७ बैशाख २०८३, सोमबार

पश्चिम एसियाका अधिकांश देशमा श्रम स्वीकृति पुनः खुला, इराकमा यथावत रोक


अ+
अ-

काठमाडौं, वैशाख ७। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले पश्चिम एसियामा उत्पन्न विषम परिस्थितिका कारण अस्थायी रूपमा स्थगन गरिएको श्रम स्वीकृति पुनः खुला गरिएको जनाएको छ। मन्त्रालयले मिति २०८३ वैशाख ७ गते मन्त्रीस्तरीय निर्णयअनुसार सम्बन्धित सबै निकायलाई यसबारे जानकारी गराएको हो।
परराष्ट्र मन्त्री शिशिर खनालका अनुसार परराष्ट्र मन्त्रालयको सिफारिसमा साउदी अरेबिया, यूएई, कतार, कुवेत, बहराइन, ओमान, यमन, जोर्डन, लेबनन, टर्की तथा इजरायल लगायत देशमा जाने नेपाली कामदारका लागि व्यक्तिगत, संस्थागत तथा वैधानिकीकरण (रेगुलराइजेसन) सहित सबै प्रकारका श्रम स्वीकृति पूर्ववत रूपमा खुला गरिएको छ।
यसअघि ती देशहरूमा देखिएको अस्थिरता र सुरक्षा चिन्ताका कारण श्रम स्वीकृति अस्थायी रूपमा रोकिने निर्णय गरिएको थियो। पछिल्लो मूल्यांकनपछि अवस्था सहज बन्दै गएको निष्कर्षसहित पुनः स्वीकृति खुला गरिएको मन्त्रालयले जनाएको छ।
तर, इराकको हकमा भने नेपाल सरकार मन्त्रिपरिषद् को मिति २०८२ पुस ११ गतेको निर्णयअनुसार श्रम स्वीकृति स्थगन यथावत रहने स्पष्ट पारिएको छ।

आज परराष्ट्र मन्त्रालयमा परराष्ट्र सचिव अमृत बहादुर राईको संयोजकत्वमा गठित उच्चस्तरीय आपतकालीन प्रतिकार्य कार्यदलको छैठौं बैठकले पाँचवटा बैठकका निर्णयहरूको पुनरावलोकन गरिएकाे थियाे । पुनरावलोकन भएका निर्णयमा, पश्चिम एसियास्थित सबै श्रम गन्तव्य मुलुकहरू वैदेशिक रोजगारीका लागि खुला गर्न सिफारिस गर्ने, नयाँ श्रम स्वीकृति तथा वैधानिकीकरण सेवा पुनः सञ्चालन गर्ने, कामदार माग-पत्र प्रमाणीकरण प्रक्रिया पुनः सुचारु गर्ने, पश्चिम एसियास्थित नेपाली नागरिकहरूको दर्ता कार्यलाई स्थायी संरचनाका रूपमा निरन्तरता दिने, आपतकालीन नियन्त्रण कक्ष दिनको समयमा खुला राख्ने र रातको समयमा कर्मचारी तोकी डाटा र इन्टरनेटसहितको टेलिफोन उपलब्ध गराई चौबीसै घण्टा सेवा सुनिश्चित गर्ने तथा नियोगहरूमा गठित र्यापिड रेस्पाेन्स टिमजस्ता महत्त्वपूर्ण विषयमा छलफलभई निर्णय भएका थिए।

पश्चिम एसिया क्षेत्रमा विकसित परिस्थितिको सन्दर्भमा त्यहाँ रहेका नेपाली नागरिकहरूको सुरक्षा तथा हित संरक्षणका लागि समग्र अवस्थाको प्रभावकारी, समन्वयात्मक र द्रुत व्यवस्थापन गर्न गठित उक्त कार्यदलले यस सम्बन्धमा आवश्यक कार्य गरिरहेको मन्त्रालयले जनाएको छ।

Comments (0)

No comments yet

Be the first to comment!

Write a Comment
Comment must be at least 10 characters
नेवाः टाइम्स

अन्य लेखहरू: नेवाः टाइम्स

यस लेखकका अन्य रोचक लेखहरू
नयाँ स्मार्ट सवारीचालक अनुमति पत्रमा ३९ सुरक्षा विशेषताहरू, आई–क्यूआर प्रविधि प्रयोग

नयाँ स्मार्ट सवारीचालक अनुमति पत्रमा ३९ सुरक्षा विशेषताहरू, आई–क्यूआर प्रविधि प्रयोग

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले नयाँ स्मार्ट सवारीचालक अनुमति पत्रमा ३९ वटा भिन्न–भिन्न सुरक्षा विशेषताहरू समावेश ग...

जापानको उत्तरी क्षेत्रमा ७.५ म्याग्निच्युडको शक्तिशाली भूकम्प, टोकियोसम्म धक्का महसुस; सुनामी चेतावनी जारी

जापानको उत्तरी क्षेत्रमा ७.५ म्याग्निच्युडको शक्तिशाली भूकम्प, टोकियोसम्म धक्का महसुस; सुनामी चेतावनी जारी

जापानको उत्तरी क्षेत्रमा सोमबार ७.५ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ। स्थानीय समयअनुसार बिहान गएको उक्त भूकम्पले ...

तराई क्षेत्रमा तातो दिन र गर्मीको लहरको चेतावनी, तापक्रम ४० डिग्री माथि पुग्ने सम्भावना

तराई क्षेत्रमा तातो दिन र गर्मीको लहरको चेतावनी, तापक्रम ४० डिग्री माथि पुग्ने सम्भावना

विभागले जोखिमका आधारमा केही जिल्लालाई ‘सतर्क रहनु’ र केहीलाई ‘अद्यावधिक रहनु’ समूहमा राखेको छ। कञ्चनपुर, कैलाली, डडेल्धु...

आर्थिक कूटनीति र डिजिटल सेवा प्रवाहमा जोड दिन नियोगहरूलाई निर्देशन

आर्थिक कूटनीति र डिजिटल सेवा प्रवाहमा जोड दिन नियोगहरूलाई निर्देशन

परराष्ट्र मन्त्रालय ले युरोप र अमेरिकास्थित नेपाली कूटनीतिक नियोगहरूलाई आर्थिक कूटनीति सुदृढ पार्न र सेवा प्रवाहलाई डिजि...

सरकारी कर्मचारीलाई अर्धमासिक तलबको तयारी

सरकारी कर्मचारीलाई अर्धमासिक तलबको तयारी

नेपाल सरकारले सरकारी कर्मचारीको तलब भुक्तानी प्रणालीमा परिवर्तन गर्ने तयारी गरेको छ। अर्थ मन्त्रालय अन्तर्गतको आर्थिक का...

चुनावी व्यस्तताबीच मोदीले खाए सडक किनारको ‘झालमुरी’

चुनावी व्यस्तताबीच मोदीले खाए सडक किनारको ‘झालमुरी’

भारतका प्रधानमन्त्री नरेन्द्र माेदीले अत्यन्त व्यस्त चुनावी कार्यक्रमबीच पश्चिम बंगालमा सडक किनारको सामान्य पसलमा पुगेर ...

समाचार पोर्टल v1.0
Developer: Sabin Shrestha, Kirtipur
+977-9810300925
Developerसँग सम्पर्क गर्नुहोस्