आज देशका अधिकांश हिमाली तथा पहाडी क्षेत्रमा वर्षा र हिमपात, बागमती र गण्डकीमा ताताे दिन
काठमाडौं, असार ४ । जल तथा मौसम विज्ञान विभागले आज देशका अधिकांश हिमाली तथा पहाडी भू–भागमा मेघगर्जन, चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ। विभागले कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रका धेरै स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भू–भागका एक–दुई स्थानमा वर्षा तथा हिमपात हुन सक्ने पूर्वानुमान गरेको हो।
विभागका अनुसार कोशी प्रदेशको तराई तथा मधेश प्रदेशका एक–दुई स्थानमा पनि मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ। यसैबीच लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही स्थान तथा बागमती र गण्डकी प्रदेशका तराईका धेरै स्थानमा तातो दिन रहने सम्भावना रहेको जनाइएको छ।
आज राति पनि मौसम पूर्ण रूपमा सुधार नहुने विभागले जनाएको छ। रातिको समयमा कोशी प्रदेशका हिमाली र पहाडी भू–भागका धेरै स्थान तथा बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी क्षेत्रका एक–दुई स्थानमा मेघगर्जन, चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ।
त्यस्तै कोशी प्रदेशको तराईका धेरै स्थानमा रातिको समयमा पनि मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुन सक्ने विभागको पूर्वानुमान छ।
मौसमविद्हरूले वर्षा, चट्याङ तथा सम्भावित हिमपातका कारण प्रभावित क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन आग्रह गरेका छन्। साथै तराईका केही क्षेत्रमा तातो दिन रहने सम्भावना भएकाले अत्यधिक गर्मीबाट बच्न आवश्यक सावधानी अपनाउन पनि सुझाव दिइएको छ।
Comments (0)
No comments yet
Be the first to comment!
Write a Comment