३० जेठ २०८३, शनिबार

लगातारको वर्षाले देशभरका प्रमुख राजमार्ग र ग्रामीण सडक अबरुद्ध, यातायात ठप्प


अ+
अ-

काठमाडौं, कार्तिक १४ । लगातारको अविरल वर्षाका कारण देशका विभिन्न स्थानका राजमार्ग तथा ग्रामीण सडकखण्डहरूमा पहिरो र लेदो बग्दा यातायात आवागमन ठप्प भएको छ। नेपाल प्रहरीका अनुसार शुक्रबार बिहानसम्मका विवरणअनुसार कम्तीमा आठ जिल्लाका सडकखण्डहरू पूर्ण रूपमा अवरुद्ध भएका छन्।

रसुवाको गोसाइँकुण्ड गाउँपालिका–२ स्थित पासाङल्हामु सडकखण्डका तातोपानी, बालुवाखानी, घट्टेखोला र फ्याङ्लुङ क्षेत्रमा ढुंगा र लेदो माटो बगेर सडक पूर्ण रूपमा बन्द भएको छ। सो सडकखण्डमा बिहान करिब ७ः४० बजे ठूलो पहिरो खसेपछि सवारी सञ्चालन असम्भव भएको प्रहरीले जनाएको छ।

यस्तै, सिन्धुलीको गोलन्जोर गाउँपालिका–६ अकरेभिरमा पनि मध्यपहाडी लोकमार्गमा ठूलो पहिरो खसेर बाटो पुर्णरूपमा अवरुद्ध भएको छ। राति भएको वर्षापछि बिहान करिब ७ः१५ बजे पहिरो खसेको थियो।

पाँचथर जिल्लामा दुई स्थानमा सडक अवरोध भएको छ। तुम्बेवा गाउँपालिका–२ र धनकुटा चौबिसे गाउँपालिका–४ सिमानामा पर्ने तमोर कोरिडोर सडक बाढीले बगाउँदा आवागमन बन्द भएको छ भने याङवरक गाउँपालिका–३ को रिजालभिरमा पहिरो खसेर मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ।

रामेछापको खाँडादेवी गाउँपालिका–१ खैरेनीघाटमा पनि पहिरो खसेर मध्यपहाडी लोकमार्ग पुर्णरूपमा रोकिएको छ। बिहान ८ः४५ बजेको समयमा पहिरो खसेको प्रहरीले जनाएको छ।

चितवनको इच्छाकामना गाउँपालिका–५ नारायणगढ–मुग्लिङ सडकखण्डको तुइनखोलामा पनि बिहान ८ः४० बजे पहिरो खसेर बाटो पुर्ण रूपमा अवरुद्ध भएको छ। यो सडक काठमाडौं र पोखरालाई जोड्ने प्रमुख व्यापारिक मार्ग भएकाले यातायात ठप्प हुँदा हजारौं यात्रु बिचल्लीमा परेका छन्।

यस्तै, डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–५ खोरबाघमा भेरी कोरिडोर सडकखण्डमा पहिरो जाँदा बाटो बन्द भएको छ भने मुस्ताङको घरपझोङ गाउँपालिका–४ पाण्डाखोला क्षेत्रमा जोमसोम–कोरोला सडकमा पनि बिहीबार राति करिब ८ः५० बजे लेदो र ढुंगा खसेर बाटो पूर्णरूपमा अवरुद्ध भएको छ।

रोशी गाउँपालिका–९ को बिरुवाडाँडा हुँदै बीपी राजमार्गको डालाबेशी–नार्के सडकखण्ड पनि माथिबाट खसेको लेदो र ढुंगाका कारण दुवैतर्फी रूपमा बन्द भएको प्रहरीले जनाएको छ।

नेपाल प्रहरीका अनुसार अधिकांश स्थानमा पहिरो अझै सफाइ हुन सकेको छैन। सडक अवरुद्ध भएकाले उद्धार र राहत कार्यमा पनि कठिनाइ भइरहेको छ। निरन्तर वर्षा जारी रहेकाले थप जोखिम नबढोस् भनेर स्थानीय प्रशासनले नागरिकलाई सचेत रहन आग्रह गरेको छ।

Comments (0)

No comments yet

Be the first to comment!

Write a Comment
Comment must be at least 10 characters
नेवाः टाइम्स

अन्य लेखहरू: नेवाः टाइम्स

यस लेखकका अन्य रोचक लेखहरू
३१ वर्षपछि रावल आयोग प्रतिवेदन कार्यान्वयनमा लैजाने सरकारको निर्णय

३१ वर्षपछि रावल आयोग प्रतिवेदन कार्यान्वयनमा लैजाने सरकारको निर्णय

३१ वर्षपछि रावल आयोग प्रतिवेदन कार्यान्वयनमा लैजाने सरकारको निर्णय...

इरानविरुद्ध तय गरिएको सैन्य आक्रमण स्थगित

इरानविरुद्ध तय गरिएको सैन्य आक्रमण स्थगित

इरानविरुद्ध तय गरिएको सैन्य आक्रमण स्थगित...

वैदेशिक रोजगारीका नाममा ठगी गर्ने दुई जना पक्राउ

वैदेशिक रोजगारीका नाममा ठगी गर्ने दुई जना पक्राउ

वैदेशिक रोजगारीका नाममा ठगी गर्ने दुई जना पक्राउ...

विद्यालयका सवारी चालकबाट मादक पदार्थ सेवन

विद्यालयका सवारी चालकबाट मादक पदार्थ सेवन

विद्यालयका सवारी चालकबाट मादक पदार्थ सेवन...

बीमा दावीका लागि आफ्नै सुनचाँदी पसलमा चोरीको नाटक गरेपछि...

बीमा दावीका लागि आफ्नै सुनचाँदी पसलमा चोरीको नाटक गरेपछि...

बीमा दावीका लागि आफ्नै सुनचाँदी पसलमा चोरीको नाटक गरेपछि......

कर्णाली प्रदेशमा विपद् जोखिम न्यूनीकरण कार्यमञ्च गठन

कर्णाली प्रदेशमा विपद् जोखिम न्यूनीकरण कार्यमञ्च गठन

कर्णाली प्रदेशमा विपद् जोखिम न्यूनीकरण कार्यमञ्च गठन...

समाचार पोर्टल v1.0
Developer: Sabin Shrestha, Kirtipur
+977-9810300925
Developerसँग सम्पर्क गर्नुहोस्