४ बैशाख २०८३, शुक्रबार

सामुदायिक स्वयंसेवा राष्ट्रिय सम्मेलन गोरखामा सम्पन्न, ‘गोरखा घोषणा–पत्र’ जारी


अ+
अ-

गोरखा, चैत २९ । “प्रत्येक योगदान महत्त्वपूर्ण हुन्छ” भन्ने नारासहित गोरखामा आयोजित सामुदायिक स्वयंसेवा सम्बन्धी राष्ट्रिय सम्मेलन सम्पन्न भएको छ। गैर सरकारी संस्थाहरूको महासंघ, गोरखाको आयोजनामा तथा राष्ट्रिय जनवकाल मञ्च (नाफान) को संयोजनमा भएको सम्मेलनमा करिब २०० जना स्वयंसेवक, संघ–संस्थाका प्रतिनिधि तथा स्थानीय सरकारका पदाधिकारीहरूको सहभागिता रहेको थियो।

कार्यक्रमको सुरुवातमा गुड डिड्स डेका संयोजक भोला भट्टराईले “नेपालमा सामुदायिक स्वयंसेवा” विषयमा प्रस्तुति दिँदै स्वयंसेवाको ऐतिहासिक अभ्यास र वर्तमान अवस्थाबारे चर्चा गरे। सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले प्रत्येक व्यक्तिमा स्वयंसेवाको भावना जागृत हुनुपर्नेमा जोड दिँदै शुभकामना व्यक्त गरे।

सम्मेलनको पहिलो सत्रअन्तर्गत प्यानल छलफलमा सहभागी हुँदै विपद् पत्रकारिता सञ्जालकी अध्यक्ष अमिका राजथलाले नेवार संस्कृतिमा स्वयंसेवाको गहिरो महत्व रहेको उल्लेख गरिन्। उनले संस्कृति संरक्षणका लागि स्थानीय निकायको भूमिका निर्णायक हुने बताउँदै विपद् पत्रकारिता, स्वयंसेवकको अवस्था र नेवार चाडपर्वमा स्वयंसेवाको भूमिकाबारे प्रकाश पारिन्।

भिमसेन थापा गाउँपालिकाकी उपाध्यक्ष अमृता वस्तीले स्थानीय तहमा स्वयंसेवा कार्यविधि बने पनि पूर्ण कार्यान्वयन हुन नसकेको स्वीकार गरिन्। उनले दुई लाख बजेट विनियोजन भए पनि पाँच लाख बराबरको काम सम्पन्न भएको उल्लेख गर्दै साझेदारीबाट दिगो विकास सम्भव हुने बताइन्। साथै, अनुगमन र कार्यान्वयनबीचको खाडल अझै चुनौतीपूर्ण रहेको उनको भनाइ थियो।

गोरखा नगरपालिकाका प्रमुख कृष्णबहादुर रानाले स्वयंसेवाको अवस्था जटिल बन्दै गएको बताए। उनले युवाहरूको पलायनले स्वयंसेवक अभाव बढ्दै गएको उल्लेख गर्दै “पहिला निस्वार्थ रूपमा हुने श्रमदान अहिले घट्दै गएको छ, उपभोक्तावादी संस्कृतिले स्वयंसेवामा असर पारेको छ,” भने। उनले स्वयंसेवकलाई पुनः सक्रिय बनाउन विशेष योजना आवश्यक रहेको धारणा राखे।

जितपुरसिमरा उपमहानगरपालिकाका उपप्रमुख भोला प्रसाद अधिकारीले मधेश क्षेत्रमा आर्थिक अवस्थाका कारण स्वयंसेवाको महत्व कम आँकलन हुने गरेको बताए। उनले स्वयंसेवालाई संस्थागत गर्न स्थानीय कानून आवश्यक रहेको र आपतकालीन अवस्थामा परिचालन गर्न स्वयंसेवकलाई तालिम दिनुपर्नेमा जोड दिए।

चाँगुनारायण नगरपालिकाका अधिकृत सुरेन्द्र लामिछानेले स्वयंसेवालाई नीतिगत र संस्थागत रूपमा अघि बढाउनुपर्ने बताए। उनले निजी क्षेत्रको सहभागिता, स्थानीय सरकारको नेतृत्वदायी भूमिका र स्वयंसेवकलाई सम्मान तथा प्रोत्साहन आवश्यक रहेको उल्लेख गरे।

