९ बैशाख २०८३, बुधबार

बागमती प्रादेशिक ललितकला प्रदर्शनी तथा सम्मेलन २०८२’ सुरु


अ+
अ-

काठमाडौंफागुन   नेपाल ललितकला प्रज्ञाप्रतिष्ठान संस्कृति तथा पर्यटन मन्त्रालय, बागमती प्रदेशको आयोजना शुक्रवारबाट नक्सालमाबागमती प्रादेशिक ललितकला प्रदर्शनी/सम्मेलन २०८२सुरु भएको

प्रदर्शनीको प्रमुख अतिथि बागमती प्रदेशका माननीय संस्कृति तथा पर्यटनमन्त्री सुरेश श्रेष्ठले कलाकार अरनिकोको मूर्ति तथा पाँचपोखरी थाङपालमा निर्माणाधीन ८४ फिट अग्लो बुद्धमूर्ति चर्चा गर्दै कला क्षेत्रका लागि बागमती प्रदेश सरकारको तर्फबाट सक्दो सहयोग गर्ने बताए मन्त्री श्रेष्ठले कार्यक्रमको उद्घाटन गर्दै देशकाे पहिचान दिलाउन अर्थतन्त्रमा कलाकारले दिएको योगदानको प्रशंसा गरे

कार्यक्रममा प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले समाजको सफ्टपावर भनेको कलाकार भएकाले यसको सुरुवात ललितकलाले गरेको कलाका विषयमा अहिले उपत्यकाबाहिर पनि चर्चापरिचर्चा बढेको बताए।आगामी दिनमा सामाजिक रूपान्तरणमा ललितकलाको अभियानलाई अझ सशक्त गर्दै नेपाली माटो चिनाउने कलाको विकास, खोज, अनुसन्धानका क्षेत्रमा विभिन्न कार्यहरू गर्दै जानुपर्ने धारणा कुलपति नारदमणिकाे थियाे

प्रतिष्ठानका उपकुलपति तथा बागमती प्रदेश समन्वय समिति संयोजक लालकाजी लामाले प्रादेशिक प्रदर्शनी सुरुवात गरेको प्रसङ्ग सम्झाउँदै प्रतिष्ठानले कलाको विकासका लागि जरामा गोडमेल गर्नुका साथै स्थानीय भूगोलमै जोडिएर काम गर्ने प्रयत्न गरेको बताए उनले ललितकलाको प्रवर्द्धन विकासमा प्रतिष्ठानले सबैसँग सहकार्य गर्दै अघि बढेको बताए

प्रतिष्ठानका सदस्य सचिव देवेन्द्रकुमार काफ्लेथुम्केलीले स्रष्टा युगको द्रष्टासमेत भएको बताउँदै आगामी दिनको ललितकलाको इतिहास लेख्ने अहिलेको पुस्ता भएको बताए

समारोहमा सिद्धिरत्न शाक्य (परम्परागत मूर्तिकला), रामसुन्दर ख्याजु (परम्परागत चित्रकला पौभा), सरिता चित्रकार (लोककला), विश्वम्भर लामिछाने (मूर्तिकला), सिन्धुली कला घर (सिन्धुली), वर्ल्ड आर्ट लिङ्क (रत्ननगर, चितवन), आर्टस् नेपाल (ललितपुर)लाई सम्मान गरिएको थियो

कार्यक्रममा नेपाल ललितकला प्रज्ञाप्रतिष्ठानका प्राज्ञपरिषद् सदस्यहरू, प्राज्ञसभाका सदस्यसँगै नेपाल ललितकला प्रज्ञाप्रतिष्ठान पूूर्व उपकुुलपति गोपाल चित्रकार, सांस्कृतिक संस्थानका महाप्रबन्धक किरण बाबुु पुुन, ललितकला क्याम्पस भोटाहिटीका क्याम्पस प्रमुख डा. यामप्रसाद शर्मा, राष्ट्रिय बालअधिकार परिषद्का उपाध्यक्ष बम बानियाँसँगै कलाकार, पत्रकारलगायतको उपस्थिति रहेको थियो

प्रदर्शनीको क्युरेटिङ प्राज्ञसभा सदस्य सुन्दर सिंखवालको संयोजनमा सविना तामाङ तथा रजनी सिंखवालले गरेका थिए

