११ असार २०८३, बिहिबार

वर्षा प्रभावित क्षेत्रको बारे छलफल गर्न समन्वय बैठक


अ+
अ-

काठमाडौं, असाेज २० । हालै देशभर परेको अविरल वर्षा र त्यसका प्रभावबारे अद्यावधिक जानकारी संकलन गर्न प्रकाेप पूर्व तयारी सञ्जाल, डिपीनेट ; गैरसरकारी संस्था महासंघ र नेपाल रेडक्रस सोसाइटीले भर्चुअल संयुक्त समन्वय बैठक आयाेजना गरेका छन्।

बैठकमा विभिन्न संघसंस्था र सरोकारवालासहित करिब १०० जनाको सहभागिता रहेको थियो। सहभागीहरूले विशेष गरी इलाम र रौतहट जिल्लामा अत्यधिक वर्षा भएको जानकारी दिएका थिए। ती जिल्लाका केही स्थानमा पछिल्ला दिनमा ३०० मिलिमिटरभन्दा बढी वर्षा रेकर्ड भएको बताइएको छ।

संयुक्त संस्थाहरूले विपद् प्रभावित क्षेत्रमा असुरक्षित नदी किनार सुदृढीकरण, माइकमार्फत समुदाय सूचना प्रसारण (ह्यान्ड माइक, मन्दिर माइक र IVR प्रणाली प्रयोग), गैरखाद्य सामग्री वितरण, सामुदायिक भान्छा सञ्चालन लगायतका गतिविधिहरू अगाडि बढाएको बैठकमा जानकारी दिइयो। तराईमा छतविहीन भएका बाढी प्रभावितलाई टेण्ट वितरण गर्न खाेज्दा टेण्ट गाड्ने ठाउँ समेत नभेटेकाेले केही दिन कुर्न बाध्य भएकाे कार्यक्रमका सहभागीले बताएका थिए ।

धेरै जिल्लाले अझै प्रारम्भिक छिटो मूल्यांकन (IRA) प्रतिवेदन नबनाएको उल्लेख गर्दै त्यसलाई घटनाको २४ घण्टाभित्र पूरा गर्न आग्रह गरिएको छ। बैठकले सम्बन्धित जिल्ला विपद् व्यवस्थापन समितिसँग नियमित बैठक, प्राथमिक आवश्यकता पहिचान, र मूल्यांकन प्रतिवेदन तीव्र रूपमा तयार गर्न सरोकारवालालाई अनुरोध गरेको छ।

Comments (0)

No comments yet

Be the first to comment!

Write a Comment
Comment must be at least 10 characters
नेवाः टाइम्स

अन्य लेखहरू: नेवाः टाइम्स

यस लेखकका अन्य रोचक लेखहरू
गैरकानुनी रूपमा चिकित्सा अभ्यास गर्ने व्यक्ति पक्राउ

गैरकानुनी रूपमा चिकित्सा अभ्यास गर्ने व्यक्ति पक्राउ

गैरकानुनी रूपमा चिकित्सा अभ्यास गर्ने व्यक्ति पक्राउ...

मनसुन प्रतिकार्य कमाण्ड पोष्टको पहिलो बैठक: पूर्वतयारीका कामहरु सक्न सम्बद्ध निकायहरुलाई अनुरोध

मनसुन प्रतिकार्य कमाण्ड पोष्टको पहिलो बैठक: पूर्वतयारीका कामहरु सक्न सम्बद्ध निकायहरुलाई अनुरोध

मनसुन प्रतिकार्य कमाण्ड पोष्टको पहिलो बैठक: पूर्वतयारीका कामहरु सक्न सम्बद्ध निकायहरुलाई अनुरोध...

सरकारले असारको तेस्रो साताबाट भूमिहीन नागरिकलाई जग्गा वितरण गर्ने

सरकारले असारको तेस्रो साताबाट भूमिहीन नागरिकलाई जग्गा वितरण गर्ने

सरकारले असारको तेस्रो साताबाट भूमिहीन नागरिकलाई जग्गा वितरण गर्ने...

युगाण्डा र भियतनामका गरी  सात जना पक्राउ

युगाण्डा र भियतनामका गरी सात जना पक्राउ

युगाण्डा र भियतनामका गरी सात जना पक्राउ...

इरान–अमेरिका वार्ता : ६० दिनभित्र अन्तिम सम्झौता गर्ने सहमति, तेल निर्यातमा लचकता

इरान–अमेरिका वार्ता : ६० दिनभित्र अन्तिम सम्झौता गर्ने सहमति, तेल निर्यातमा लचकता

इरान–अमेरिका वार्ता : ६० दिनभित्र अन्तिम सम्झौता गर्ने सहमति, तेल निर्यातमा लचकता...

मनसुन देशका आधाभन्दा बढी क्षेत्रमा फैलियो, अन्य भागमा विस्तार हुन अझै केही दिन लाग्ने

मनसुन देशका आधाभन्दा बढी क्षेत्रमा फैलियो, अन्य भागमा विस्तार हुन अझै केही दिन लाग्ने

मनसुन देशका आधाभन्दा बढी क्षेत्रमा फैलियो, अन्य भागमा विस्तार हुन अझै केही दिन लाग्ने...

समाचार पोर्टल v1.0
Developer: Sabin Shrestha, Kirtipur
+977-9810300925
Developerसँग सम्पर्क गर्नुहोस्