११ असार २०८३, बिहिबार

प्रधानमन्त्री ओली चीनकाे भ्रमणमा, चीनका राष्ट्रपति शीसँग भेट


अ+
अ-

काठमाडौं, भदाै १४। नेपालका प्रधानमन्त्री केपी शर्मा ओली आज चीनको आैपचारिक भ्रमणमा राजधानी बेइजिङ पुगेका छन्।

भ्रमणको पहिलो दिनमै प्रधानमन्त्री ओलीले चीनका राष्ट्रपति शी जिनपिङ्गसँग आधिकारिक भेट्वार्ता गरेका छन्। शीसँगको भेटमा प्रधानमन्त्री केपी शर्मा ओलीले हालै भारत र चीनका विदेशमन्त्रीस्तरीय बैठकबाट गरिएको लिपुलेकबाट व्यापार सम्झौताबारे चीनका राष्ट्रपतिसँग असन्तुष्टि व्यक्त गरेका छन् ।साथै ओलीले लिपुलेकको मुद्दा बारे ऐतिहासिक दस्तावेजबारे पनि जानकारी गराए ।

यसैबीच प्रधानमन्त्रीको सचिवालयले भेटवार्तामा भएको सन्दर्भको पुष्टि गर्दै प्रेस नोट जारी गरेको छ । परराष्ट्र सचिव अमृतवहादुर राईलाई उदृत गर्दै जारी प्रेस नोटमा भनिएको छ– चीनका राष्ट्रपति सी चीनफिडसँग सौहार्दपूर्ण र द्विपक्षीय भेटका अवसरमा दुई देशबीचको मित्रवत सम्बन्ध र सहकार्यका विविध क्षेत्रमा कुराकानी भई सम्बन्ध र सहकार्य अभिवृद्धि गर्न दुवै देशका संयन्त्र अग्रसर हुने समझदारी भएको छ । साथै नेपाली भूमि लिपुलेकलाई व्यापारिक मार्ग बनाउने विषयमा चीन र भारतबीच भएको सहमतिका विषयमा राष्ट्रपति शीसँग प्रधानन्त्री ओलीले स्पष्टरुपमा आपत्ति रहेको कुरा राख्नुभएको परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईले जानकारी दिनुभयो । सन् १८१६ को सुगौली सन्धिबमोजिम महाकालीपूर्वका सबै भूभागहरु सार्वभौम मुलुक नेपालका भएको स्पष्ट छ । यस मामिलामा चीनले नेपाललाई सहयोग गर्नेछ भन्ने हाम्रो विश्वास नेपालले लिएको छ ।

शनिबार भएको दुई देशका उच्चस्तरीय प्रतिनिधिमण्डलको वार्तामा प्रधानमन्त्रीले राष्ट्रपति शी जिनफिङसमक्ष लिपुलेक नेपालको भूभाग भएको विषय चीनले बुझ्नुपर्ने बताएका परराष्ट्र मन्त्रालयका सचिव अमृतवहादुर राईले पुष्टि गरे ।

प्रधानमन्त्रीले उक्त कुरा वान टु वानमा होइन, प्रतिनिधिमण्डलसहितको भेटवार्तामा लिपुलेकमा भारत र चीनले गरेको सम्झौताबारे बलियो अडान राखेका थिए ।

प्रधानमन्त्री ओलीले अहिले चीनका शीर्ष नेताहरूसँग द्विपक्षीय भेटघाट तथा छलफलहरू सुरु गरिसकेका छन्।

प्रधानमन्त्रीले नेपाललाई जानकारी नदिई र नेपालको सहमति नलिई दुई देशले व्यापार नाका खोल्नेगरी भएको सम्झौताप्रति प्रष्ट शब्दमा आपत्ति जनाएका थिए ।

प्रधानमन्त्री केपी शर्मा ओली शाङ्घाई सहयोग संगठन (एससीओ) को शिखर सम्मेलनमा भाग लिन आज चीनको तियान्जिन शहरमा पुगेका हुन् ।