प्रदर्शनीमा बागमती प्रदेशका कलाकारले सिर्जना गरेको परम्परागत चित्रकला, समसामयिक चित्रकला, समसामयिक मूर्तिकला, परम्परागत मूर्तिकला, शिल्पहस्तकला, वास्तुकला तथा लोककला, बहुआयामिक तथा अन्य सिर्जनात्मक कला विधाका कलाकृति राखिएका छन् नेपाल पर्यटन बोर्ड कला प्रवर्द्धक रहेको प्रदर्शनी फागुन १२ गतेसम्म चल्ने

Comments (0)

No comments yet

Be the first to comment!

Write a Comment
Comment must be at least 10 characters
नेवाः टाइम्स

अन्य लेखहरू: नेवाः टाइम्स

यस लेखकका अन्य रोचक लेखहरू
विद्युतीय सवारीको भाडा नबढ्ने, तर यात्रुबाट बढी भाडा उठाउनेलाई कारबाही

विद्युतीय सवारीको भाडा नबढ्ने, तर यात्रुबाट बढी भाडा उठाउनेलाई कारबाही

सरकारले अन्तर्राष्ट्रियस्तरमा डिजेलको मूल्यवृद्धि भएपछि स्वचालित भाडा समायोजन प्रणालीअनुसार सार्वजनिक सवारीको भाडा समायो...

मन्त्रिपरिषद्का निर्णय: धितोपत्र बोर्ड अध्यक्ष छनोट प्रक्रिया अघि बढ्यो, तीन विधेयक संसदमा जाने

मन्त्रिपरिषद्का निर्णय: धितोपत्र बोर्ड अध्यक्ष छनोट प्रक्रिया अघि बढ्यो, तीन विधेयक संसदमा जाने

प्रधानमन्त्री बालेन्द्र शाहको सचिवालयका अनुसार आज बसेको मन्त्रिपरिषद् बैठकले नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति प्र...

आज देशमा "लु"देखि हिमपातसम्मकाे प्रक्षेपण

आज देशमा "लु"देखि हिमपातसम्मकाे प्रक्षेपण

आज देशका विभिन्न भू-भागमा मौसम आंशिकदेखि बदली रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। आज "लु" लाग्नेदेखि हिमपातसम्मका...

नयाँ स्मार्ट सवारीचालक अनुमति पत्रमा ३९ सुरक्षा विशेषताहरू, आई–क्यूआर प्रविधि प्रयोग

नयाँ स्मार्ट सवारीचालक अनुमति पत्रमा ३९ सुरक्षा विशेषताहरू, आई–क्यूआर प्रविधि प्रयोग

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले नयाँ स्मार्ट सवारीचालक अनुमति पत्रमा ३९ वटा भिन्न–भिन्न सुरक्षा विशेषताहरू समावेश ग...

जापानको उत्तरी क्षेत्रमा ७.५ म्याग्निच्युडको शक्तिशाली भूकम्प, टोकियोसम्म धक्का महसुस; सुनामी चेतावनी जारी

जापानको उत्तरी क्षेत्रमा ७.५ म्याग्निच्युडको शक्तिशाली भूकम्प, टोकियोसम्म धक्का महसुस; सुनामी चेतावनी जारी

जापानको उत्तरी क्षेत्रमा सोमबार ७.५ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ। स्थानीय समयअनुसार बिहान गएको उक्त भूकम्पले ...

तराई क्षेत्रमा तातो दिन र गर्मीको लहरको चेतावनी, तापक्रम ४० डिग्री माथि पुग्ने सम्भावना

तराई क्षेत्रमा तातो दिन र गर्मीको लहरको चेतावनी, तापक्रम ४० डिग्री माथि पुग्ने सम्भावना

विभागले जोखिमका आधारमा केही जिल्लालाई ‘सतर्क रहनु’ र केहीलाई ‘अद्यावधिक रहनु’ समूहमा राखेको छ। कञ्चनपुर, कैलाली, डडेल्धु...

समाचार पोर्टल v1.0
Developer: Sabin Shrestha, Kirtipur
+977-9810300925
Developerसँग सम्पर्क गर्नुहोस्