९ बैशाख २०८३, बुधबार

"आर्ट इन हिमालयज २०२६" अन्तर्राष्ट्रिय कला प्रदर्शनी शुरू


अ+
अ-

काठमाडौं, पुस ३० । नेपाल ललितकला प्रज्ञा—प्रतिष्ठान समसामयिक चित्रकला विभाग, बहुआयामिक तथा अन्य सिर्जनात्मक कला विभाग तथा इसेन्स अफ मुलर्‍यानीको सहकार्यमा मङ्गलवारबाट ‘आर्ट इन हिमालयज २०२६’ अन्तर्राष्ट्रिय कला प्रदर्शनी सुरु भएको छ ।

प्रदर्शनीको उद्घाटन प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छाली र इसेन्स अफ मुलर्‍यानीका प्रमुख लोरा डी. मर्फीले गरेका थिए ।

कार्यक्रममा प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले नेपालसँगै विदेशका कलाकारहरूको कलाकृतिसँगै सांस्कृतिक आदानप्रदानमा यस प्रदर्शनीले थप सहयोग गर्ने बताए ।

 प्रतिष्ठानका समसामयिक चित्रकला विभाग प्रमुख संजय बान्तावा राईले पूर्वीय विम्ब, मिथकदेखि हिमाल, तराईका चित्रहरूसमेत प्रदर्शनीमा समावेश भएको र यसले अन्तर्राष्ट्रिय भाइचारसमेत कायम गर्ने बताए ।

 आयरल्यान्डका कलाकार तथा इसेन्स अफ मुलर्‍यानीका प्रमुख लोरा डी. मर्फीले नेपालमा आफू पहिलो पटक ३० वर्षअघि आएको पलदेखि हालसम्म नेपालले धेरै माया गरेको बताउँदै प्रदर्शनीमा सहभागी सबै कलाकारप्रति आभार व्यक्त गरे ।

 प्रदर्शनीका क्युरेटर प्रदीप शाक्यले कलाको भाषा नै सञ्चारको सशक्त माध्यम रहेको बताउँदै प्रदर्शनीमा नेपालसँगै अन्य देशका प्रयोगात्मक कलासमेत समावेश भएको बताए ।

 प्रदर्शनीमा नेपाल, अमेरिका, अस्टे्रलिया, बेलायत, डेनमार्क, क्यानडा र आयरल्यान्डका गरी १५ जना विदेशी कलाकारका ८० भन्दा बढी कलाकृति रहेका छन् ।

 कार्यक्रममा नेपाल ललितकला प्रज्ञा—प्रतिष्ठानका पूर्व कुलपति किरण मानन्धर, प्रतिष्ठानका पदाधिकारी, इसेन्न्स अफ मूलर्‍यानीका नेपाल संयोजक डिल्ली तुलाधरसँगै अग्रज तथा नयाँ पुस्ताका कलाकार, विभिन्न सङ्घ—संस्थाका प्रतिनिधि, पत्रकारलगायतको सहभागिता रहेको थियो । प्रदर्शनी भाेलि माघ १ गतेसम्म चल्नेछ ।

Comments (0)

No comments yet

Be the first to comment!

Write a Comment
Comment must be at least 10 characters
नेवाः टाइम्स

अन्य लेखहरू: नेवाः टाइम्स

यस लेखकका अन्य रोचक लेखहरू
विद्युतीय सवारीको भाडा नबढ्ने, तर यात्रुबाट बढी भाडा उठाउनेलाई कारबाही

विद्युतीय सवारीको भाडा नबढ्ने, तर यात्रुबाट बढी भाडा उठाउनेलाई कारबाही

सरकारले अन्तर्राष्ट्रियस्तरमा डिजेलको मूल्यवृद्धि भएपछि स्वचालित भाडा समायोजन प्रणालीअनुसार सार्वजनिक सवारीको भाडा समायो...

मन्त्रिपरिषद्का निर्णय: धितोपत्र बोर्ड अध्यक्ष छनोट प्रक्रिया अघि बढ्यो, तीन विधेयक संसदमा जाने

मन्त्रिपरिषद्का निर्णय: धितोपत्र बोर्ड अध्यक्ष छनोट प्रक्रिया अघि बढ्यो, तीन विधेयक संसदमा जाने

प्रधानमन्त्री बालेन्द्र शाहको सचिवालयका अनुसार आज बसेको मन्त्रिपरिषद् बैठकले नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति प्र...

आज देशमा "लु"देखि हिमपातसम्मकाे प्रक्षेपण

आज देशमा "लु"देखि हिमपातसम्मकाे प्रक्षेपण

आज देशका विभिन्न भू-भागमा मौसम आंशिकदेखि बदली रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। आज "लु" लाग्नेदेखि हिमपातसम्मका...

नयाँ स्मार्ट सवारीचालक अनुमति पत्रमा ३९ सुरक्षा विशेषताहरू, आई–क्यूआर प्रविधि प्रयोग

नयाँ स्मार्ट सवारीचालक अनुमति पत्रमा ३९ सुरक्षा विशेषताहरू, आई–क्यूआर प्रविधि प्रयोग

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले नयाँ स्मार्ट सवारीचालक अनुमति पत्रमा ३९ वटा भिन्न–भिन्न सुरक्षा विशेषताहरू समावेश ग...

जापानको उत्तरी क्षेत्रमा ७.५ म्याग्निच्युडको शक्तिशाली भूकम्प, टोकियोसम्म धक्का महसुस; सुनामी चेतावनी जारी

जापानको उत्तरी क्षेत्रमा ७.५ म्याग्निच्युडको शक्तिशाली भूकम्प, टोकियोसम्म धक्का महसुस; सुनामी चेतावनी जारी

जापानको उत्तरी क्षेत्रमा सोमबार ७.५ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ। स्थानीय समयअनुसार बिहान गएको उक्त भूकम्पले ...

तराई क्षेत्रमा तातो दिन र गर्मीको लहरको चेतावनी, तापक्रम ४० डिग्री माथि पुग्ने सम्भावना

तराई क्षेत्रमा तातो दिन र गर्मीको लहरको चेतावनी, तापक्रम ४० डिग्री माथि पुग्ने सम्भावना

विभागले जोखिमका आधारमा केही जिल्लालाई ‘सतर्क रहनु’ र केहीलाई ‘अद्यावधिक रहनु’ समूहमा राखेको छ। कञ्चनपुर, कैलाली, डडेल्धु...

समाचार पोर्टल v1.0
Developer: Sabin Shrestha, Kirtipur
+977-9810300925
Developerसँग सम्पर्क गर्नुहोस्