मित्रराष्ट्र चीनका राष्ट्रपति सी चिनफिङको मैत्रीपूर्ण निमन्त्रणामा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री ओली हिमालय एयरलाइन्सनको विशेष विमानमार्फत तियान्जिन विनहाइ अन्तर्राष्ट्रिय विमानस्थलमा पुगेका थिए ।

उनलाई चीन सरकारका उच्चाधिकारी र नेपालका लागि चीनका राजदूत डा कृष्णप्रसाद ओली, नेपालका लागि चीनका राजदूत चेन सोङलगायतले स्वागत गरे ।

सो अवसरमा प्रधानमन्त्री ओलीले शिखर सम्मेलनमा सहभागी केही विश्व नेताहरूसँग समेत भेटवार्ता गर्नेछन् । त्यसैगरी, प्रधानमन्त्री ओलीले सेप्टेम्बर २ मा बेइजिङमा चीनका उपराष्ट्रपति हान झेङसँग भेटवार्ता गर्नेछन् ।

प्रधानमन्त्री ओली भदाै १८ मा स्वदेश फर्कनेछन् । यो भ्रमणलाई नेपाल-चीन मैत्रीसम्बन्धको इतिहासमा एउटा ऐतिहासिक पलको रूपमा लिइएको छ।

Comments (0)

No comments yet

Be the first to comment!

Write a Comment
Comment must be at least 10 characters
नेवाः टाइम्स

अन्य लेखहरू: नेवाः टाइम्स

यस लेखकका अन्य रोचक लेखहरू
गैरकानुनी रूपमा चिकित्सा अभ्यास गर्ने व्यक्ति पक्राउ

गैरकानुनी रूपमा चिकित्सा अभ्यास गर्ने व्यक्ति पक्राउ

गैरकानुनी रूपमा चिकित्सा अभ्यास गर्ने व्यक्ति पक्राउ...

मनसुन प्रतिकार्य कमाण्ड पोष्टको पहिलो बैठक: पूर्वतयारीका कामहरु सक्न सम्बद्ध निकायहरुलाई अनुरोध

मनसुन प्रतिकार्य कमाण्ड पोष्टको पहिलो बैठक: पूर्वतयारीका कामहरु सक्न सम्बद्ध निकायहरुलाई अनुरोध

मनसुन प्रतिकार्य कमाण्ड पोष्टको पहिलो बैठक: पूर्वतयारीका कामहरु सक्न सम्बद्ध निकायहरुलाई अनुरोध...

सरकारले असारको तेस्रो साताबाट भूमिहीन नागरिकलाई जग्गा वितरण गर्ने

सरकारले असारको तेस्रो साताबाट भूमिहीन नागरिकलाई जग्गा वितरण गर्ने

सरकारले असारको तेस्रो साताबाट भूमिहीन नागरिकलाई जग्गा वितरण गर्ने...

युगाण्डा र भियतनामका गरी  सात जना पक्राउ

युगाण्डा र भियतनामका गरी सात जना पक्राउ

युगाण्डा र भियतनामका गरी सात जना पक्राउ...

इरान–अमेरिका वार्ता : ६० दिनभित्र अन्तिम सम्झौता गर्ने सहमति, तेल निर्यातमा लचकता

इरान–अमेरिका वार्ता : ६० दिनभित्र अन्तिम सम्झौता गर्ने सहमति, तेल निर्यातमा लचकता

इरान–अमेरिका वार्ता : ६० दिनभित्र अन्तिम सम्झौता गर्ने सहमति, तेल निर्यातमा लचकता...

मनसुन देशका आधाभन्दा बढी क्षेत्रमा फैलियो, अन्य भागमा विस्तार हुन अझै केही दिन लाग्ने

मनसुन देशका आधाभन्दा बढी क्षेत्रमा फैलियो, अन्य भागमा विस्तार हुन अझै केही दिन लाग्ने

मनसुन देशका आधाभन्दा बढी क्षेत्रमा फैलियो, अन्य भागमा विस्तार हुन अझै केही दिन लाग्ने...

समाचार पोर्टल v1.0
Developer: Sabin Shrestha, Kirtipur
+977-9810300925
Developerसँग सम्पर्क गर्नुहोस्