४ असोज २०८३, आइतबार

संसद्लाई थप प्रभावकारी र मर्यादित बनाउन दलहरूबीच सहकार्य आवश्यक : कार्यव्यवस्था परामर्श समिति


अ+
अ-

काठमाडौं, साउन २०। प्रतिनिधि सभाको कार्यव्यवस्था परामर्श समितिको बैठकले संसद्को कार्यसम्पादनलाई थप प्रभावकारी, व्यवस्थित, मर्यादित र जनउत्तरदायी बनाउन राजनीतिक दलहरूबीच निरन्तर संवाद, सहकार्य र समन्वयलाई सुदृढ बनाउनुपर्नेमा जोड दिएको छ।

सभामुख डोलप्रसाद (डीपी) अर्यालको सभापतित्वमा बुधबार बसेको समितिको बैठकमा प्रतिनिधि सभाको आगामी संसद् क्यालेन्डर, संसद् बैठकलाई थप प्रभावकारी, व्यवस्थित र परिणाममुखी बनाउने विषय तथा संसदीय कार्यप्रणालीलाई सुदृढ बनाउने उपायबारे विस्तृत छलफल भएको सभामुखको सचिवालयले जनाएको छ।

बैठकमा सांसदहरूले पालना गर्नुपर्ने आचरण, संसद् बैठकमा अपनाउनुपर्ने पोशाकसम्बन्धी व्यवस्था, कार्यसूची व्यवस्थापन, संसदीय गतिविधिलाई नियमित, व्यवस्थित र प्रभावकारी बनाउने उपाय तथा सदन सञ्चालनसँग सम्बन्धित समसामयिक विषयमा आफ्ना धारणा र सुझाव प्रस्तुत गरेका थिए।

छलफलका क्रममा संसद्को गरिमा, मर्यादा र प्रभावकारिता अभिवृद्धि गर्दै जनअपेक्षाअनुरूप संसदीय कार्यसम्पादन सुनिश्चित गर्न सबै राजनीतिक दलबीच निरन्तर संवाद, सहकार्य र समन्वयलाई अझ सुदृढ बनाउनुपर्नेमा जोड दिइएको थियो।

बैठकमा सहभागी सदस्यहरूले संसद्को कार्यसम्पादनलाई थप प्रभावकारी, मर्यादित र जनउत्तरदायी बनाउन सबै पक्षले आफ्नो भूमिका जिम्मेवारीपूर्वक निर्वाह गर्नुपर्नेमा समेत जोड दिएका थिए।

Comments (0)

No comments yet

Be the first to comment!

Write a Comment
Comment must be at least 10 characters
नेवाः टाइम्स

अन्य लेखहरू: नेवाः टाइम्स

यस लेखकका अन्य रोचक लेखहरू
सुशासन र विपद् पूर्वतयारीलाई सरकारले उच्च प्राथमिकता दिएको छ : प्रधानमन्त्री शाह

सुशासन र विपद् पूर्वतयारीलाई सरकारले उच्च प्राथमिकता दिएको छ : प्रधानमन्त्री शाह

सुशासन र विपद् पूर्वतयारीलाई सरकारले उच्च प्राथमिकता दिएको छ : प्रधानमन्त्री शाह...

बाढीबाट प्रभावित बालबालिकाको संरक्षणमा परिषद् र एमआईटीबीच समझदारी

बाढीबाट प्रभावित बालबालिकाको संरक्षणमा परिषद् र एमआईटीबीच समझदारी

बाढीबाट प्रभावित बालबालिकाको संरक्षणमा परिषद् र एमआईटीबीच समझदारी...

भोटेकोशी बाढीमा ४ हजार १९५ जनाको हवाई उद्धार

भोटेकोशी बाढीमा ४ हजार १९५ जनाको हवाई उद्धार

भोटेकोशी बाढीमा ४ हजार १९५ जनाको हवाई उद्धार...

भोटेकोशी बाढीपीडितको अस्थायी आवास र शव पहिचानबारे छलफल

भोटेकोशी बाढीपीडितको अस्थायी आवास र शव पहिचानबारे छलफल

भोटेकोशी बाढीपीडितको अस्थायी आवास र शव पहिचानबारे छलफल...

१३ देशमा राजदूत सिफारिस, विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा श्रेष्ठ नियुक्त

१३ देशमा राजदूत सिफारिस, विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा श्रेष्ठ नियुक्त

१३ देशमा राजदूत सिफारिस, विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा श्रेष्ठ नियुक्त...

नेवापसमा निमेष रेग्मीकाे अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित

नेवापसमा निमेष रेग्मीकाे अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित

नेवापसमा निमेष रेग्मीकाे अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित...

समाचार पोर्टल v1.0
Developer: Sabin Shrestha, Kirtipur
+977-9843580653
Developerसँग सम्पर्क गर्नुहोस्