कार्यक्रमको समापनमा गैर सरकारी संस्थाहरूको महासंघ, गोरखाका अध्यक्ष बालकृष्ण लामिछानेले ‘गोरखा घोषणा–पत्र’ जारी गरिएको जानकारी दिए। घोषणा–पत्रमा स्वयंसेवाको प्रवर्द्धनका लागि तीनै तहका सरकारले नीतिगत, कानुनी र संस्थागत व्यवस्था गर्नुपर्ने, शिक्षा प्रणालीमा स्वयंसेवा समावेश गर्नुपर्ने तथा विभिन्न समुदायको सहभागिता बढाउँदै अभियानका रूपमा विस्तार गर्नुपर्ने लगायतका पाँच बुँदे प्रतिबद्धता समेटिएका छन्।

अन्तर्राष्ट्रिय स्वयंसेवा वर्ष २०२६ तथा गुड डिड्स डे को अवसरमा आयोजित सम्मेलनले स्वयंसेवाको प्रवर्द्धनका लागि तत्काल गर्नुपर्ने कामको प्राथमिकता तय गरेको आयोजकले जनाएको छ। नाफानका अध्यक्ष हरि देवकोटाले आगामी वर्ष पनि यस्तै कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे।

Comments (0)

No comments yet

Be the first to comment!

Write a Comment
Comment must be at least 10 characters
नेवाः टाइम्स

अन्य लेखहरू: नेवाः टाइम्स

यस लेखकका अन्य रोचक लेखहरू
मातृ औँशी आज: आमाप्रति सम्मान अर्पण गर्दै देशभर विभिन्न कार्यक्रम

मातृ औँशी आज: आमाप्रति सम्मान अर्पण गर्दै देशभर विभिन्न कार्यक्रम

आमालाई मिठा परिकार खुवाउने, उपहार दिने तथा आशीर्वाद लिने परम्परासँगै दिवंगत आमाको सम्झनामा श्राद्ध तथा तर्पण गर्ने चलन प...

अख्तियारद्वारा भाइकाजी तिवारीविरूद्ध भ्रष्टाचार मुद्दा दायर

अख्तियारद्वारा भाइकाजी तिवारीविरूद्ध भ्रष्टाचार मुद्दा दायर

अख्तियार दुरुपयोग अनुसन्धान आयोग ले काठमाडौं उपत्यका विकास प्राधिकरणका तत्कालीन विकास आयुक्त भाइकाजी तिवारीविरुद्ध भ्रष्...

प्रधानमन्त्री शाह र मुख्यमन्त्रीबीच विकास–निर्माणमा केन्द्रित छलफल सम्पन्न

प्रधानमन्त्री शाह र मुख्यमन्त्रीबीच विकास–निर्माणमा केन्द्रित छलफल सम्पन्न

प्रधानमन्त्री कार्यालयले दिएको जानकारीअनुसार, यो छलफलले संघीयता कार्यान्वयनलाई अझ प्रभावकारी बनाउन सन्देश दिएको छ। मुख्य...

उपसभामुख रुवि कुमारी ‘दहेजमुक्त विवाह’मा मात्र सहभागी हुने

उपसभामुख रुवि कुमारी ‘दहेजमुक्त विवाह’मा मात्र सहभागी हुने

प्रतिनिधिसभाकी उपसभामुख रुवि कुमारी ठाकुरले सामाजिक रूपान्तरणका लागि व्यक्तिगत तहबाटै परिवर्तन सुरु गर्नुपर्नेमा जोड दिँ...

प्रधानमन्त्री शाहद्वारा सातै प्रदेशका मुख्यमन्त्रीसँग पहिलो संयुक्त छलफल

प्रधानमन्त्री शाहद्वारा सातै प्रदेशका मुख्यमन्त्रीसँग पहिलो संयुक्त छलफल

दिउँसो २ बजे सिंहदरबार स्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने उक्त बैठकलाई केन्द्र–प्रदेश समन्वयलाई थप...

टाइमको ‘१०० प्रभावशाली व्यक्ति’ सूचीमा प्रधानमन्त्री बालेन्द्र शाह

टाइमको ‘१०० प्रभावशाली व्यक्ति’ सूचीमा प्रधानमन्त्री बालेन्द्र शाह

टाइमले शाहलाई समेट्दै उनको राजनीतिक उदयलाई दक्षिण एशियाको परम्परागत शक्तिकेन्द्रविरुद्धको युवापुस्ताको शक्तिशाली लहरका र...

समाचार पोर्टल v1.0
Developer: Sabin Shrestha, Kirtipur
+977-9810300925
Developerसँग सम्पर्क गर्नुहोस्