३० जेठ २०८३, शनिबार

चक्रवात ‘मोन्था’ बाहिरिंदै, कर्णाली र सुदूरपश्चिम बाहेक धेरै प्रदेशमा आज पनि भारी वर्षा हुने


अ+
अ-

काठमाडौं, कार्तिक १४ । जल तथा मौसम विज्ञान विभागले सार्वजनिक गरेको पूर्वानुमान अनुसार, देशका धेरै प्रदेशहरूमा आज दिउँसो पनि मौसम अस्थिर रहने देखिन्छ। विभागले कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा पूर्ण बदली रही बाँकी प्रदेशमा साधारण बदली रहने बताएको छ।

विभागको मौसमी विश्लेषण अनुसार, बंगालको खाडीमा विकसित भएको चक्रवात ‘मोन्था’ हाल भारतको मध्य प्रदेश आसपासमा न्यूनचापीय क्षेत्रको रूपमा रहेको छ। यस प्रणालीको प्रभावले नेपालको मौसम आज शुक्रबार साँझसम्म अस्थिर रहने र तत्पश्चात क्रमिक रूपमा सुधार हुने देखिन्छ। साथै, नेपालमा हाल पश्चिमी वायु र अरब सागरमा बनेको न्यूनचापीय प्रणालीको पनि आंशिक प्रभाव रहेको छ।

कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानहरूमा मध्यम वर्षा हुने र कोशी, मधेश र बागमतीका थोरै स्थानहरूमा र लुम्बिनी प्रदेशका एक-दुई स्थानहरूमा भारी वर्षा हुने सम्भावना रहेको छ। कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा मात्र हल्का वर्षा हुने विभागले जनाएको छ।

साथै, हिमाली क्षेत्रहरूमा हिमपातको पूर्वानुमान गरिएको छ। कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका धेरै स्थानहरूमा मध्यम हिमपात र एक-दुई स्थानहरूमा भारी हिमपात हुने सम्भावना रहेको छ। बाँकी उच्च पहाडी र हिमाली भू-भागका थोरै स्थानहरूमा पनि मध्यम हिमपात हुने देखिन्छ।

विभागको विवरण अनुसार, गएको राति देशभरि अधिकांश बदली रहेको थियो। कोशी, मधेश र बागमती प्रदेशका अधिकांश स्थानहरूमा, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानहरूमा मध्यम वर्षा भएको थियो। साथै, कोशी, मधेश र बागमती प्रदेशका थोरै स्थानहरूमा र गण्डकी र लुम्बिनी प्रदेशका एक-दुई स्थानहरूमा भारी वर्षा रेकर्ड गरिएको छ। उच्च हिमाली क्षेत्रहरूमा पनि मध्यम देखि भारी हिमपात भएको छ।

आगामी दुई दिनमा पनि विशेष गरी मध्यम तराई र पूर्वी पहाडी जिल्लाहरूमा वर्षा र हिमाली क्षेत्रहरूमा हिमपात जारी रहने सम्भावना रहेको छ। यातायातमा असर पर्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन विभागले सुझाव दिएको छ।

Comments (0)

No comments yet

Be the first to comment!

Write a Comment
Comment must be at least 10 characters
नेवाः टाइम्स

अन्य लेखहरू: नेवाः टाइम्स

यस लेखकका अन्य रोचक लेखहरू
३१ वर्षपछि रावल आयोग प्रतिवेदन कार्यान्वयनमा लैजाने सरकारको निर्णय

३१ वर्षपछि रावल आयोग प्रतिवेदन कार्यान्वयनमा लैजाने सरकारको निर्णय

३१ वर्षपछि रावल आयोग प्रतिवेदन कार्यान्वयनमा लैजाने सरकारको निर्णय...

इरानविरुद्ध तय गरिएको सैन्य आक्रमण स्थगित

इरानविरुद्ध तय गरिएको सैन्य आक्रमण स्थगित

इरानविरुद्ध तय गरिएको सैन्य आक्रमण स्थगित...

वैदेशिक रोजगारीका नाममा ठगी गर्ने दुई जना पक्राउ

वैदेशिक रोजगारीका नाममा ठगी गर्ने दुई जना पक्राउ

वैदेशिक रोजगारीका नाममा ठगी गर्ने दुई जना पक्राउ...

विद्यालयका सवारी चालकबाट मादक पदार्थ सेवन

विद्यालयका सवारी चालकबाट मादक पदार्थ सेवन

विद्यालयका सवारी चालकबाट मादक पदार्थ सेवन...

बीमा दावीका लागि आफ्नै सुनचाँदी पसलमा चोरीको नाटक गरेपछि...

बीमा दावीका लागि आफ्नै सुनचाँदी पसलमा चोरीको नाटक गरेपछि...

बीमा दावीका लागि आफ्नै सुनचाँदी पसलमा चोरीको नाटक गरेपछि......

कर्णाली प्रदेशमा विपद् जोखिम न्यूनीकरण कार्यमञ्च गठन

कर्णाली प्रदेशमा विपद् जोखिम न्यूनीकरण कार्यमञ्च गठन

कर्णाली प्रदेशमा विपद् जोखिम न्यूनीकरण कार्यमञ्च गठन...

समाचार पोर्टल v1.0
Developer: Sabin Shrestha, Kirtipur
+977-9810300925
Developerसँग सम्पर्क गर्नुहोस्