संकेत पनि गरेका छन्। उनले सामाजिक सञ्जाल "एक्स"मा आफ्नो जागिर गुमाउनुएक खराब दिनभएको लेखेका छन्।

पत्रकार तथा पूर्व सम्पादकहरू सहित सञ्चार समुदायले यस निर्णयलाई कडा आलोचना गरेका छन्। केहीले यसलाई संस्थागत इतिहासमाअँध्यारो दिनको रूपमा वर्णन गरेका छन् भने, समाचार स्वतन्त्रता व्यापक पत्रकारिकामा नकारात्मक प्रभाव पर्ने चिन्ता व्यक्त गरेका छन्।

" वासिङ्टन पाेष्ट"काे विशेषगरी खेलकुद, पुस्तक, स्थानीय अन्तर्राष्ट्रिय रिपोर्टिङ जस्ता प्रमुख भागहरूमा कटौतीले समाचारको विविधता गुणस्तरमा असर पर्ने व्यापक चर्चा भईरहेको याे निश्चित पनि छ।

किन यस्तो निर्णय?

अमेरिकी अर्बपति जेफ बेजोसको स्वामित्वमा रहेको वाशिङ्टन पोष्ट ले व्यापक पुनर्संरचनाको क्रममा करिब एक तिहाइ कर्मचारी कटौती गरेको हाे। विश्लेषकहरू " वासिङ्टन पाेष्ट"को आफ्नो डाटा स्रोतअनुसार, डिजिटल युगमा पाठकको प्राथमिकता परिवर्तन, अनलाइन ट्राफिक राजस्वमा गिरावट, तथा ठूलो आर्थिक चुनौतिहरूले कम्पनीलाई संरचनात्मक पुनर्संरचना तर्फ धकेलेकाे बताउँछन्।

Comments (0)

No comments yet

Be the first to comment!

Write a Comment
Comment must be at least 10 characters
नेवाः टाइम्स

अन्य लेखहरू: नेवाः टाइम्स

यस लेखकका अन्य रोचक लेखहरू
गैरकानुनी रूपमा चिकित्सा अभ्यास गर्ने व्यक्ति पक्राउ

गैरकानुनी रूपमा चिकित्सा अभ्यास गर्ने व्यक्ति पक्राउ

गैरकानुनी रूपमा चिकित्सा अभ्यास गर्ने व्यक्ति पक्राउ...

मनसुन प्रतिकार्य कमाण्ड पोष्टको पहिलो बैठक: पूर्वतयारीका कामहरु सक्न सम्बद्ध निकायहरुलाई अनुरोध

मनसुन प्रतिकार्य कमाण्ड पोष्टको पहिलो बैठक: पूर्वतयारीका कामहरु सक्न सम्बद्ध निकायहरुलाई अनुरोध

मनसुन प्रतिकार्य कमाण्ड पोष्टको पहिलो बैठक: पूर्वतयारीका कामहरु सक्न सम्बद्ध निकायहरुलाई अनुरोध...

सरकारले असारको तेस्रो साताबाट भूमिहीन नागरिकलाई जग्गा वितरण गर्ने

सरकारले असारको तेस्रो साताबाट भूमिहीन नागरिकलाई जग्गा वितरण गर्ने

सरकारले असारको तेस्रो साताबाट भूमिहीन नागरिकलाई जग्गा वितरण गर्ने...

युगाण्डा र भियतनामका गरी  सात जना पक्राउ

युगाण्डा र भियतनामका गरी सात जना पक्राउ

युगाण्डा र भियतनामका गरी सात जना पक्राउ...

इरान–अमेरिका वार्ता : ६० दिनभित्र अन्तिम सम्झौता गर्ने सहमति, तेल निर्यातमा लचकता

इरान–अमेरिका वार्ता : ६० दिनभित्र अन्तिम सम्झौता गर्ने सहमति, तेल निर्यातमा लचकता

इरान–अमेरिका वार्ता : ६० दिनभित्र अन्तिम सम्झौता गर्ने सहमति, तेल निर्यातमा लचकता...

मनसुन देशका आधाभन्दा बढी क्षेत्रमा फैलियो, अन्य भागमा विस्तार हुन अझै केही दिन लाग्ने

मनसुन देशका आधाभन्दा बढी क्षेत्रमा फैलियो, अन्य भागमा विस्तार हुन अझै केही दिन लाग्ने

मनसुन देशका आधाभन्दा बढी क्षेत्रमा फैलियो, अन्य भागमा विस्तार हुन अझै केही दिन लाग्ने...

समाचार पोर्टल v1.0
Developer: Sabin Shrestha, Kirtipur
+977-9810300925
Developerसँग सम्पर्क गर्नुहोस्